सिलगढी : छठ पूजाको चौथो दिन आज उदाउँदो सूर्यलाई अर्घ दिइयो। योसँगै आज छठ पर्व सम्पन्न भएको छ।आज बिहान सिलगढी सहरमा ठूलो भीड देखियो गयो। सिलगढी सहरका हरेक छठघाटमा बिहानैदेखि पूर्णाथीको भीड लागेको थियो।
बिहानैदेखि छठ भक्तजन पूजा सामग्री लिएर नदी किनारमा गएर पूजाआजा गरेका थिए । आज अन्तिम दिन छठघाटमा भीड लागेको छ। त्यहाँ प्रहरीको सुरक्षा पनि थियो। सिभिल डिफेन्सका सदस्यहरुको समेत उपस्थिति रहेको थियो।
नदीमा कुनै पनि दुर्घटना हुन नदिन नदीमा दुर्घटना हुन नदिन प्रशासनले कडा अनुगमनको व्यवस्था गरेको छ। समग्रमा सिलगढी सहरमा छठ पूजा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।