रंगलीमा अस्पताल निर्माणबारे समिति गठन

रङ्गली रङ्गलीयट चियाबारीवासी जनसाधारणको दीर्घकालिन सपना तथा अभावको परिपूर्ति गर्ने उद्देश्य लिएर स्थानीय नागरिक समुहद्वारा अस्पताल निर्माणको निम्ति सभा गरियो स्थानीय वटकेश्वर शिवालय सञ्चालन समितिका अध्यक्ष एनपी गिरीको सभापतित्वमा भएको सभामा क्षेत्रका वरिष्ठ नागरिकहरु उपस्थित थिए । नवगठित वटकेश्वर जनकल्याण समितिको आयोजनामा प्रथमचोटि अस्पताल निर्माणको खाँचो सम्बन्धमा वक्ताहरुले मनसाय पोखे । नितान्त खाँचो महसुस गरिएको अस्पताल निर्माणबारे वक्ताहरुले सामुहिक विचार पोखेभने आवश्यक्ताअनुसार निर्माण समिति गठन गरियो रङ्ली चियाबारीका मोठ २० वटा समाजका पदाधिकारीहरू उपस्थित थिए । सबै समाजसित सम्बन्धित पदाधिकारीहरूलाई अस्पताल निर्माण कार्यको निम्ति पदभार सुम्पियो । निर्माण कार्यको निम्ति मूल समिति अधिनस्थ ११ वटा शाखा समिति गठन गरिने साथै मूल समिति निर्माण कार्यबाहेक विभिन्न विषयगत ११ वटा उपसमिति गठन गरियो । मूलसमिति अध्यक्ष दिनेश अग्रवाल, उपाध्यक्ष अजय स्याङ्बो, आनन्द तामाङ अनि लक्ष्मी छेत्री महासचिव प्रवेश लामा, सहसचिव दिपेन्द्र बान्तवा, आनन्द पी भुजेल अनि दिपाञ्जली थापा, कोषाध्यक्ष सुरेन मोक्तान, सहकोषाध्यक्ष सुजित स्याङ्बो, सुफन राई अनि उषा राई, कानुनी अधिवक्ता दीपप्रकाश योञ्जन अनि चार्टर एकाउण्टेन्ट मनिशा अग्रवाललाई चयन गरियो ।

सभाबीच विरामीहरुका सँधै सेवा गर्ने वाचा गर्दै क्षेत्रमा रोगीहरुले भोग्न परेको अनुभवहरु साट्दै क्षेत्रमा अस्पतालको अभाव खटकिरहेको सबैले महसुस गरे । स्मरण रहोस्, तकदाह छाउनीमा स्थापित रङ्ली रडलीयट खण्ड प्राथमिक स्वास्थ्य केन्द्र १९४३ सालमा स्थापित भएको सबैभन्दा जेठो अस्पताल भए तापनि जनसुविधाको आधारमा बडोत्तरी नहुनु अहिलेको समय अभिशाप बनेको छ। रङ्ली चियाबारीमा अस्पतालको अभावमाथि वक्ताहरुले विचार पोख्दै विरामी अवस्थामा दरिद्र भुक्तभोगीहरुका दयनीय अवस्थालाई मध्यनजर राख्दै अस्पताल हुनपर्छ भन्ने सबैले मत पोखे । रङ्गली अप्परभिल सार्वजनिक भवनमा आइतवार अपरान्ह दिपेन्द्र राईद्वारा सञ्चालित सभामा गोविन्द प्रधानले मुख्य विषयमाथि प्रकाश पारेका थिए । क्षेत्रको विकास तथा अभावमाथि राजमान स्याङ्बो, जीवन तामाङ, अजय स्याङबो अनि विकाश सुब्बा आदिले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *