15
Nov
आंगनवाडी केन्द्रमा बालबालिकालाई दिइने खिचडीमा बासी चामल मिसाउँदा कयौं बालबालिका बिरामी परेका छन् । घटनापछि आक्रोशित अभिभावकले आंगनवाडी केन्द्रमा खिचडी फालेर विरोध प्रदर्शन गरेका छन् । मालदाको हरिश्चन्द्रपुर–१ ब्लकको पश्चिम बागमारा गाउँमा सोमबार भएको यो घटनाले सनसनी फैलाएको छ । घटनालाई लिएर अभिभावकले आंगनवाडी कार्यकर्ता नसरीन बेगमविरुद्ध नाराबाजी गरेका थिए । पश्चिम बागमारा गाउँमा रहेको आङ्गनवाडी केन्द्रमा बालबालिकालाई पोषणयुक्त खाना नियमित नदिएको गाउँलेको आरोप छ । आंगनवाडी केन्द्रबाट उपलब्ध गराइने खाद्यान्न उपभोगका लागि उपयुक्त छैन । खिचडीमा पन्त भात मिसाइन्छ । यो खाएपछि बालबालिका बिरामी पर्न थालेका छन् । सरकारी निर्देशनअनुसार बालबालिकालाई हप्ताको तीन दिन पुरै अण्डा र हप्ताको तीन…
