चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ

चिनियाँ विदेशमन्त्री वाङ यीले बंगलादेशलार्य सहयोग गर्ने बताउनुभएको हो । उहाँले कोभिडका विरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई सहगोग गर्न तयार छ र आगामी दिनमा यस महामारीका विरुद्धमा लड्नका लागि अवाश्यक सहयोग गर्ने छ भन्नुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार बंगलादेशका विदेशमन्त्रीसँगको फोनवार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । शनिबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनसँग फोनवार्ता गर्नुभएको थियो ।

त्यस वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री यीले चीन र बंगलादेश दुई असल मित्र राष्ट्र भएकोले विगत लामो समयदेखि नै एक अर्काको सहयोगमा निरन्तरता दिइ आएको पनि बताउनुभयो ।
उहाँले चीन बंगलादेशको स्वतन्त्रता, राष्ट्रियता, क्षेत्रीय अखण्डताकाका पक्षमा रहेको र आगामी दिनमा पनि रहने पनि सो फोनवार्ताका क्रममा दोहोराउनुभएको समाचारमा जनाइएको छ ।

विदेश मन्त्री यीले हाल विश्वमा फैलिएको कोरोना भाइरस मानवीयता विरुद्धको सत्रु नै रहेकोले विश्वका कतिपय देशलाई यस भाइरसका विरुद्धमा लड्नका लागि चीनले सहयोग गरिरहेको र बंगलादेशलाई पनि आगामी दिनमा कोभिडका विरुद्धमा लड्न सहयोग गर्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *