17
Aug
जलपाईगुडीमा पार्टी कार्यालय कब्जा र एसएफआई कार्यकर्तामाथि हमला तृणमूल कांग्रेस द्वारा पूर्व नियोजित थियो। दार्जिलिङ जिल्ला सीपीआईएम नेतृत्वले सिलगढीमा पत्रकार सम्मेलन गरी उक्त दाबी गरेको हो। उनले प्रहरीले पूर्वाग्रही रहेको आरोप समेत लगाए। बिहीबार दार्जिलिङ जिल्ला सीपीआईएमको पार्टी कार्यालय अनिल विश्वास भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा सीपीआईएम प्रदेश सचिव अशोक भट्टाचार्य, प्रदेश कमिटी सदस्य जीवेश सरकार, दार्जिलिङ जिल्ला सीपीआईएम सचिव समन पाठक उपस्थित थिए। उल्लेखनीय छ कि बुधवार राती जलपाईगुडीमा एसएफआई र तृणमूल छात्र परिषद बीच झडप भएको थियो। त्यो घटनामा धेरै SFI, CPIM कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो। यद्यपि, जीवेश सरकारले गुनासो गरे कि तृणमूल कांग्रेसले…
