18
Nov
कुचबिहारका पूर्व सांसद र एनबीएसटीसी अध्यक्ष पार्थप्रतिम राईको गाडी बिहीबार दिउँसो अलीपुरद्वार जिल्लाको बीरपारा नजिकैको एशियाली राजमार्गमा दुर्घटनामा परेको छ। उनी चिलापाटाबाट जलपाईगुडी जाँदै थिए। यस घटनामा कुनै हताहतीको खबर छैन। जानकारीका अनुसार पार्थप्रतिम राई आज दिउँसो चिलापाटाबाट जलपाईगुडी जाँदै थिए । त्यही कारण वीरपाडा नजिकैको मदारीहाट प्रहरी चौकी क्षेत्र भगतपाडामा स्कुटी अगाडि आएर पाइलट भ्यानले अचानक ब्रेक लगायो । जसका कारण पाइलटको पछाडि दौडिरहेको पार्थप्रतिम राईको गाडीले पनि ब्रेक लगाए पनि उनको पछाडि दौडिरहेको अर्को गाडीले पार्थप्रतिम राईको गाडीलाई ठक्कर दिएको थियो । जसका कारण उनको गाडीको पछाडिको भाग पूर्णरुपमा क्षति पुगेको छ । यस घटनामा सवैजना जोगिएका छन्…
