राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श नायकबीच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गर्नुभएको छ । उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।l

सो अवसरमा विजेताहरूसँगको सङ्क्षिप्त कुराकानी पछि सामूहिक तस्बीर लिइएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण गर्नुभएको थियो ।’

वाङले नैतिक प्रगतिको प्रवर्द्धनका लागि सीको विचार(विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षहरूमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलहरूले खेलेको नैतिक भूमिका अनुकरणीय रहेको बताउँनुभएको छ ।सम्भाषणका क्रममा वाङले युवाहरूको बौद्धिक र नैतिक स्तरलाई माथि उठाउनुपर्नेमा जोड दिनुभएको छ ।

उक्त अवसरमा कुल ६८ जना उम्मेदवारलाई राष्ट्रिय नैतिक आदर्शका रूपमा सम्मानित गरिएको र २५४ जनाले मनोनयन पुरस्कार प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *