West Bengal

जलपाईगुडीमा अभिषेक बनर्जीको नवजोर कार्यक्रमको तयारी पूरा

जलपाईगुडीमा अभिषेक बनर्जीको नवजोर कार्यक्रमको तयारी पूरा

तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीको जनसम्पर्क भ्रमण नवजोर कार्यक्रमको लागि जलपाईगुडीमा तयारी पूरा भएको छ। कार्यक्रमको पाँचौं दिन अभिषेक बनर्जीले जलपाईगुडी जिल्लाको सदर ब्लकको पहारपुर, पांडापाडा, डोमोहनी, भोटपट्टी र राजगञ्ज क्षेत्रमा सभाहरू सहित विभिन्न कार्यक्रममा भाग लिनेछन्। जसका कारण बिहानैदेखि जताततै चहलपहल सुरु भएको छ। उनीहरुलाई स्वागत गर्न महिला र पुरुष आदिवासी नृत्यको लागि तयार छन्। सडकको दुबै छेउमा उनका समर्थकहरुको लाम लागेको छ। अभिषेक बनर्जीको आगमनलाई लिएर जिल्लाका युवाहरु निकै उत्साहित छन्।
Read More
विधायक शंकर घोषलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की

विधायक शंकर घोषलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की

सिलगढीका विधायक शंकर घोषलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएको छ। विधायकले शनिबार सिलगढी पुलिस स्टेशनमा लिखित उजुरी दिएका छन्। विधायकको आरोप छ कि उनले २७ तारीख कालियागञ्जमा एक नाबालिगको मृत्यु र पछि एक युवाको मृत्युको बारेमा सोशल मिडियामा पोस्ट गरेका थिए।उक्त पोस्टमा विधायकलाई पक्राउ गरी मृत्युदण्ड दिनुपर्ने एक कमेन्ट आएको थियो । जुन प्रोफाइलबाट यो कथन आएको हो, त्यसविरुद्ध उनले उजुरी गरेका हुन् । सिलगढीका बीजेपी विधायक शंकर घोषलाई ट्वीटरमा कसैले यस्तो चेतावनी दिएको हो। विधायकको उजुरीका आधारमा पुलिसले कारबाही गर्ने आश्वासन दिएको छ ।
Read More
चियाबगानको जग्गालाई फ्रीहोल्डमा परिणत गरेको भन्दै चिया श्रमिकहरू आन्दोलनमा

चियाबगानको जग्गालाई फ्रीहोल्डमा परिणत गरेको भन्दै चिया श्रमिकहरू आन्दोलनमा

चियाबगानको जग्गा कर्पोरेटसहरूलाई हस्तान्तरण गरिएको छ।करीब १२ लाख आदिवासीहरु र अन्य श्रमिक परिवारहरुलाई आफ्नो जग्गा गुम्ने डरले सताईरहेको छ । प्रदेश सरकारले बनाएको जग्गा अतिक्रमण ऐन विरुद्ध चियाबगान बहुल क्षेत्रमा आन्दोलन सुरु भएको छ ।पश्चिम बङ्गाल भूमि सुधार ऐनमा गरिएको संशोधनले चियाबगान लगायतका क्षेत्रमा फ्रीहोल्ड जमिन छुट्याउन र त्यसलाई अन्य व्यवसाय र प्रयोगमा परिणत गर्नाले सयौं वर्षदेखि चियाबगानमा बसोबास गर्ने आदिवासी मजदुरहरूले वास्तविक जग्गा गुमाउनेछन ।बिहीबार संयुक्त फोरमको तर्फबाट मतिगडा ब्लकको भूमि तथा भू-राजस्व कार्यालयमा जम्मा भएका आन्दोलनकारीले चियाबगान श्रमिकहरुलाई जग्गाको हक चाँडो फिर्ता गर्नुपर्ने र राज्य सरकारको जग्गा अतिक्रमण ऐन खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरे।सीपीआईएम दार्जिलिङका जिल्ला…
Read More
अलिपुरद्वार पुगे अभिषेक ब्यानर्जी, नवजोआर कार्यक्रमको निरन्तरता

अलिपुरद्वार पुगे अभिषेक ब्यानर्जी, नवजोआर कार्यक्रमको निरन्तरता

अभिषेक ब्यानर्जीको नवजोआर कार्यक्रम अलीपुरद्वारमा पनि सुरु भयो। अभिषेक ब्यानर्जी अलीपुरद्वार जिल्लाको कुमारग्राम ब्लक पुगे। कुमारग्राममा अभिषेक ब्यानर्जीका धेरै ब्यस्त कार्यक्रमहरु छन्। बिहीबार अलिपुरद्वारमा अभिषेक ब्यानर्जीको र्‍याली पछि धेरै जनसभाहरू छन्। यसपछि पञ्चायत निर्वाचनका लागि उम्मेदवारहरु छनोटका लागि नवजोआर कार्यक्रम अन्तर्गत मतदान प्रक्रिया सञ्चालन गरिनेछ।
Read More
नटाबारी विधानसभा क्षेत्रमा अभिषेकको उपस्थितिमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको छ

नटाबारी विधानसभा क्षेत्रमा अभिषेकको उपस्थितिमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको छ

अभिषेक बनर्जीको सार्वजनिक सभा पछि, मंगलबार गोसानीमारी हाई स्कूल मैदान र साहेबगञ्जमा उम्मेदवारको लागि मतदानको क्रममा व्यापक अराजकता भएको थियो। तर बुधवार कुचबिहार उत्तर विधानसभा क्षेत्र, कूचबिहार दक्षिण विधानसभा क्षेत्र र नटाबारी विधानसभा क्षेत्रका जनसभाहरूपछि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। तृणमूलका अखिल भारतीय महासचिव अभिषेक बनर्जीले कुचबिहारबाट जनसम्पर्क यात्रा सुरु गरेका छन्। तिनीहरूको घोषणा गरिएको 'तृणमूल नवजोर' कार्यक्रममा, मानिसहरूले आफ्नो मनपर्ने उम्मेद्वारको नाम कागजको टुक्रामा लेख्नेछन् र मतपेटिकामा छोड्नेछन्। अभिषेक बनर्जीले आगामी पञ्चायत चुनावका लागि उम्मेदवारको निर्णय यही भोटबाट हुने बताए। गोसानिमारी, माथाभाङ्गा र साहेबगञ्जमा यस कार्यक्रममा मतपत्र बुझाउने क्रममा हताहत भएको थियो। तृणमूल कार्यकर्ताले मतपेटिका तोडफोड समेत…
Read More
कालियागञ्जमा बलात्कार-हत्या-काण्डले लियो उग्ररूप, आक्रोशित भीडले खेदाई-खेदाई पुलिसको वर्दी फुकालिदिएर गरे कुटपिट

कालियागञ्जमा बलात्कार-हत्या-काण्डले लियो उग्ररूप, आक्रोशित भीडले खेदाई-खेदाई पुलिसको वर्दी फुकालिदिएर गरे कुटपिट

कालियागञ्जमा पुलिस जवानहरुले क्रोधित भीडको रोषको सामना गर्नु परेको छ। आफ्नो ज्यान जोगाउन पुलिस जवानहरु थानाबाट भागेर करिब ३०० मिटर टाढाको एउटा घरमा शरण लिन पुगे। तर, उन्मादी जनताको आक्रोशबाट उनीहरु उम्कन सकेनन्। आक्रोशित भीडले घरको ढोका भत्काएर भित्र पसे र पुलिस जवानहरुलाई कुटपिट गरे । एक सार्वजनिक भएको भिडियोमा आक्रोशित मानिसहरूले पुलिस कर्मीहरुलाई लाठी र रडले कुटेको दृश्य देखिन्छ। पुलिस कर्मीहरुले बारम्बार माफी माग्दा पनि आक्रोशित जनताले तिनीहरुलाई छाडेनन्। उनीहरुको वर्दी फुकालीदिएर भक्कुमारी कुटपिट गरेको आरोप छ। पुलिस जवानहरुको नाक भाँचिदिएको मुख फुटाईदिएको आरोप छ। उन्मादी भीडको क्रोधबाट त्यस घरको घरधनी पनि अछुतो रहेनन्। ती घरका सदस्यहरुले ज्यान जोगाउन…
Read More
ठाकुरनगर रेलवे गेटमा बिजुलीको तार चुड़िएर झरेपछि यातायात ठप्प

ठाकुरनगर रेलवे गेटमा बिजुलीको तार चुड़िएर झरेपछि यातायात ठप्प

ठाकुरनगर रेलवे गेटमा बिजुलीको तार चुडिएर झरेपछि यातायात ठप्प भयो। जसका कारण सुरक्षाको दृष्टिले सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो। रेल पनि रोकिएको थियो। प्राप्त जानकारी अनुसार, आज बिहान गोरामोडबाट ठाकुरनगर रेलवे गेट पार गर्ने क्रममा एउटा ट्रकको माथिल्लो भागले बिजुलीको तार चुड़ाएको हो। दुर्घटना हुन नदिन रेल गेट तुरुन्तै बन्द गरिएको थियो। जसका कारण सवारी आवागमन ठप्प भयो। रेलवे गेटका दुवैतर्फ एक किलोमिटरभन्दा बढी सवारीसाधनको लामो लाइन लागेको थियो। करिब एक घण्टासम्म यात्रुहरु अलपत्र परेका थिए ।यद्यपि, रेलवे लाइनमा बिजुलीको तार चुडिएर झरेको खबर पाउने बित्तिकै रेलवेकर्मी र सीआरपीएफ घटनास्थल पुगेका थिए। घटनास्थलमा एनजेपी थानाको पुलिस पनि पुग्यो। केही बेर…
Read More
अभिषेक दरबार पुगे बीएसएफको गोलीबाट मारिएका युवाका परिवारजन

