चीनले सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत पाकिस्तान पुर्‍यो

चीनले पहिलोपटक सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत पाकिस्तान पुर्‍याएको छ। दुई देशबीचको मित्रतालाई विशेष बनाउन चीनले योगदान स्वरुप सोमबार सो युद्धपोत पाकिस्तान पुर्‍याएको हो।

दुई देशबीचको मित्रतालाई विशेष बनाउनुका साथै सबै मौसमी रणनीतिक साँझेदारीलाई मजबुत बनाउने उदेश्यले चीनले पाकिस्तानलाई सो युद्धपोत दिएको ग्लोबल टाइम्समा खबर छ । चीनको सिपविल्डिङ कोपरेसन लिमिटेड (सिएसएससी)ले डिजाइन र निर्माण गरेको सो युद्धपोत सोमबार पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरेको बताइएको छ । 

चीनको साङ्घाइ राज्यस्थित सो युद्धपोतको सोमबार उद्घाटन गरिएको छ। चीन सरकारले सो युद्धपोत पाकिस्तानी नौसेनाको लागि निर्माण गरेको बताइएको छ । पाकिस्तानी नौसेनाले विज्ञप्ति जारी गर्दै चीनले दिएको टाइप ०५४ ए/ पि युद्धपोतको पिएनएस सुघ्रिल नामांकरण गरिएको बताएको छ।

‘विशिष्ट विशेषतासहित युद्धपोत सबैभन्दा ठूलो र अत्याधुनिक छ । चीनको यस योगदानले दुई देशबीचको रणनैतिक साँझेदारी र मित्रतालाई अजम्बरी बनाउने छ, जारी विज्ञप्तिमा भनिएको छ । 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *