West Bengal

भवानीपुरलगायत तीन आसनमा शान्तिपूर्ण मतदान आइतवार मतगणना

भवानीपुरलगायत तीन आसनमा शान्तिपूर्ण मतदान आइतवार मतगणना

कलकत्ताको हाई प्रोफाइल भवानीपुरलगायत मुर्शिदाबादका • जङ्गीपुर र शमशेरगञ्ज विधानसभा आसनका उपचुनाउको निम्ति बिहीवार शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । प्राप्त आँकड़ाअनुसार भवानीपुरमा ५३.३२ प्रतिशत अनि जङ्गीपुर र शमशेरगञ्जमा क्रमशः ७६.१२र७८.६० प्रतिशत मतदान भएको छ । भवानीपुर विधानसभा आसनबाट मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जी उम्मेद्वार छिन् । तिनको प्रतिद्वन्द्विता भाजपा उम्मेद्वार प्रियङ्का टिबड़ेवालसँग छ । तीनै विधानसभा केन्द्रका विभिन्न मतदान केन्द्रमा बेलुकी ६.३० बजीपछि पनि मतदाताहरू लाइनमा उभिएका थिए । यी तीनै विधानसभा केन्द्रको उपचुनाउको मतगणना १३ अक्टोबरमा हुनेछ भवानीपुरमा मतदान अन्य दुई आसनको तुलनामा कम्ती रह्यो । राज्यमा केही महीनाअघि भएको विधानसभा चुनाउमा भवानीपुर आसनमा ६९.७९ प्रतिशत…
Read More
सेभोकको बाघपुलमा विकल्प सेतु निर्माणबारे भाजपा सांसदले झूटो प्रचार गरेको आरोप

सेभोकको बाघपुलमा विकल्प सेतु निर्माणबारे भाजपा सांसदले झूटो प्रचार गरेको आरोप

सेभोकमा बाघपुलको विकल्प सेतु निर्माणबारे भारतीय जनता पार्टीले झूटो प्रचार गरिरहेको आरोप लगाइएको छ। डुवर्स फोरम फर सोसाइटीले सेभोकमा टिस्टा नदीमाथि बाघपुलको विकल्प सेतु निर्माणको माग विगत धेरै दिनदेखि गर्दै आइरहेको छ। सोसाइटीका पक्षमा चन्दन रायले सिलगढ़ीको जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा बाघपुलको विकल्प सेतु निर्माणबारे भाजपाले झूटो प्रचार गरिरहेको आरोप लगाएका हुन् । तिनले नाउँ उल्लेख नगरी दार्जीलिङका भाजपा सांसद राजु विष्ट विरुद्ध यस्तो आरोप लगाएका हुन्। तिनले भने सामाजिक सञ्जाललगायत विभिन्न मीडियामा भाजपाका एकजना जनप्रतिनिधिले सेभोकको कोरोनेशन ब्रजको विकल्प सेतु निर्माणको निम्ति केन्द्र सरकारले एक हजार करोड़ रुपियाँ आवण्टित गरेको दावी गरिरहेका छन् जुन झूटो हो । भाजपाका…
Read More
मसँग डाह गरेर अनुमति नदिइएको हो : मुख्यमन्त्री

मसँग डाह गरेर अनुमति नदिइएको हो : मुख्यमन्त्री

विदेश मन्त्रालयले मुख्यमन्त्री ममता ब्यानर्जीलाई रोम जाने अनुमति दिएन यसले ममता अनि तृणमूल नेताहरू क्षुब्ध भएका छन् । एउटा गैर सरकारी संगठनको निमन्त्रणमा ममताको ६ अक्टोबर रोम जाने कार्यक्रम थियो विदेश मन्त्रालयका संयुक्त सचिवले शनिवार बंगालको राज्य सचिवालय नवान्न लाई पत्र पठाएर अनुमति नदिइएको जानकारी दिए । यद्यपि कुन कारणले • तिनलाई रोम जाने अनुमति नदिएको भन्ने कुराको खुलासा भएको छैन। रोममा १६ अनि ७ अक्टोबर दुइ दिवसीय अन्तरराष्ट्रिय सम्मेलन आयोजन गरिएको छ, जसमा पोप अनि जर्मनीकी चान्सलर एजेला मर्केललाई पनि आमन्त्रित गरिएको छ। - केन्द्र सरकारले रोम जाने अनुमति नदिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी क्षुब्ध भइन् केन्द्रको नरेन्द्र मोदी…
Read More
लायन्स क्लबमा कोभिड भ्याक्सिन ६५० मा

लायन्स क्लबमा कोभिड भ्याक्सिन ६५० मा

लायन्स क्लब अव् सिलगढ़ीद्वारा सञ्चालित लायन्स नेत्रालयमा २३ सेप्टेम्बरदेखि कोभिड भ्याक्सिन कोभिशिल्डको मूल्य ७५० रुपियाँदेखि घटाएर ६५० रुपियाँ गरिदिएको छ। हिलकार्ट रोड महानन्दा ब्रीजस्थित लायन्स नेत्रालयमा पत्रकार सम्मेलनलाई उक्त जानकारी दिँदै नेत्रालय भ्याक्सिनेशन चीफ र आरसी जयन्त साहाले बताए, नेत्रालयले अहिलेसम्म २० हजारभन्दा ज्यादा भ्याक्सिन डोज दिइसकेका छन् साथै जनसाधारणसमक्ष भ्याक्सिन पुयाउने सेवाको निम्ति मूल्यमा कटौती गरेको हो लायन्स नेत्रालयले सदैव सेवाका निम्ति आफ्नो भूमिका निभाएका छन् साथै अहिले भ्याक्सिनेशन कार्यक्रमतिर अग्रिम भूमिकाको परिचय दिँदै अघि बढिरहेका छन्। यस उपरान्त भ्याक्सिनेशन कम्यापको माध्यमबाट पनि सामाजिक संस्थाहरूले भ्याक्सिनेशन अभियान दिइरहेका छन् त्यसको निम्ति लायन्स नेत्रालयले प्रति डोजको ६ सय लिने गर्छ…
Read More
भारत को सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता

भारत को सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता

'मिस्टर, मिस एण्ड मिसेज बेंगाल इन्डिया' को ग्रान्ड फिनाले २४ सेप्टेम्बरमा सिलीगुडीमा हुने छ। यो भारत को एक अग्रणी सौन्दर्य प्रतियोगिता हो। यो सम्राट राजपूत द्वारा थालिएको एक परियोजना हो, जो मिस्टर, मिस एण्ड मिसेज बेंगाल इन्डिया र एसआर मॉडलिङ्ग स्टुडियोको अध्यक्ष हुनुहुन्छ। मिस्टर, मिस एण्ड मिसेज बेंगाल इन्डिया प्रोजेक्ट को सह-अध्यक्ष मिस रेशमी देवकोटा हुन्। कार्यक्रम मिथुन साहा द्वारा क्राफ्ट गरीएको छ र संदीप रियलस्टेट लिमिटेड द्वारा संचालित गरीएको छ। यो यहाँ उल्लेख गर्न सकिन्छ कि मिस्टर, मिस र एण्ड मिसेज बेंगाल इन्डियाको सफलतापूर्वक सिजन पूरा भएको छ। र यो सिजन २ को अन्त्यमा आएको छ। यस मेगा कार्यक्रम…
Read More
वन विभागबाट एनओसी प्राप्त भएपछि शुरू हुने

वन विभागबाट एनओसी प्राप्त भएपछि शुरू हुने

केन्द्र सरकारले सेभोकको कोरोसेशन ब्रिजको विकल्प पुल बनाउने निणर्य लिएको छ । उक्त विषयमा जलपाइगढीका सांसद जयन्त रोयले भने, फिजिबिलिटी पुल अध्ययन निर्माणको अनि डिटेल्ड प्रोजेक्ट रिपोर्ट सिद्धिसकेको छ, वन विभागबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त भएपछि पुल निर्माण कार्य शुरू हुनेछ । तिनले उक्त पुल १८ देखि २४ महीनाभित्र निर्माण भइसक्ने पनि बताए । यो समयको माग हो, मालबजारदेखि गान्तोकसम्मको नयाँ सड़क ओदलाबारीबाट निर्माण भयो, अब यो दोस्रो पुलले क्षेत्रको पूर्वाधारहरूमा वृद्धि ल्याउने छ, ओदलाबारी साइन्स एण्ड नेचर- का सुजित दासले भने । उल्लेखनीय छ, केन्द्र सरकारले १ हजार करोड़ रुपियाँ टिस्टामाथि दोस्रो पुल निर्माण गर्नका लागि आवण्टन गरेको छ,…
Read More
सिलगढीमा स्वास्थ्य विभागको प्रतिनिधि दल शिशु विभागमा बेड संख्या बढ़ाइयो

सिलगढीमा स्वास्थ्य विभागको प्रतिनिधि दल शिशु विभागमा बेड संख्या बढ़ाइयो

ज्वरो, सर्दी र खोकीले आक्रान्त नानीहरूको संख्या बढिरहे पनि सिलगढ़ीमा परिस्थिति नियन्त्रणमा छ यो संक्रमणले व्यापक आकार लिए त्यसको सामना गर्नसक्ने पूर्वाधार उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा छ। त्यसैले अभिभावकहरू अनावश्यक आतंकित हुनुपर्ने कुनै कारण छैन । स्वास्थ्य विभागको उत्तर बंगालका ओएसडी डा. सुशान्त राय र कलकत्ताबाट आएका डाक्टरहरूको एउटा विशेषज्ञ दलले शुक्रवार कुरा जनाए । उत्तर बंगालमा ज्वरो, सर्दी र खोकीले आक्रान्त शिशुहरूको बढ्दो संख्याले उत्पन्न परिस्थितिको निरीक्षण गर्न कलकत्ताबाट स्वास्थ्य विभागका पाँच सदस्यीय प्रतिनिधि दल शुक्रवार सिलगढ़ी आइपुगे । उक्त दलका सदस्यहरूले उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा बैठक गरे। बैठकपछि तिनीहरूले मेडिकल कलेज र सिलगढ़ी जिल्ला…
Read More
सिलगढ़ीमा जाम समस्याको समाधान गर्न महानन्दा नदीमाथि छैटौं सेतुको प्रस्ताव

सिलगढ़ीमा जाम समस्याको समाधान गर्न महानन्दा नदीमाथि छैटौं सेतुको प्रस्ताव

सिलगढ़ीमा वाहनहरूको जाम समस्याको समाधान गर्ने उद्देश्यले सेभोक रोड र हिलकार्ट रोडलाई जोड्न महानन्दा नदीमाथि छैटौं सेतु निर्माण गर्ने प्रस्ताव राज्य सरकारसमक्ष पठाइएको छ । सिलगढ़ी नगरनिगमले यस्तो प्रस्ताव पठाएको हो । नगरनिगमको ४४ नम्बर वार्ड अन्तर्गत पायल सिनेमा हल छेउबाट गएको मार्गलाई प्रस्तावित सेतुले प्रधाननगर हुँदै हिलकार्ट रोडसँग जोड्नेछ । राइसमार्फत प्रस्तावित सेतुको समीक्षा कार्य गरिएको अनि आउँदो अढ़ाई महीनाभित्र अन्तिम समीक्षा रिपोर्ट आउने जनाइएको छ। सिलगढ़ी नगरनिगमको प्रशासक पर्षदका चेयरम्यान गौतम देवले यस्तो कुरा जनाए । शनिवार सिलगढ़ी नगरनिगमको प्रशासक पर्षदको बोर्ड सभा भयो । बोर्ड सभामा प्रशासक पर्षदका सबै सदस्यहरू उपस्थित थिए । पछि पत्रकारहरूलाई सम्बोधन गर्दै…
Read More
भवानीपुर विधानसभा आसनमा उपचुनाउ ममता ब्यानर्जीले नामाङ्कन बुझाइन्

भवानीपुर विधानसभा आसनमा उपचुनाउ ममता ब्यानर्जीले नामाङ्कन बुझाइन्

राज्यकी मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले भवानीपुर विधानसभा आसनबाट उपचुनाउमा प्रतिद्वन्द्विता गर्नको निम्ति शुक्रवार गणेश चर्तुर्थीको दिन नामाङ्कन पत्र भरेकी छन् । शुक्रवार अलिपुरको सर्भे बिल्डिङमा पुगेर ममता ब्यानर्जीले भवानीपुर आसनबाट तृणमूल कङ्ग्रेस उम्मेदवारको रूपमा नामाङ्कन पत्र बुझाएकी हुन्। ममता ब्यानर्जी सर्भे बिल्डिङमा पस्ने क्रममा तिनका प्रस्तावकको रूपमा अभिनेत्री कोयल मल्लिकका पति तथा प्रायोजक निसपाल सिंह राणेलाई पनि देखियो । बितेको बुधवार तृणमूल कङ्ग्रेसको कर्मीसभा मञ्चबाट तृणमूल कङ्ग्रेसले गणेश चतुर्थीको दिन नामाङ्कन पत्र बुझाउने घोषणा गरेको थियो। ममता ब्यानर्जीको प्रस्तावकको रूपमा निसपाल सिंह राणेबाहेक पनि फिरहाद हाकिमकी पत्नी इसमत हाकिम उपस्थित थिइन् । यसबाहेक अन्य दुई प्रस्तावक पार्टीका…
Read More
पिञ्जड़ामा फस्यो चितुवा

पिञ्जड़ामा फस्यो चितुवा

गत केही दिनदेखि बानरहाट खण्डको गेन्द्रापाडा चियाबारीको सेक्सन नम्बर १ म्यानेजर कोठीको छेवैमा चितुवा देखिएको थियो जसले गर्दा स्थानीय श्रमिकहरु आतङ्कित 7 बनेका थिए । चियाबारी प्रबन्धकपक्षद्वारा पिञ्जडा लगाइदिने अनुरोध बन बिभागलाई गरेका थिए । बन बिभागको तर्फबाट पिञ्जडा लगाइएको थियो । पिञ्जडामा चितुवा फसाउनको निम्ति एउटा बाख्रा पनि राखिएको थियो । अन्तत हिज राति लगभग ११:३० बजी चियाबारीका चौकिदारले पिञ्जडा राखिएको ठाउँमा चितुवाको गर्जन सुनेर चियाबारीका श्रमिक कल्याण अधिकारी विसुदासलाई खबर दिएका थिए । खबर पाउनसाथ प्रबन्धकहरू उक्त पिञ्जडा राखिएको सेक्सन नम्बर २०-२१ मा आएर हेर्दा पिञ्जडामा चितुवा फसेको देखेका थिए । हत्तपत्त बनबिभागलाई यसको जानकारी गराए पश्चात् रातिनै…
Read More