भारतीय टायर निर्माता सीएटले त्रिपुरा राज्यको अगरतला शहरमा नयाँ प्रिमियम रिटेल सुविधा उद्घाटन गरेको छ जसले उत्तरपूर्वी भारतमा यसको उपस्थिति बलियो बनाउँदछ। क्षेत्रमा चार चक्के वाहनको बढ्दो बिक्रीमाझ यो विस्तार भएको हो।
सीएटका म्यानेजिङ डाइरेक्टर तथा सीईओ अर्नब ब्यानर्जीले कम्पनीको कस्टमर फर्स्ट दर्शनमाथि जोड़ दिँदै टायर उद्योगका लागि उत्तरपूर्वी क्षेत्रको रणनीतिलाई महत्त्वपूर्ण बताए। कम्पनीले अहिले असम, नगाल्याण्ड, त्रिपुरा, मणिपुर र मिजोरममा 18 प्रिमियम आउटलेट र 900 भन्दा बढ़ी रिटेल टचपोइन्टहरू सञ्चालन गरिरहेको छ। आगामी दिन अरुणाचल प्रदेश र मेघालयसम्म विस्तार गर्ने योजना बनाएको छ।
अगरतलाको नयाँ सुविधा केन्द्रले क्षेत्रका 3.7 मिलियन वासिन्दाहरूलाई सेवा पुऱ्याउनेछ। साथै प्यासेञ्जर कार, दुई चक्के वाहन अनि कमर्सियल वाहनका लागि टायरहरूको विस्तृत शृङ्खला उपलब्ध गराउनेछ। डीलर साझेदारी र रोजगार सृजनको माध्यमले यस क्षेत्रको आर्थिक वृद्धिमा योगदान पुऱ्याउने साथै उत्पादको उपलब्धता अनि गुणस्तरीय सेवा बढ़ाउने सीएटको उद्देश्यसित यो विस्तार मेल खान्छ।