ताइवानको स्वतन्त्रता माग्नेहरूलाई चीनले सजाय दिने

ताइवानलाई स्वतन्त्र बनाउनका लागि पैरवी गर्नेहरूलाई सजाय दिने घोषणा चीनको स्टेट काउन्सिलको ताइवान अफेयर्स अफिसले शुक्रवार दिएको छ । त्यस्ता पृथक्तावादीहरूलाई प्रतिबन्ध लगाउने, तिनको परिवारलाई चिनियाँ मुख्यभूमि, हङकङ र मकाउमा प्रवेश गर्न रोक लगाउने अनि चिनियाँ मुख्यभूमिमा तिनीहरूलाई व्यापार गर्न नदिने निर्णय पनि लिइएको छ । 

ताइवान पृथक्तावादीहरूलाई फौजदारी कारवाही गर्ने र त्यस्तो कारवाही जीवनपर्यन्त लागू रहने बताइएको छ । 

ताइवान कार्यकारी प्राधिकरणका प्रमुख सू त्सिङ–त्स्योङ, वैदेशिक मामिला प्रमुख जोसेफ वु र संसदीय निकाय प्रमुख यू सि–कुन कालोसूचीमा राखिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *