कुचबिहार भाजपा उम्मेदवार निशित प्रामानिकले कुचबिहारमा प्रचार गरे

कूचबिहार लोकसभा सीटका भाजपा उम्मेदवार तथा गृह राज्यमन्त्री निशित प्रामानिकले आज कुचबिहारको गुरियाहाटी-२ ग्राम पञ्चायत क्षेत्रको रेलगेट बजारबाट चुनावी अभियान सुरु गरेका छन्। रेलगेट बजारमा पदयात्रा निकाल्नुका साथै उनले स्थानीय मन्दिरमा पुजा गरेका थिए । पूजा गर्न मन्दिरबाट निस्कने क्रममा स्थानीयवासीले मन्त्रीको गाडी रोकेर उक्त क्षेत्रमा खानेपानी र ढल निकासको व्यवस्था गर्न माग गरेका थिए ।