07
Apr
प्रेम सम्बन्धमा संलग्न एक युवती। अभिभावकले त्यो सम्बन्धलाई स्वीकार गरिरहेको थिएन। यसैका कारण प्रेमीले युवतीका आमा-बुवाको हत्या गरे। प्रेमिका र उनकी बहिनी पनि घाइते भए। पछि प्रेमिकाकी बहिनीको पनि उपचारको क्रममा मृत्यु भयो।घटना शीतलकुचीको पश्चिमपाडा क्षेत्रको हो। मृतक नीलिमा बर्मन शितलकुची ग्राम पञ्चायतकी तृणमूल सदस्या हुन्। उनका पति विमल चन्द्र बर्मन तृणमूलको एससीएसटी, ओबीसी सेलका शीतलकुची ब्लक अध्यक्ष हुन्। शुक्रबार बिहान करिब ४ः३० बजे भएको यो घटनापछि क्षेत्रमा तनावको वातावरण बनेको छ।प्रारम्भिक अनुसन्धानका क्रममा पुलिसले बर्मन दम्पतीकी जेठी छोरी इति बर्मनको छिमेकी गाउँका एक युवक विभूति रायसँग प्रेम सम्बन्ध रहेको पत्ता लगाएको छ। इतिका आमा-बुवा दुवैले यो सम्बन्धको कडा विरोध…
