05
Sep
पश्चिम बंगालमा निकै भव्य रूपमा मनाइने दुर्गापूजा वा नवरात्र महोत्सवको तयारी शुरू गरिएको छ । कोलकाताका दुर्गा प्रजा मण्डलहरूमा देवी प्रतिमासँगै मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीको पनि प्रतिमा राखिने भएको छ । भारतीय जनता पार्टीले यसमा आपत्ति जनाउँदै यसबाट हिन्दूहरूको भावनालाई अपमान भएको आरोप लगाएको छ। प्रख्यात मूर्तिकार मिन्टू पालले कुमारटूलीमा रहेको आफ्नो स्टुडियोमा फाइबरग्लासको प्रतिमा बनाएका छन्। त्यसमा ममता बनर्जीले मन पराउने सेतो सारी र चप्पल लगाएको देवीरूपी प्रतिमा बनाइएको छ ।उनले ममता देवीको हातमा शस्त्रको साटो योजनाहरूलाई दर्शाउने बताएका छन् । कन्याश्री, स्वस्थ साथी, रूपाश्री, सबुजसाथी, लक्ष्मीर भण्डार र अन्य यसबाट झल्किने उनको भनाइ छ। दुर्गा…
