West Bengal

नयाँ पेन्सन योजना खारेज गर्न माग गर्दै नयाँ जलपाईगुडी रेलवे क्षेत्र कार्यालय अगाडि विरोध प्रदर्शन

नयाँ पेन्सन योजना खारेज गर्न माग गर्दै नयाँ जलपाईगुडी रेलवे क्षेत्र कार्यालय अगाडि विरोध प्रदर्शन

रेल्वे मजदूर संघले फेरि नयाँ पेन्सन योजना रद्द गर्न माग गरेको छ। २००४ मा, केन्द्रको नयाँ पेन्सन योजना लागू गरियो। जसका कारण सरकारी कर्मचारी र सेवानिवृत्त कर्मचारी समस्यामा परेका छन्। यो नयाँ पेन्सन योजना तत्काल खारेज गर्न माग गर्दै नेशनल ज्वाइंट काउंसिल अफ एक्शन कमेटी देशभर आन्दोलनमा उत्रिएको छ ।यो मागमा धेरै संघसंस्था पनि लागेका छन्। हरेक महिनाको २१ तारीख विभिन्न कार्यक्रम गरी यो आन्दोलन गर्ने गरिन्छ। सोही एजेन्डा अन्तर्गत शुक्रबार रेलवे मजदूर युनियन नयाँ जलपाईगुडी शाखाले नयाँ जलपाईगुडी रेलवे क्षेत्र कार्यालय अगाडि विरोध प्रदर्शन गरेको थियो। संगठनका शाखा सचिव सौम्यदीप कर्माकरले उनीहरुको मागप्रति केन्द्रले सहानुभूति नदेखाए १९ सेप्टेम्बरमा भारत…
Read More
सिलीगुड़ी में सुबह चाय पे चर्चा में शामिल हुए दिलीप घोष

सिलीगुड़ी में सुबह चाय पे चर्चा में शामिल हुए दिलीप घोष

आज कालेबुङ प्रस्थान गर्नु अघि,भाजपाका पश्चिम बंगाल राज्य प्रमुख दिलीप घोषले बिहाँन सिलगढीमा चिया गफमा भाग लिए। उनले राज्यको शिक्षक नियुक्ति घोटालालाई लिएर राज्य सरकारको कठोर आलोचना गरे साथै तृणमूल कांग्रेसले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नबाट वञ्चित भएकोमा खिल्ली उडाए।दिलीप घोष आज बिहाँन कलकत्ताबाट रेलमा नयाँ जलपाईगुडी स्टेशन पुगेका हुन्। सोही अवसर पारेर नयाँ जलपाईगुडी स्टेशन छेउछाउको क्षेत्रमा चिया गफ कार्यक्रमको आयोजना गरिएको थियो।त्यसपछि उनी सिधै कालेबुङ तर्फ प्रस्थान भए। पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरी भोलि दार्जिलिङ जानेछन्।
Read More
उत्तर बङ्गाल मेडिकल कलेजमा बालक चोरीको घटनाले सनसनी मच्चिएको छ

उत्तर बङ्गाल मेडिकल कलेजमा बालक चोरीको घटनाले सनसनी मच्चिएको छ

उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा एकपटक फेरि बच्चा चोरीको घटना बाहिर आएको छ। घटना बिहीबार मेडिकल कलेजको प्रसूति विभागमा भएको हो। खोरीबारीको भोगभिटा क्षेत्रकी रञ्जिता सिंहले मंगलबार खोरीबारी अस्पतालमा छोरालाई जन्म दिएकी हुन्। बच्चा जन्मेपछि महिलाको शरीरमा धेरै किसिमका जटिलताहरु देखा पर्छन्। यही कारणले उनलाई बुधबार राति उत्तर बङ्गाल मेडिकल कलेजमा सारिएको थियो। बिहीबार दिउँसो रञ्जिताको खाना खाने क्रममा अचानक एक महिला रञ्जितालाई सहयोग गर्न अगाडि आइन्। उनले रञ्जिताको बच्चालाई आफ्नो काखमा लिन अनुरोध गरिन् रन्जिताले पनि आत्मविश्वासका साथ बच्चालाई महिलाको काखमा राखेर हात धुन गइन्। जब उनी फर्किए, उनले महिला आफ्नो बच्चालाई लिएर गएकी देखे। घटनापछि मेडिकल कलेजमा हंगामा…
Read More
पुलिसको तर्फबाट चालक र यात्रुहरूलाई ओआरएस र चिसो पेय वितरण

