01
Aug
कुच बिहार (न्यूज एशिया) राज्यका मुख्यमन्त्री ममता बनर्जीले पार्टीका नेताहरूलाई जनसम्पर्क अभियान बढाउन, जनतामाझ गएर समस्या सुने र समाधानका लागि काम गर्न निर्देशन दिएकी छन्। पार्टी अध्यक्षको निर्देशनपछि सबै नेताहरुले यो काम गर्न थालेका छन् । यही शृङ्खलामा कुचबिहारका वरिष्ठ नेता तथा तृणमूल कांग्रेसका पार्टी प्रवक्ता पार्थ प्रतिमा राई आज बिहान साइकलमा जनसम्पर्क अभियान गरिरहेको देखियो । उनी बिहान ९ बजे साइकलमा वडा नम्बर ९ मा निस्किएर जनतासँग कुरा गरे । सो क्रममा उनले जनताका समस्या सुने र समाधान गर्ने आश्वासन पनि दिए । पार्थ प्रतिमा राईले साइकलमा निस्कनुको पछाडि धेरै कारण रहेको बताइन्, जसमध्ये एउटा कारण भनेको मानिसहरुसँग सम्पर्कमा…
