सिलगढ़ीको 45 नम्बर वार्डअन्तर्गत पर्ने चम्पासारी मोड़को सड़कमा अवैध तरिकाले राखिएका लगभग 120 पसलहरूलाई सिलगढ़ी नगर निगमले उच्छेद गरेको छ। केही महीनाअघि सिलगढ़ी नगर निगमको तर्फबाट यी पसलहरूलाई यहाँबाट हटाउने निर्देशमा सूचना दिइएको थियो। त्यो समय चाड़पर्व (पूजाको) कारण व्यापारीहरूको अनुरोधमा नगर निगमले उच्छेद कार्य स्थगित राखेको थियो।
तर प्राप्त जानकारीअनुसार धेरै महीना बिते पनि व्यापारीहरूले त्यहाँबाट पसल हटाउन कुनै कदम नचालेपछि नगर निगमले पुनः व्यापारीहरूलाई सूचना दिएर पसल हटाउन भनेको थियो। त्यसपछि पनि पसल नहटाएपछि सोमवार नगर निगमका कर्मचारीहरूले अभियान चलाएर ती पसलहरू उच्छेद गरेका हुन्। अर्कातिर, व्यापारीहरूको आरोप छ कि झण्डै 120 परिवार बेरोजगार बनेका छन्। आफ्नो परिवार कसरी चलाउने भन्ने चिन्ताले तिनीहरू समस्यामा परेका छन्।
यता नगर निगमका मेयर परिषद सदस्य दिलीप बर्मनले भने, धेरै समयअघि नै तिनीहरूलाई नोटिश दिइएको थियो। तर त्यो समय नगर निगमका अधिकारीहरूसित कुराकानी गरेर कुनै तरिकाले उच्छेद रोकिएको थियो। तर सड़क विस्तार गर्नका लागि तिनीहरूलाई हटाउनैपर्ने भयो। त्यसैले नगर निगमले फेरि सूचना जारी गरेर ती पसलहरू उच्छेद गरेको हो। मलाई यसबारे जानकारी थिएन। मैले मेयरसित कुराकानी गरेको छु र यहाँका व्यापारीहरूलाई पुनर्वासको व्यवस्था गर्नुपर्ने विषयमा मैले कुराकानी पनि गरेको छु।