कलर्सले दुईवटा नयाँ शोहरू प्रस्तुत गर्दछ

दृढ र शक्तिशाली महिलाहरुको एउटा मात्र नभई दुई प्रेरणादायक कथाहरु प्रस्तुत गर्दै, कलर्स ‘निमा देन्जोङ्गपा’ र ‘थोडा सा बादल, थोडा सा पानी’ प्रस्तुत गर्दछ, जसमा सुरभी दास को निमा रूप मा र इशिता दत्ता काजोलको भूमिकामा देखा पर्ने छन। पेनिन्सुला पिक्चर्स प्राइवेट लिमिटेड द्वारा प्रोड्युसड, ‘निमा देन्जोङ्गपा’ बेलुका ९:०० बजे र बक्स एण्ड बियन्ड इन्टरटेन्मेन्ट प्राइवेट लिमिटेड द्वारा प्रोड्युसड ‘थोडा सा बादल, थोडा सा पानी’ साँझ ९:३० बजे केवल कलर्स मा प्रत्येक सोमवार देखि शुक्रवार सम्म प्रसारण हुनेछ।
‘निमा देन्जोङ्गपा’ को कथा सिक्किमकी एक साधारण र जवान केटी निमा, जो मुम्बई को केटा सुरेश (अक्षय केलकर द्वारा निभाईएको) को प्रेममा पर्छन् उसको वरि परी घुमनेछ। के निमा आफ्नो परिवार देखी टाडा र कठिन मुम्बई जीवनमा बाँच्न सक्षम हुनेछ? के उनी कहिल्यै नयाँ शहर मा स्वीकार्यता पाउनेछन्?

‘थोडा सा बादल, थोडा सा पानी’को कथा काजोलको वरिपरि केन्द्रित छ, कोलकाताकी एक राम्रो, हर्षित केटी, जसलाई उनको परिवारले धेरै माया गर्छिन्। के काजोल, एक संरक्षित बच्चा, आफ्नो परिवारलाई आर्थिक विनाश बाट बचाउन सक्षम हुनेछ? के उनी आफ्नो प्रेम संग विवाह गर्ने उनको सपना पूरा गर्न सक्षम हुनेछन्? यी दुई प्रेरणादायक र हृदयस्पर्शी कथाहरुलाई प्रमोट गर्न को लागी, कलर्सद्वारा प्रिन्ट, टेलिभिजन, र डिजिटल प्लेटफार्महरु मा एक मजबूत मार्केटिङ्ग अभियान डिजाइन गरीएको छ। वायकॉम१८, हिन्दी मास एन्टरटेन्मेन्ट, चीफ कन्टेंट अफिसर मनीषा शर्माले भनिन्, “‘निमा देन्जोङ्गपा’ र ‘थोडा सा बादल, थोडा सा पानी’ ले दुई बहादुर महिला पात्रहरुको दुई रोचक कथाहरु लाई सुन्दर ढंगले समेटेको छ। दुबै कथाहरु अद्वितीय छन्, र हामी यी शोहरू द्वारा दर्शकहरु संग सही तालमेल बनाउने आशा गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *