North Bengal

सिमाना भ्यू पोइण्टमा पर्यटकहरूको आगमनमा वृद्धि

सिमाना भ्यू पोइण्टमा पर्यटकहरूको आगमनमा वृद्धि

पहाड़मा पर्यटन मौसम आरम्भ भइसकेको छ। पर्यटकहरूको आगमनमा व्यापक रूपमा वृद्धि भएर गएको देखिन्छ। सुकेपोखरीअन्तर्गत भारत नेपाल सीमावर्ती क्षेत्रमा अवस्थित गोलीटार भ्यू पोइण्ट सिमाना बजारमा पर्यटकहरूको आगमन यसपालि धेरै भइरहेको एलटी शेर्पाले बताए। शेर्पाअनुसार सिमानाको एकमात्र पर्यटन केन्द्र गोलीटारमा प्रत्येक दिन सयभन्दा अधिक पर्यटकहरू आइरहेका छन् जसको कारण खुद्रा व्यापारीहरूको आय पनि वृद्धि भएर गएको छ। प्राकृतिक सम्पदाहरूले भरिभराउ गोलीटार स्थानीय बेरोजगारहरूको निम्ति वरदान बनेको शेर्पाले बताए। बाहिबाट हेर्दा साधारण देखिने गोलीटार भ्यू पोइण्टबाट कञ्चनजङ्गा, चित्रे गुम्बा, मानेभञ्ज्याङ बजार, सन्दकफू, फालुटसितै नेपालको इलाम, सोमवारे आदि स्थानहरूको रमणीय दृश्य अवलोकन गर्न सकिने तिनले बताए। यहाँबाट देखिने प्राकृतिक मनोरम दृश्यहरूबाट आनन्द उठाउन…
Read More
चियाबारीबाट चितुवाको शव उद्धार

चियाबारीबाट चितुवाको शव उद्धार

चियाबारीबाट एउटा चितुवाको शव फेला परेको छ। यस घटनापछि खोरीबारीको बतासी क्षेत्रमा ठूलो हलचल मच्चिएको छ। बिहीवार बिहान बतासीको पान्ताबारीस्थित एउटा निजी चियाबारीमा चिया पत्ती टिप्ने क्रममा श्रमिकहरूले मृत चितुवा देखेका हुन्। प्राप्त जानकारीअनुसार 10-12 जना श्रमिकरू चिया पत्ती टिपिरहेका थिए। पहिले चितुवाको पुच्छर देखेपछि तिनीहरू आतङ्कित भए। त्यसपछि तिनीहरूले कुहिएको अवस्थामा रहेको चितुवाको शव फेला पारे। तुरन्तै घटनास्थलमा ठूलो सङ्ख्यामा जिज्ञासु मानिसहरूको भीड़ भेला भयो। साथै वन विभागलाई पनि त्यसबारे खबर गरियो।टुकुरियाझार वन विभागका कर्मचारीहरू घटनास्थलमा आइपुगे अनि चितुवाको शव उद्धार गरी पोस्टमर्टमका लागि बेङ्गल सफारीमा पठाए। वन विभागको प्रारम्भिक अनुमानअनुसार यो वयस्क चितुवाको मृत्यु लगभग 4-5 दिनअघि भएको…
Read More
प्राकृतिक अर्किडको संरक्षणमा जेएस साङपाङ राई

प्राकृतिक अर्किडको संरक्षणमा जेएस साङपाङ राई

मिरिक महकुमाअन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी उद्यमी फूल कृषक जेएस साङपाङ राईले प्राकृतिक अर्किडलाई संरक्षण गर्दै आइरहेका छन्। लामो समयदेखि फूल र सागसब्जी खेतीलाई व्यावसायिक रूपमा अँगालेका राईको नर्सरीमा अहिले लगभग एक हजार प्राकृतिक अर्किडहरूले ढकमक्क फुलेका छन्। यी प्राकृतिक अर्किडहरूलाई हालसम्म बिक्री नगरे पनि यदि कोही ग्राहक आए बिक्रीबारे विचार गर्ने राईले बताएका छन्। राईले बताएअनुसार एक समय सबैले प्राकृतिक अर्किड नै रोप्ने गर्थे। तर क्लोन र हाइब्रिड अर्किडको उत्पादन हुन थालेपछि धेरैले प्राकृतिक अर्किड रोप्न छोड़िसकेका छन्। यसकारण आफूले यसको महत्त्व बुझेर आजसम्म प्राकृतिक अर्किडको संरक्षण गरिरहेको तिनी थप बताउँछन्।अहिले धेरै मानिसहरूले प्राकृतिक अर्किड खोज्न थालेका जानकारी गराउँदै…
Read More
प्राचार्य पाठशाला आउँदा शोकजको सम्मुखीन प्राथमिकका प्रधान शिक्षक

प्राचार्य पाठशाला आउँदा शोकजको सम्मुखीन प्राथमिकका प्रधान शिक्षक

नेताजी इण्डोर स्टेडियमबाट मुख्यमन्त्री स्वयंले रोजगार गुमाएका शिक्षकहरूलाई स्कूल-स्कूलमा स्वयंसेवकका रूपमा योगदान गर्न आह्वान गरेकी थिइन्। तर अर्कातिर धूपगुड़ीको गादों 2 जुनियर बेसिक स्कूलका प्रधान शिक्षक अब्दुल सत्तार भने विद्यार्थीहरूलाई कक्षा लिनका लागि एकजना कलेज प्रिन्सिपललाई बोलाएको आरोपमा शो–कजको सम्मुखीन बनेका छन्। स्कूल शिक्षा विभाग र जिल्ला प्राथमिक विद्यालय संसदको ध्यानाकर्षण भएपछि उक्त प्राइमरी स्कूलका प्रधान शिक्षकलाई लिखित उत्तर दिन बताइएको छ। प्रधान शिक्षक सत्तारले भने, "उच्च अधिकारीहरूले मलाई जे-जे सोधेका छन् सबै कुराको विस्तृत रूपमा लिखित उत्तर दिएको छु। म यसबारे सार्वजनिक रूपमा केही भन्न चाहन्नँ।"यो घटना गत 4 अप्रेलदेखि आरम्भ भएको हो। धूपगुड़ी गर्ल्स कलेजका प्राचार्य डा. विजय…
Read More
वर्षापछि राङभाङ सड़कको बेहाल आवस्था

वर्षापछि राङभाङ सड़कको बेहाल आवस्था

बिहीवार दिनभरि परेको वर्षाले मिरिक थर्बु चियाबारी कारखानामुनि चेक पोष्टबाट राङभाङ विष्णुधाम पर्यटन केन्द्रसम्म जाने सड़कको अवस्था बेहाल बनेको छ। यो सड़क प्रधानमन्त्री ग्राम सड़क योजनामार्फत निर्माण गरिएको हो। मरम्मतीको अभावमा यो सड़क जीर्ण रहेको थियो भने वर्षापछि जताततै पानी जमेर हिलाम्मे बनेको सड़कमा गाड़ी कुदाउन सकिने स्थिति छैन। यस्तो स्थितिमा चालकहरूलाई समस्या भइरहेको छ। सड़कमा जतासुकै ढुङ्गाको सोलिङ उप्किएको अनि खाल्डाहरू भएको कारण पानी परेपछि सड़क बेहाल बनेको हो। अहिले यातायातमा समस्या देखा परेको छ भने कुनै पनि समय वाहन दुर्घटनाको सम्भावना बढ़ेको छ। उक्त सडक भएर राङभाङ विष्णुधाम पर्यटन केन्द्र हुँदै नागरी, धजे,पोख्रेबुङ आदि ठाउँ जाने वाहनहरूलाई धेरै…
Read More
अस्पताल भवनसितै सुरक्षा देवाललाई प्राथमिकता दिनुपर्ने माग

अस्पताल भवनसितै सुरक्षा देवाललाई प्राथमिकता दिनुपर्ने माग

मिरिकमा निर्माणाधीन महकुमा अस्पताल भवनको निर्माण कार्य युद्ध स्तरमा चलिरहेको छ। सम्बन्धित निकायले दिएको जानकारीअनुसार हालसम्म भवनको लगभग 30 प्रतिशत कार्य सम्पन्न भइसकेको छ। छत ढलाईको कार्य पनि सकिएको छ।मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रले महकुमा अस्पतालको दर्जा पाएपछि यस क्षेत्रका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यमा भवन निर्माण कार्य आरम्भ गरिएको हो। अस्पताल सञ्चालनमा आएपछि मिरिकवासीलाई सामान्य रोगको उपचारका लागि पनि टाढ़ा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। यता भवन निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि केही गम्भीर समस्याहरू भने देखा परेका छन्। अस्पताल निर्माणका लागि गरिएको खनन कार्यमा सुरक्षा पर्खाल निर्माण नगरिए भविष्यमा ठूलो पैह्रोको जोखिम बढ्ने सम्भावना…
Read More
दुई तृणमूल जनप्रतिनिधिमाझ विवादले रोकियो सड़क निर्माण कार्य

