North Bengal

कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइयो

कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइयो

दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मलाकरलाई हटाइएको छ। बुधवार प्रेस विज्ञप्तिमार्फत कङ्ग्रेसले शङ्कर मालाकरलाई सबै पदबाट हटाइएको जानकारी दिएको हो। मालाकरको स्थानमा अस्थायी रूपमा सुबीन भौमिक, अलकेश चक्रवर्तीलगायत अन्य चार नेताले जिम्मावारी सम्हाल्नेछन्।आज कङ्ग्रेसले दार्जीलिङ जिल्लाका प्रभावशाली कङ्ग्रेस नेता शङ्कर मलाकरलाई हटाउने विषयमा जारी गरिएको प्रेस विज्ञप्तिमा स्पष्ट रूपमा लेखिएको छ दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइएको छ। साथै दार्जीलिङ जिल्लाका दैनिक कार्यहरू हेर्नका लागि एउटा समिति गठन गरिएको छ। भारतीय राष्ट्रिय कङ्ग्रेस समितिबाट नयाँ कुनै निर्देशन नआएसम्म नयाँ समितिले नै दार्जीलिङ जिल्लामा कङ्ग्रेसका सबै कामकाज सञ्चालन गर्नेछ।वर्तमान अवस्थामा…
Read More
डोरी बाँधेर रेल पुलबाट नदीमा हाम फाल्दा 11 लाई जरिमाना

डोरी बाँधेर रेल पुलबाट नदीमा हाम फाल्दा 11 लाई जरिमाना

बग्दै आइरहेको काठ सङ्कलन गर्न ज्यानको जोखिम उठाएर धेरैजना टिस्टा नदीमा हाम फाल्न थालेका छन्। कोही त डोरीले कम्मरमा बाँधेर रेलको पुलबाट बगिरहेको नदीमा नै पस्छन्। जलपाइगढ़ीको टिस्टा किनारमा बसोवास गर्ने केही वासिन्दाहरूले यस्तो जोखिमपूर्ण कार्य गरिरहेका छन्। यसकारण रेलवे सुरक्षा बल (आरपीएफ) र सरकारी रेलवे पुलिस (जीआरपी) ले एघाह्रजनालाई जरिमाना गरेका छन्। आरपीएफअनुसार, रेलको पुल प्रयोग गरेर काठ सङ्कलन गर्ने क्रममा जुन सुकै बेला ठूलो दुर्घटना हुन सक्छ। त्यसैले यस्तो कार्य रोक्न जरिमाना गरिएको हो। त्यससितै पुलमा निगरानी पनि बढ़ाइएको छ।नदीमा बग्दै आइरहेको काठ सङ्कलन गर्न यहाँको नयाँ अभ्यास होइन। टिस्टा किनारका वासिन्दाहरूले यी काठहरू खाना पकाउन इन्धनको रूपमा…
Read More
बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

एक समय थियो जब चराको चिरबिर र वन्यजन्तुको आवाजले कुञ्जनगरका वासिन्दाहरूको निद्रा खुल्थ्यो। तर अहिले गाउँलेहरू ट्र्याक्टरको गर्जनले ब्युझिन्छन्। बिहान उठ्न साथ हेर्दा सड़कभरि बालुवा र ढुङ्गा छरिएको हुन्छ। अहिले कुञ्जनगरको बुढ़ी तोर्षा नदी खनेर बग्रेल्तै बालुवा–ढुङ्गा तस्करी भइरहेको छ। यद्यपि फालाकाटामा कुनै पनि नदीबाट बालुवा वा ढुङ्गा उठाउने रोयल्टी नरहेको भू–विभागले जानकारी दिएको छ। त्यसो भए बुढ़ी तोर्षामा के भइरहेको छ? प्रशासनका अधिकारीहरूसित यसको कुनै जवाब छैन। बुढ़ी तोर्षा नदीबाट बालुवा–ढुङ्गा निकाल्दा पर्यावरणीय सन्तुलनमाथि गम्भीर प्रभाव परेको धारणा पर्यावरणविद्हरूको छ। यहाँसम्म कि वन विभागका धेरै अधिकारीहरूले पनि यसलाई स्वीकार गरेका छन्। अहिले नै ठूलो परिमाणमा बालुवा–ढुङ्गा उठाउँदा नदी कटान…
Read More
खेतीपातीमा रम्दै चित्रे बस्ती

खेतीपातीमा रम्दै चित्रे बस्ती

भारत नेपाल सीमामा रहेको सिमाना बजारदेखि लगभग एक किलोमिटर दूरीमा रहेको नेपालको चित्रे बस्ती खेतीका लागि प्रसिद्ध छ। यहाँका लगभग पैँतालीस परिवार खेतीपाती, पशुपालनमा निर्भर छन् भने यहाँका मुख्य आय स्रोत नै खेतीपाती र पशुपालन हो। भौगोलिक दृष्टिकोणले कृषिका लागि उपयुक्त मानिने चित्रे बस्तीमा सबैभन्दा धेरै मूला, कोपी, धनिया, गाजर, सिमरायो, ,रायो साग, मटर, आलु जस्ता साग-सब्जी उत्पादन गरिन्छ। यहाँ उत्पादित अधिकांश साग-सब्जी भारतीय बजारमा नै बिक्री गरिने स्थानीय कृषक किशोर खड़काले बताए। तिनले भने, चित्रे बस्ती भारत नेपाल सीमामा रहेको एउटा कृषि योग्य भूमि हो। यहाँका मानिसहरूको मूख्य आयको स्रोत नै खेतीपाती हो। गाईको मलमा रोपिने यहाँको साग सब्जीको…
Read More
डम्पर मालिकहरूद्वारा क्षमा याचना

डम्पर मालिकहरूद्वारा क्षमा याचना

शनिवार राति मालबजारमा सर्वसाधारणदेखि पत्रकारमाथि भएको आक्रमणको घटनापछि दबाउमा परेर डम्पर मालिकहरूले माफी मागेका छन्। सोमवार मटेलीस्थित एक रेस्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै उक्त घटनाका लागि डम्पर मालिकहरूले क्षमायाचना गरेका छन्। भविष्यमा पत्रकारहरूमाथि यस्तो दुर्व्यवहार नहुने तिनीहरूले आश्वासन पनि दिएका छन्। उत्तरबङ्ग संवादका पत्रकार अभिषेक घोष अनि अर्का पत्रकार अनिल छेत्रीको नाममा गरिएको प्राथमिकी फिर्ता लिन पुलिससित तिनीहरूले छलफल गरेका छन्। शनिवार रातिको घटनामा डम्पर मालिकहरूको तर्फबाट दर्ता गरिएको प्राथमिकीको आधारमा जसलाई पक्राउ गरिएको छ तिनीहरूको मामिला पनि आपसी समझदारीबाट मिलाउने सङ्केत दिइएको छ। शनिवार रातिको आक्रमणको घटनामा दर्ता प्राथमिकीको आधारमा डम्पर मालिक मोहम्मद रसुल सरकारलाई पक्राउ गरिए पनि आइतवार जलपाइगढ़ी…
Read More
103 अमृत भारत स्टेशनमध्ये उत्तर बङ्गालको एउटै परेन

103 अमृत भारत स्टेशनमध्ये उत्तर बङ्गालको एउटै परेन

बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न स्थानका 103 वटा अमृत भारत रेल परियोजनाअन्तर्गत स्टेशनहरूको उद्घाटन गरे। तीमध्ये दक्षिण बङ्गालका तीनवटा र आसामको एउटा स्टेशन परे पनि उत्तर बङ्गालको कुनै पनि स्टेशन परेका छैन। उद्घाटन भएका ती स्टेशनहरूसितै लगभग एकै समयमा अलिपुरद्वार डिभिजनका 15 स्टेशनमा पनि कार्य आरम्भ भएको थियो। प्राप्त जानकारीअनुसार, उत्तरबङ्गका ती स्टेशनहरूमा कार्यको गति निकै सुस्त छ। विभिन्न कारणले यी स्टेशनहरूको आधुनिकीकरणको कार्य सुस्त गतिमा भइरहेको आरोप छ।त्यसैले बिहीवार उद्घाटन गरिएका सूचीमा उत्तर बङ्गालको कुनै पनि स्टेशन परेन। अर्को हप्ता प्रधानमन्त्री नरेन्द्र मोदी अलिपुरद्वार आउने छन्। तर यति धेरै स्टेशनहरूको उद्घाटन गरिँदा अलिपुरद्वार डिभिजनको एउटै स्टेशन नपर्दा विवाद…
Read More
हात्तीको आक्रमणमा दुई युवकको मृत्यु

