भारतको G20 अध्यक्षता अन्तर्गत, चण्डीगढ मा बुधबारदेखि दोस्रो एग्रीकल्चरल वर्किंग ग्रुप (AWG) को बैठक आयोजना गरिरहेको छ। तीनदिने कृषि प्रतिनिधि सम्मेलनको पहिलो दिन विभिन्न देशका प्रतिनिधिले अन्तर्राष्ट्रिय स्तरमा फ़ूड मार्किट बजारको विकासका बारेमा आ–आफ्ना धारणा राखेका थिए । बैठकमा भएको ६ सत्रमा खाद्य बजार अवस्था र कृषि बजार सूचना प्रणालीका लागि द्रुत प्रतिक्रिया मञ्चको स्थापनामा जोड दिइएको छ।
बैठकले कृषि क्षेत्रको क्षमता अभिवृद्धि आवश्यकता र ‘आयातमा वित्तीय कारकको प्रभाव’ मा पनि केन्द्रित भएको थियो । यसबाहेक सदस्य राष्ट्रहरूले ‘क्षेत्रीय र विश्वव्यापी खाद्य सुरक्षामा एसियाको भूमिका’ भन्ने बिषयमा पनि चर्चा गरेका थिए । AWG बैठकको उद्देश्य कृषि र खाद्य सुरक्षाको सस्टेनेबल भविष्यतर्फ काम गर्न G20 सदस्य राष्ट्रहरूलाई एक प्लेटफर्ममा ल्याउनु हो। कृषि प्रतिनिधिको दोस्रो बैठकमा खाद्य सुरक्षा र पोषण, जलवायु प्रति स्मार्ट दृष्टिकोणसहितको सस्टेनेबल कृषि, समावेशी कृषि मूल्य शृङ्खला र खाद्य प्रणाली र कृषि रूपान्तरण को लागि डिजिटलाइजेसन गरी चारवटा महत्वपूर्ण विषयमा चर्चा हुनेछ ।
आगामी दुई दिनसम्म खाद्य सुरक्षा र पोषण जस्ता विषयमा सदस्य राष्ट्रहरूबीच विस्तृत चर्चा हुनेछ । चण्डीगढको रक गार्डेनमा मार्च ३० मा फुड फेस्टिभल अफ मिल्ट्स आयोजना गरिनेछ। जसमा देशमा उत्पादित कोर्स ग्रेन र यसबाट हुने फाइदाका बारेमा प्रतिनिधिहरुलाई जानकारी गराइनेछ । AWG बैठकमा १९ सदस्य राष्ट्र, १० आमन्त्रित देश र १० अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी हुने छन् ।