North Bengal

दाइजोको लागि सरे बजारमा ज्वाइँले गरे ससुराको हत्या, प्रहरीले कारवाही गरेको आरोप

दाइजोको लागि सरे बजारमा ज्वाइँले गरे ससुराको हत्या, प्रहरीले कारवाही गरेको आरोप

घरायसी विवादका कारण ज्वाइँले ससुराको हत्या गरेका छन्। बिहीबार बिहान कूचबिहार नगरपालिकाको वार्ड नम्बर १ मा ज्वाइँले ५८ वर्षीय ससुरा तपस सरकारको हत्या गरेका छन्। पीडित परिवारले प्रहरीलाई कारबाही नगरेको आरोप लगाएका छन्। करिब पाँच वर्षअघि कुचबिहारको टाका गच जोरपुकुर क्षेत्रका तपस सरकारकी छोरी पायल सरकारको विवाह कुचबिहारको वार्ड नम्बर १ का भीम सरकारसँग भएको आरोप छ। पायलका श्रीमान भीम सरकारले बिहेदेखि नै बाबुको घरबाट पैसा ल्याउन दबाब दिइरहेका थिए। पैसा नदिएको भन्दै पायललाई श्रीमानले लगातार कुटपिट गर्ने गरेका थिए। एक महिनाअघि श्रीमानको दुव्र्यवहार सहन नसकेर पायल श्रीमानको घर छोडेर घर गएकी थिइन्। त्यसपछि भीम सरकारले उनलाई र उनको परिवारका…
Read More
ईडी-द्वारा सिलगढीको बहुराष्ट्रिय कम्पनीको मुख्यालयमा छापा

ईडी-द्वारा सिलगढीको बहुराष्ट्रिय कम्पनीको मुख्यालयमा छापा

कृष्ण कल्याणीको विवरण खँगालदै ईडी अधिकारीहरू सिलगढी पुगे। ईडी अधिकारीहरूले बुधबार सिलगढीमा बहुराष्ट्रिय कम्पनीको मुख्यालयमा छापा मारे। केन्द्रीय सुरक्षा गार्ड बाहिर तैनाथ राखेर भित्र छापा मारियो। रायगञ्जका विधायक कृष्ण कल्याणीको घर सहित विभिन्न ठाउँमा ईडी-ले छापा मारिरहेको छ । ईडी-लाई प्राप्त स्रोतको आधारमा सिलगढीमा पनि छापामारी गरिरहेको छ।यस कम्पनीमा कृष्ण कल्याणीको लगानी रहेको बुझिएको छ। उल्लेखनीय छ कि आयकर विभागले बुधबार बिहान कृष्ण कल्याणीको घरमा छापा मारयो। आयकर विभागका अधिकारीहरूले सीआईएसएफ-को सहयोग लिएर कल्याणीको घर, उनका विभिन्न कारखाना र व्यापारिक प्रतिष्ठानहरूमा खोजी-तलासी गरिरहेका छन्। आयकर अधिकारीहरूले रायगञ्जको नेताजीपल्लीस्थित विधायकको कारखाना म्यानेजरको घरमा पनि छापा मारे। यससँगै प्राप्त सूचनाका आधारमा विभिन्न…
Read More
सिलगढीमा ५ करोड रुपियाँको लागतमा पोल्ट्री फीड प्लान्टको उद्घाटन

सिलगढीमा ५ करोड रुपियाँको लागतमा पोल्ट्री फीड प्लान्टको उद्घाटन

पश्चिम बंगालका विभिन्न जिल्लाका बजारहरूमा विभिन्न प्रकारका पशु दानाको बढ्दो मागलाई ध्यानमा राख्दै, पश्चिम बंगाल पशु संसाधन विकास निगम लिमिटेडले सालबोनी, कल्याणी, गजल र सिलगढीमा पोल्ट्री फीड प्लान्टहरू स्थापना गरेको छ।अबदेखि दार्जिलिङ जिल्लाको मल्लागुडीमा रहेको सिलगढी पोल्ट्री फिड प्लान्टले कुखुरा र बोइलर कुखुराको दाना उत्पादन गर्नेछ। खाद्यान्नको गुणस्तर कायम राख्दै बैज्ञानिक रुपमा कुखुराको दाना किसानको पहुँचमा सुपथ मुल्यमा पुर्‍याउने प्रयास भएको संस्थाले जनाएको छ। चार करोड ९५ लाख रुपियाँको लागतमा दैनिक १०० मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट निर्माण भएको उल्लेख छ ।यसबाट करिब एक सय परिवार लाभान्वित हुनेछन्। मंगलबारको कार्यक्रममा पश्चिम बंगाल पशु संसाधन तथा विकास विभागका प्रभारी मन्त्री स्वपन…
Read More
कुचबिहार हरिजनपल्लीको खाली जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाएको विरोधमा  ज्ञापनपत्र