हात्तीको आक्रमणमा दुई युवकको मृत्यु

राजगञ्ज ब्लकको मानतादरी ग्राम पञ्चायतअन्तर्गत टाकीमारी गाउँको धाड़िया नदी किनारमा हात्तीको आक्रमणमा दुई युवकको मृत्यु भएको छ। बिहीवार बिहान स्थानीय कार्यक्रमबाट घर फर्किरहेका छजना व्यक्तिहरूको जङ्गली हात्तीसित जम्काभेट हुँदा यस्तो घटना भएको हो। घटनामा चारजना भाग्न सफल भए पनि दुई युवक तुषार दास र नारायण दास त्यति भाग्यमानी थिएनन्। हात्तीको आक्रमणमा यी दुईको घटनास्थलमै मृत्यु भयो। यस घटनाले जनआक्रोश बढ़ाएको छ। स्थानीयहरूले वन विभागले समयमै सावधानी अपनाउन नसकेको आरोप लगाएका छन्। उतिहरूले केही दिनअघि मात्र त्यही क्षेत्रमा हात्तीको आक्रमणमा राजेश उराँव नामक एक व्यक्तिको पनि ज्यान गएको बताए।जानकारी पाएपछि भोरेर आलो पुलिस चौकी र गजलडोबा चौकीका पुलिस घटनास्थल पुग्यो। त्यसपछि…
Read More
हटेन पानीघट्टाबाट मैलाको थुप्रो

हटेन पानीघट्टाबाट मैलाको थुप्रो

कहिले सफा हुने पानीघट्टा बजारनजिक मैलाको थुप्रो। पानीघट्टा बजार गोलाई छेउमा रहेको सार्वजनिक शौचालयको मुनि वर्षौदेखि मैला थुप्रिएको छ। यस स्थानमा धेरै मैला थुप्रिएकाले घाम लागेको समय दुर्गन्ध फैलिने गर्दछ। विशेष गरेर मैलाको थुप्रो छेउबाट नै पानीघट्टा फरेष्ट र जेएफएमसीले निर्माण गरेको बालासन खोला छेउमा रहेको पिकनिक स्पट जाने बाटो छ। उक्त बाटो भएर धेरै मानिसहरू टाढ़ा टाढ़ाबाट पिकनिक स्पट जाने गर्दछन्। यद्यपि कसैले पनि मैलाको थुप्रोमाथि ध्यान लगाएको छैन। धेरै मैला थुप्रिएको कारण शौचालय जान पनि मानिसहरू हिचकिचाउँछन्। अहिले प्रत्येक गाउँ बस्ती बजारमा ग्राम पञ्चायत सदस्यहरू छन् साथै पञ्चायत प्रधानहरू पनि छन्। धेरै पञ्चायत सदस्यहरूले आफ्नो क्षेत्रमा सरसफाई अभियान…
Read More
निःशुल्क स्वास्थ्य जाँच शिविर गरिने

निःशुल्क स्वास्थ्य जाँच शिविर गरिने

सौरेनी जनकल्याण फाउण्डेशनले आगामी आइतवार सौरेनी बस्ती घुमाउने टारमा एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गर्ने भएको छ। फाउण्डेशनका अध्यक्ष सम्झना राईले जानकारी गराएअनुसार त्यस शिविरमा नसा रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन र दन्त चिकित्सक लगायत विभिन्न विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन्।यस क्षेत्रका सम्पूर्ण गाउँवासीहरूलाई त्यस निःशुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ उठाउन संस्थाले हार्दिक अनुरोध गरेको छ। आफ्नो घरनजिक सम्पन्न हुने शिविरबाट स्वास्थ्य सेवाको लाभ लिन सबैलाई आग्रह गरिएको छ।
Read More
उत्तर बङ्गालमा मनसून चाँड़ै प्रवेश गर्ने!

उत्तर बङ्गालमा मनसून चाँड़ै प्रवेश गर्ने!

रातिको वृष्टि बिहानसम्म रहनेछ। त्यसपछि घाम चम्किनेछ। तर दिउँसो फेरि आकाशमा बादल देखिनेछ। फलस्वरूप तापक्रम व्यावहारिक रूपले नियन्त्रणमा रहन्छ। यो मौसम अलिअलि उत्तरी प्री-मनसून सिजन कालवैशाखी जस्तै छ। त्यसो भए के हिमालयको छेउमा रहेको उत्तर बङ्गालमा मनसून चाँड़ै प्रवेश गर्दैछ? 9 दिनअघि मंगलबार दक्षिण-पश्चिमी मनसून अन्दमान र निकोबरमा प्रवेश गरेपछि यो सम्भावना अझ बलियो भएको छ। केरलामा मनसून 1 जूनको साटो 27 मईमा आरम्भ हुने मौसम विभागले स्पष्ट रूपमा सङ्केत गरेको छ। फलस्वरूप उत्तर बङ्गालले मनसूनका लागि लामो समय कुर्नु नपर्ने स्पष्ट छ। यद्यपि अहिले नै मालदा-दक्षिण दिनाजपुरमा राम्रो समय आइहाल्ने छैन। मूलतः मालदा र दक्षिण दिनाजपुरमा अझै केही दिन…
Read More