अभिषेक दरबार पुगे बीएसएफको गोलीबाट मारिएका युवाका परिवारजन

गितालदहमा बीएसएफको गोली लागेर शहीद भएका राजवंशी युवा प्रेम कुमार बर्मनका परिवारजन अभिषेक बेनर्जीलाई भेट्न आए। युवकका बुवा शिबेन बर्मन र आमा सुखमणि बर्मन मंगलबार बिहान बामनहाट सेन्ट्रल कोलोनीको मैदानमा आए। उनीहरुले आफूहरु अभिषेकलाई भेट्न आएको बताए । उल्लेखनीय छ कि गत २४ डिसेम्बरमा गितालदहमा स्थानीयवासी प्रेमकुमार बर्मनको गोली हानी हत्या भएको थियो।एकातिर बीएसएफले उनी तस्कर भएको दाबी गरेको छ भने अर्कोतिर ती युवा त्यहाँ खेतीपातीको लागि गएका थिए भन्ने स्थानीयवासीहरुको दाबी छ।तृणमूलले सम्पूर्ण मुद्दालाई लिएर अघिबाटै आन्दोलन सुरु गरिसकेको छ। केही दिन अघि अभिषेक बेनर्जीले माथाभाङ्गा क्षेत्रमा प्रेम कुमारका परिवारलाई कानुनी सहयोग गर्ने आश्वासन दिएका थिए ।यही आशामा आज…
Read More
जलपाईगुडी बड़ाबाड़ी स्पोर्ट्स ताइक्वाण्डो एकाडेमीले ४ स्वर्ण सहित १७ पदक जीते

जलपाईगुडी बड़ाबाड़ी स्पोर्ट्स ताइक्वाण्डो एकाडेमीले ४ स्वर्ण सहित १७ पदक जीते

उत्तर बंगाल आमन्त्रित ताइक्वाण्डो च्याम्पियनशिप अप्रिल १४ देखि १६ सम्म सिलगढी ताइक्वाण्डो एसोसिएशन जेनेसिस एकाडेमीमा आयोजित गरिएको थियो।उक्त प्रतियोगितामा कलकत्ता र सिक्किम राज्यका टोलीहरू लगायत उत्तर बङ्गालका सबै जिल्लाका विभिन्न उमेर समूहका ताइक्वाण्डो खेलाड़ीहरूले भाग लिएका थिए।यस प्रतियोगितामा जलपाईगुडी बडाबाडी स्पोर्ट्स ताइक्वाण्डो एकाडेमीले पनि भाग लिएको थियो। यस सन्दर्भमा एकाडेमीका महिला प्रशिक्षक टिना दासले भनिन, हामीले १५ किरोगी र ३ पुम्सले क्याटागोरीमा सहभागिता जनाएका थियौं, जसमध्ये ४ स्वर्ण ७ रजत र ६ कास्यसहित १७ पदक ल्याउन सफल भएका छौँ। यस जीतलाई अविस्मरणीय बनाउन र खेलाडीहरूलाई थप हौसला प्रदान गर्न हामीले विजेताहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरेका छौं। भविष्यमा स्वर्ण मात्र…
Read More
पञ्चायत चुनाव अघि अभिषेक ब्यानर्जी तीन दिने भ्रमणमा आज कुचबिहार पुग्दै,तयारी युद्धस्तरमा

पञ्चायत चुनाव अघि अभिषेक ब्यानर्जी तीन दिने भ्रमणमा आज कुचबिहार पुग्दै,तयारी युद्धस्तरमा

पञ्चायत चुनावभन्दा अगाड़ी अभिषेक ब्यानर्जी तीन दिवसीय भ्रमणमा आज बेलुकी कुचबिहार आइरहेका छन्। यसको निम्ति साहेबगंज,गोसानीमारी र शीतलकुचीमा सभा मञ्च बनाउने काम जोर शोरले चलिरहेको छ।तृणमूल सांसद अभिषेक ब्यानर्जीको भ्रमणलाई लिएर यहाँ भब्य तैयारी भइरहेको छ। तूफानगंज,दिनहाटा र माथाभांगामा टेन्टको ब्यवस्था गरिएको छ। उनले भ्रमणको क्रममा त्यहीँ रात बिताउने छन्। जानकारी अनुसार,अभिषेक ब्यानर्जी कुचबिहार एबीएन शील कलेज मैदानमा हेलीकप्टरबाट ओर्लने छन्। त्यहाँबाट उनी पूजा-अर्चना गर्न मदन मोहन मन्दिर जाने छन्।पूजा-अर्चना गरिसके पछि सिधै उनी दिनहाटातर्फ प्रस्थान गर्ने छन्।पञ्चायत चुनाव अघि अभिषेक ब्यानर्जीको यो महत्वपूर्ण कुचबिहार भ्रमण हो। यहाँ उनको तीन दिनको कार्यक्रम तय भएको छ।उनी २६ अप्रेलसम्म यहाँ रहने छन्।…
Read More