कुचबिहार हरिजनपल्लीको खाली जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाएको विरोधमा ज्ञापनपत्र

कुचबिहार नगरपालिकाले नगरपालिकाको वार्ड नम्बर ११ को हरिजन पल्ली क्षेत्रमा खाली जग्गामा स्वास्थ्य केन्द्र निर्माण गरिरहेको छ। नगरपालिकाको यो योजना विरुद्ध हरिजनपल्ली क्षेत्रका बसफोर समाजले मंगलबार जिल्ला पुलिस कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उनीहरुको क्वार्टर नजिकैको जग्गा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउन खोजेको उनीहरूको गुनासो छ । राजाको पालामा यस क्षेत्रमा हरिजन समुदायको बसोबास थियो। ती ठाउँका केही स्थानमा नगरपालिकाले उनीहरूका लागि क्वार्टर बनाएको छ। त्यहाँ केही खाली जग्गा छ।त्यो जग्गा उनीहरूले बाल-बालिकाको खेलकूददेखि लिएर सामाजिक कार्यक्रमहरूसम्मका लागि प्रयोग गर्छन् । नगरपालिकाले उक्त जग्गा अतिक्रमण गरेको विरोधमा आज जिल्ला अधिकारीको कार्यालयमा ज्ञापनपत्र बुझाइएको समाजले जनाएको छ।
Read More
जलपाईगुडीमा अभिषेक बनर्जीको नवजोर कार्यक्रमको तयारी पूरा

जलपाईगुडीमा अभिषेक बनर्जीको नवजोर कार्यक्रमको तयारी पूरा

तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीको जनसम्पर्क भ्रमण नवजोर कार्यक्रमको लागि जलपाईगुडीमा तयारी पूरा भएको छ। कार्यक्रमको पाँचौं दिन अभिषेक बनर्जीले जलपाईगुडी जिल्लाको सदर ब्लकको पहारपुर, पांडापाडा, डोमोहनी, भोटपट्टी र राजगञ्ज क्षेत्रमा सभाहरू सहित विभिन्न कार्यक्रममा भाग लिनेछन्। जसका कारण बिहानैदेखि जताततै चहलपहल सुरु भएको छ। उनीहरुलाई स्वागत गर्न महिला र पुरुष आदिवासी नृत्यको लागि तयार छन्। सडकको दुबै छेउमा उनका समर्थकहरुको लाम लागेको छ। अभिषेक बनर्जीको आगमनलाई लिएर जिल्लाका युवाहरु निकै उत्साहित छन्।
Read More
विधायक शंकर घोषलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की

विधायक शंकर घोषलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की

सिलगढीका विधायक शंकर घोषलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएको छ। विधायकले शनिबार सिलगढी पुलिस स्टेशनमा लिखित उजुरी दिएका छन्। विधायकको आरोप छ कि उनले २७ तारीख कालियागञ्जमा एक नाबालिगको मृत्यु र पछि एक युवाको मृत्युको बारेमा सोशल मिडियामा पोस्ट गरेका थिए।उक्त पोस्टमा विधायकलाई पक्राउ गरी मृत्युदण्ड दिनुपर्ने एक कमेन्ट आएको थियो । जुन प्रोफाइलबाट यो कथन आएको हो, त्यसविरुद्ध उनले उजुरी गरेका हुन् । सिलगढीका बीजेपी विधायक शंकर घोषलाई ट्वीटरमा कसैले यस्तो चेतावनी दिएको हो। विधायकको उजुरीका आधारमा पुलिसले कारबाही गर्ने आश्वासन दिएको छ ।
Read More
चियाबगानको जग्गालाई फ्रीहोल्डमा परिणत गरेको भन्दै चिया श्रमिकहरू आन्दोलनमा