दुई तृणमूल जनप्रतिनिधिमाझ विवादले रोकियो सड़क निर्माण कार्य

सड़क निर्माणबारे तृणमूल कङ्ग्रेसको आन्तरिक गुटबन्दी खुलस्त भएको छ। नक्सलबारी ब्लकअन्तर्गत मणिराम ग्राम पञ्चायतको किलाराम जोत क्षेत्रमा एउटा सड़क निर्माणबारे सोमवार तृणमूलका दुई गुटबीच विवाद उत्पन्न भयो। त्यसकारण निर्माण कार्य आरम्भ भएलगत्तै विवादको कारण काम रोकिएको छ। प्राप्त जानकारीअनुसार, किलाराम जोतदेखि रकमजोतसम्म सड़क निर्माणका लागि उत्तर बङ्गाल विकास विभागले 2 करोड़ 60 लाख रुपियाँको बजेट छुट्याएको छ। हालै मात्र लगभग 2 किलोमिटर लामो उक्त सड़क निर्माणको शिलान्यास सिलगढ़ी महकुमा परिषदका सभापति अरुण घोषले गरेका थिए। काम सुरु भएको पहिलो दिनदेखि नै तृणमूलका दुई गुटबीच विवाद आरम्भ भएको थियो। जसको कारण निर्माण कार्य रोकिएको थियो।सोमवार पुनः काम आरम्भ भएपछि नक्सलबारी पञ्चायत…
Read More
मिरिक महकुमा अस्पताल भवन निर्माण कार्य युद्ध स्तरमा

मिरिक महकुमा अस्पताल भवन निर्माण कार्य युद्ध स्तरमा

मिरिक महकुमा अस्पताल भवन निर्माण कार्य युद्ध स्तरमा भइरहेको मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले बताएका छन्। तिनले मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रले महकुमा अस्पतालको दर्जा पाएपछि भवन निर्माण कार्य आरम्भ भएपछि शुरुमा निर्माण कार्यमा केही सुस्त देखिए पनि हाल भने भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए। तिनले जति छिटो भवन निर्माण हुनेछ त्यति छिटो मिरिकवासीले चिकित्सा सम्बन्धी सुविधा पाउनेछ भन्दै हाल पनि मिरिक सरकारी अस्पतालमा दैनिक दुई सयजना रोगीहरूले जाँच गरिरहेका बताए। तिनले भवन निर्माण कार्य गर्दा कतिपय घरहरू पैह्रोको जोखिममा रहेको कारण पानीको मौसमअघि नै सुरक्षा पर्खालहरू लगाइने पनि बताए। तिनले सुरक्षा पर्खाल निर्माणका लागि विभागीय…
Read More
उत्तर बङ्गाल मेडिकल कलेज परिसरमा फोहोरको थुप्रो

उत्तर बङ्गाल मेडिकल कलेज परिसरमा फोहोरको थुप्रो

उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल परिसर फोहोरले ढाकिएको छ। विभिन्न विभागहरूको पछिल्तिरको भागमा प्लास्टिकले बेह्रिएको फोहोर जम्मा भएको देख्न सकिन्छ। यसको कारण दुर्गन्ध फैलिरहेको छ साथै प्रदूषणसमेत बढ्दै गइरहेको छ। तर ती फोहोरहरू नियमित रूपमा किन सफा गरिँदैन भन्ने विषयबारे रोगीका आफन्तहरूले प्रश्न उठाउन थालेका छन्।यस विषयमा उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालका सुपरिण्टेण्डेण्ट डा. सञ्जय मल्लिकले भने, फोहोर व्यवस्थापनमा हामीले लामो समयदेखि समस्या झेलिरहेका छौँ। तथापि फोहोर नियमित रूपमा हटाइन्छ। अहिले थुप्रिएको सबै फोहोर जैविक नै हो। ब्लड ब्याङ्कको पछिल्तिर भाग, सुपर स्पेशियालिटी ब्लकको वरिपरि फोहोरको थुप्रो लागेको छ। त्यहाँ कालो र निलो प्लास्टिकले बेह्रिएको फोहोरभित्र खाना खोज्दै…
Read More
सेनामा भर्ना युवकहरूलाई बधाई अनि सम्मान

सेनामा भर्ना युवकहरूलाई बधाई अनि सम्मान

सेनामा भर्ना युवकहरूलाई गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चल अधीनस्थ गोर्खा एक्स सर्विसमेन एसोसिएशन मिरिक फिजिकल एकाडेमीले सम्मान जनाएको छ। यो वर्ष यस एकाडेमीमा प्रशिक्षण लिइरहेका दुईजना टीएमा अनि पन्ध्रजना अग्निवीरमा भर्ना भएका छन्। ती युवाहरूलाई नै बधाई अनि सम्मान जनाइएको हो। यस अवसरमा एकाडेमीमा प्रशिक्षण लिन आउने युवाहरूलाई पनि स्वागत जनाइएको छ। कार्यक्रममा गोर्खा एक्स सर्विसमेन एसोसिएशन मिरिक फिजिकल एकाडेमीका प्रमुख प्रशिक्षक अवकाश प्राप्त सुवेदार मेजेर धुर्व थापा मगर, अवकाश प्राप्त नायकहरू विशाल थापा, रवि राई, गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चलका अध्यक्ष अनरेरी कप्तान मिलन चोम्बाङ, सचिव हवलदार प्रदीप गुरुङ लगायत अभिभावकहरू उपस्थित थिए। यस एकाडेमीमा हाल मिरिक,…
Read More