चीनको ब्रिटेनलाई चेताउनी

चीनले आइतबार ब्रिटेनलाई चेताउनी दिँदै कोल्डवार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन। वास्तवमा, यसअघि ब्रिटेनका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस) लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुसचीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको कुरा गरेका थिए । ब्रिटेनले यो कदम पछि चीनले प्रतिक्रिया दिँदै चेताउनी दिएको छ । अकस एक ऐतिहासिक सुरक्षा सम्झौता हो जसमा अमेरिका, ब्रिटेन र अष्ट्रेलिया सामेल छन् । यो सम्झौताको पछाडि अमेरिकाको उद्देश्य चीनको यो क्षेत्रमा बढ्दो दबदबालाई कम गर्ने बताएको छ ।

चीनले अकसको गठनपछि यसको निन्दा गरेको थियो र यसलाई असाध्यै गैर जिम्मेवार र संकीर्ण सोच भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले यो गठबन्धन क्षेत्रीय शान्तिलाई गम्भीर रुपमा हानी गर्ने र हतियारको दौडलाई बढाउने बताएका थिए ग्लोबल टाइम्सको खबर अनुसार ब्रिटेन अनेकौं मामिलामा चीनसँग गतिरोधको स्थितिमा छ र एक प्रकारले उसले अमेरिकी रणनीतिको पालना गरिरहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *