मुख्यमन्त्री अनि सेना अधिकारीद्वारा दूधे पुल निरीक्षणको सम्भावना

पहाड़मा अहिले फेरि वर्षा नभएको कारण बालासन नदीको जलस्तर केही घटेको छ। तर दूधेमा भाँचिएको फलामे पुलको अवस्था अझै पनि चिन्ताजनक रहेको छ। स्थानीय सूत्रअनुसार पुलको भाँचिएको पिलर क्रमशः झुक्दै गइरहेको छ जसले नदीपारिका वासिन्दामाझ तीव्र सन्त्रास सिर्जना गरेको छ।
सोमवार बिहानदेखि नै घटनास्थल लगभग सुनसान छ। स्थानीय प्रशासनले पुलनजिक क्षेत्रमा आवतजावतमाथि पूर्ण रूपले रोक लगाएको छ। तत्काल बेली ब्रिज निर्माणको काम आरम्भ गरिएको छ। आज सेनाका अधिकारीहरूको एउटा प्रतिनिधि टोली घटनास्थल पुग्ने बताइएको छ। तिनीहरूले क्षतिको मूल्याङ्कन र नयाँ पुल निर्माणको सम्भावना जाँच्नेछन्। उता प्रशासनिक सूत्रअनुसार मुख्यमन्त्री पनि आज दूधे जाने सम्भावना रहेको छ। मुख्यमन्त्रीले घटनास्थल निरीक्षण गरी स्थितिको मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ।
लगातार वर्षाका कारण पहाड़ी क्षेत्रमा पैह्रो र पुल भाचिँदा यातायात व्यवस्था गम्भीर रूपले प्रभावित भएको छ। स्थानीय वासिन्दाहरूले शीघ्र वैकल्पिक पुल निर्माणको माग गरेका छन् जसले सर्वसाधारण र पर्यटकहरूलाई आवागमन सहज बन्न सकोस्।

By News Editor