पुलिसको तर्फबाट चालक र यात्रुहरूलाई ओआरएस र चिसो पेय वितरण

राजगञ्ज पुलिस स्टेशन र जलपाईगुडी जिल्लाका ट्राफिक पुलिस अधिकारीहरूले ओआरएसको साथमा चिसो पेय पदार्थ वितरण गरे। चर्को गर्मीमा पैदलयात्रु र लामो दुरीका सवारीसाधन चालकको कष्ट कम गर्न ओआरएससहितको चिसो खानेपानी वितरण गरिएको हो। यो कार्यक्रम सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको हातिमोडमा आयोजित गरिएको थियो। कार्यक्रममा राजगञ्ज पुलिस थानाप्रमुख पंकज सरकार, ट्राफिक ओसी अतुल दास लगायत अन्य पुलिस कर्मचारीहरुको उपस्थिति रहेको थियो। चर्को गर्मीको कारणले चालकहरु बिरामी पर्ने गरेको आईसीले जनाए। उनले भने-यो चर्को गर्मीको कारण चालकहरु अस्वस्थ भयोभने राष्ट्रिय राजमार्गमा दुर्घटना पनि निम्त्याउन सक्छ। त्यसैले शरीरलाई स्वस्थ राख्न ओआरएस पानीमा मिसाएर सेवन गर्नुपर्छ। त्यसैले चालकहरूलाई चिसो पेय पदार्थ उपलब्ध गराइयो। यसका साथै…
Read More
पक्की सडकको माग गर्दै रसिक बिल वन क्षेत्रका बासिन्दाद्वारा चुनाव बहिष्कारको घोषणा

पक्की सडकको माग गर्दै रसिक बिल वन क्षेत्रका बासिन्दाद्वारा चुनाव बहिष्कारको घोषणा

रसिक बिल वन क्षेत्रको आदिवासी बस्तीका बासिन्दाहरूले पक्की सडकको मागमा चुनाव बहिष्कारको आह्वान गरेका छन्। चुनाव आउँछ जान्छ। चुनावअघि नेताहरूले क्षेत्रको विकासका लागि धेरै वाचा गर्छन्। तर मतदानपछि सबैले वनक्षेत्रमा रहेका आदिवासी बस्तीका जनतालाई बिर्सन्छन्। त्यसैले निर्वाचनअघि रसिकबिल वन क्षेत्रका आदिवासी बस्तीका बासिन्दाहरुले सडकको माग गर्दै निर्वाचन बहिष्कारको आह्वान गरेका छन्। तुफानगञ्ज–२ ब्लक अन्तर्गत महिषकुची–२ ग्राम पञ्चायतको रसिकबिल आदिवासी बस्तीका बासिन्दाहरु चुनाव बहिष्कारको घोषणा गर्दै प्लेकार्ड बोकेर सडकमा उत्रिएका छन्। महिषकुची नम्बर २ ग्राम पञ्चायत क्षेत्रको ताकुआमारी बजार जाने बाटोमा पर्ने पगिरकुटी धाम छेउछाउमा धेरै जनजाति समुदायका मानिसहरु बसोबास गर्दै आएका छन्। हाल उक्त गाउँमा करिब १५० परिवार बसोबास गर्दै…
Read More
बालासन नदीमा बालुवाले पुरिएर मृत्यु भएका र घाइतेका परिवारलाई आर्थिक सहयोग

बालासन नदीमा बालुवाले पुरिएर मृत्यु भएका र घाइतेका परिवारलाई आर्थिक सहयोग

केही दिन अघि बालासन नदीमा अवैध रुपमा बालुवा उत्खननका क्रममा तीन युवाहरुको बालुवामुनि पुरिएर मृत्यु भएको थियो। घटनामा अर्का एक युवा पनि घाइते भएका थिए। बुधबार ती पीडित परिवारहरुलाई तृणमूल कांग्रेसले सहयोग प्रदान गरेको छ।मतिगडा बनियाखरी क्षेत्रमा पथरघटा अञ्चल तृणमूल कांग्रेसले बालासन नदीमा मृत्यु भएका ती ३ युवा र १ घाइतेका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
Read More
बर्द्धवान विश्वविद्यालय परिसर छेउछाऊका रूखहरू मासिएको विरोधमा एसएफआई आन्दोलित

बर्द्धवान विश्वविद्यालय परिसर छेउछाऊका रूखहरू मासिएको विरोधमा एसएफआई आन्दोलित

गत १५ अप्रेलको दिन दिउँसै बर्द्धवान विश्वविद्यालय परिसर छेउछाऊका रूखहरूमा कुनै स्पष्ट कारणबिनै आगो लगाइयो। जसका कारण यस क्षेत्रको हरियाली तथा पर्यावरणमा ठूलो क्षति पुगेको छ। घटनाबारे स्थानीयले विश्वविद्यालय प्रशासनलाई गुनासो गरे पनि दमकललाई फोन गरेर आगो निभाउन कुनै पहल गरेनन्। यसको विरोधमा एसएफआईले आन्दोलन शुरू गरेको छ। एसएफआईको तर्फबाट विद्यार्थी युनियनले बहिष्कारको आह्वान गर्दै विश्वविद्यालय परिसरको भविष्य जोगाउन रुख नमास्ने जिम्मेवारी विश्वविद्यालय प्रशासनलाई लिन माग गरेको छ। मंगलबार एसएफआईको विरोध कार्यक्रममा सर्वसाधारणको उपस्थिति हेर्न लायकको थियो।
Read More
चिसो फलफूल र आइसबारले बंगाल सफारीका जनावरहरूलाई गर्मीबाट राहत

चिसो फलफूल र आइसबारले बंगाल सफारीका जनावरहरूलाई गर्मीबाट राहत

दक्षिण बङ्गालसँगै उत्तर बंगाल पनि चर्को गर्मीबाट अस्तब्यस्त छ। चर्को गर्मीले यहाँ मानिस संगसँगै पशु-पंक्षी पनि तड्पीरहेका छन् । सिलगढीस्थित बंगाल सफारीका अधिकारीहरूले सफारीका जंगली जनावरहरूलाई गर्मीबाट जोगाउन र तिनीहरूलाई चिसो राख्न विशेष व्यवस्था गरेका छन्। गर्मीबाट बच्न बंगाल सफारीका अधिकारीहरूले जंगली जनावरहरूका लागि चिसो फलफूल र आइसबारको व्यवस्था गरेका छन्।उनीहरुका लागि एयर कुलर पनि जडान गरिएको छ । चराहरूलाई गर्मीबाट जोगाउन घरहरू बनाइएको छ। खानेपानीको समेत पर्याप्त व्यवस्था गरिएको छ । उत्तर बङ्गाल वाइल्ड एनिमल पार्कका निर्देशक कमल सरकारले वन्यजन्तुका लागि चिसो फलफूल र आइसब्लक उपलब्ध गराएको बताए । साथै, एयर कुलर पनि उपलब्ध गराइएको छ।रोयल बेङ्गाल टाइगर्स र…
Read More
शिक्षक संगठन एबीटीए र एबीपीटीएको उत्तरकन्या अभियानका कारण सिलगढीको नौकाघाट मोड क्षेत्र रणभूमिमा परिणत

शिक्षक संगठन एबीटीए र एबीपीटीएको उत्तरकन्या अभियानका कारण सिलगढीको नौकाघाट मोड क्षेत्र रणभूमिमा परिणत

शिक्षक संगठन एबीटीए र एबीपीटीएको उत्तरकन्या अभियानका कारण सिलगढीको नौकाघाट मोड़ क्षेत्र फेरि रणभूमिमा परिणत भएको छ। यस अभियानलाई मध्यनजर गर्दै पुलिसले पहिले नै यसको पूर्ण तयारी गरिसकेको थियो। तीनबत्ती मोड़मा बाँसको ब्यारिकेड लगाएर पानीको फोहोरा सहित ठूलो संख्यामा पुलिस बल परिचालन गरिएको थियो ।एसएससी मार्फत पारदर्शी रूपमा नियुक्ति हुनुपर्ने, केन्द्रीय सरकारी जागिरको दरमा भत्ता उपलब्ध गराइनु पर्ने , बक्यौता भत्ता भुक्तानी लगायतका विभिन्न माग राख्दै सोमबार शिक्षक संगठनको संयुक्त मञ्चले उत्तर कन्या अभियान सुरु गरेको हो । यद्यपि,अभियानलाई लिएर ठूलो संख्यामा तैनाथ रहेको पुलिसले तीनबत्ती मोडमा नै तिनीहरुलाई रोके। सो क्रममा हजारौं कार्यकर्ताले पुलिस ब्यारिकेड तोडेर उत्तरकन्या जान खोज्दा…
Read More
किरणचन्द्र श्मशानघाटमा शवदाहका लागि दोस्रो विद्युतीय भट्टी उद्घाटन

किरणचन्द्र श्मशानघाटमा शवदाहका लागि दोस्रो विद्युतीय भट्टी उद्घाटन

सिलगढी शहरले शवदाहका लागि दोस्रो विद्युतीय भट्टी पाएको छ। जसका कारण शवदाहका लागि श्मशानघाटमा लाइन बस्नु पर्नेछैन र समयको बचत हुनेछ। पूर्व शहरी विकास मन्त्री अशोक भट्टाचार्यको पहलमा सिलगढीमा किरणचन्द श्मशानघाट विद्युतीय भट्टी निर्माण गरिएको थियो। त्यससमय शवदाह प्रक्रिया दुई भट्टीबाट शुरु भएको थियो। पछि, एउटा भट्टी बिग्रिएपछि एउटै भट्टीबाट मात्र शवदाह गर्ने काम जारी रह्यो। जसका कारण, दाह-संस्कार गर्न आएकाहारुले लामो समयसम्म पर्खिनु परिरहन्थ्यो। यसमा सबैले असुविधाको सामना गर्नुपरेको थियो। अर्कोतर्फ,शवदाहको दबाव कम गर्न एसजेडीएले साहुडांगीमा एउटा वैकल्पिक भट्टीको निर्माण गरेको थियो। यसपटक,नगरपालिकाले शवदाहको दबाव पूर्णरूपमा न्यून गर्न सिलगढीमा नयाँ भट्टी निर्माणको कार्य सम्पन्न गरेको छ। सोमबार सिलगढी नगर…
Read More