चियाबगानको जग्गालाई फ्रीहोल्डमा परिणत गरेको भन्दै चिया श्रमिकहरू आन्दोलनमा

चियाबगानको जग्गा कर्पोरेटसहरूलाई हस्तान्तरण गरिएको छ।करीब १२ लाख आदिवासीहरु र अन्य श्रमिक परिवारहरुलाई आफ्नो जग्गा गुम्ने डरले सताईरहेको छ । प्रदेश सरकारले बनाएको जग्गा अतिक्रमण ऐन विरुद्ध चियाबगान बहुल क्षेत्रमा आन्दोलन सुरु भएको छ ।पश्चिम बङ्गाल भूमि सुधार ऐनमा गरिएको संशोधनले चियाबगान लगायतका क्षेत्रमा फ्रीहोल्ड जमिन छुट्याउन र त्यसलाई अन्य व्यवसाय र प्रयोगमा परिणत गर्नाले सयौं वर्षदेखि चियाबगानमा बसोबास गर्ने आदिवासी मजदुरहरूले वास्तविक जग्गा गुमाउनेछन ।बिहीबार संयुक्त फोरमको तर्फबाट मतिगडा ब्लकको भूमि तथा भू-राजस्व कार्यालयमा जम्मा भएका आन्दोलनकारीले चियाबगान श्रमिकहरुलाई जग्गाको हक चाँडो फिर्ता गर्नुपर्ने र राज्य सरकारको जग्गा अतिक्रमण ऐन खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरे।सीपीआईएम दार्जिलिङका जिल्ला…
Read More
अलिपुरद्वार पुगे अभिषेक ब्यानर्जी, नवजोआर कार्यक्रमको निरन्तरता

अलिपुरद्वार पुगे अभिषेक ब्यानर्जी, नवजोआर कार्यक्रमको निरन्तरता

अभिषेक ब्यानर्जीको नवजोआर कार्यक्रम अलीपुरद्वारमा पनि सुरु भयो। अभिषेक ब्यानर्जी अलीपुरद्वार जिल्लाको कुमारग्राम ब्लक पुगे। कुमारग्राममा अभिषेक ब्यानर्जीका धेरै ब्यस्त कार्यक्रमहरु छन्। बिहीबार अलिपुरद्वारमा अभिषेक ब्यानर्जीको र्‍याली पछि धेरै जनसभाहरू छन्। यसपछि पञ्चायत निर्वाचनका लागि उम्मेदवारहरु छनोटका लागि नवजोआर कार्यक्रम अन्तर्गत मतदान प्रक्रिया सञ्चालन गरिनेछ।
Read More
नटाबारी विधानसभा क्षेत्रमा अभिषेकको उपस्थितिमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको छ

नटाबारी विधानसभा क्षेत्रमा अभिषेकको उपस्थितिमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको छ

अभिषेक बनर्जीको सार्वजनिक सभा पछि, मंगलबार गोसानीमारी हाई स्कूल मैदान र साहेबगञ्जमा उम्मेदवारको लागि मतदानको क्रममा व्यापक अराजकता भएको थियो। तर बुधवार कुचबिहार उत्तर विधानसभा क्षेत्र, कूचबिहार दक्षिण विधानसभा क्षेत्र र नटाबारी विधानसभा क्षेत्रका जनसभाहरूपछि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। तृणमूलका अखिल भारतीय महासचिव अभिषेक बनर्जीले कुचबिहारबाट जनसम्पर्क यात्रा सुरु गरेका छन्। तिनीहरूको घोषणा गरिएको 'तृणमूल नवजोर' कार्यक्रममा, मानिसहरूले आफ्नो मनपर्ने उम्मेद्वारको नाम कागजको टुक्रामा लेख्नेछन् र मतपेटिकामा छोड्नेछन्। अभिषेक बनर्जीले आगामी पञ्चायत चुनावका लागि उम्मेदवारको निर्णय यही भोटबाट हुने बताए। गोसानिमारी, माथाभाङ्गा र साहेबगञ्जमा यस कार्यक्रममा मतपत्र बुझाउने क्रममा हताहत भएको थियो। तृणमूल कार्यकर्ताले मतपेटिका तोडफोड समेत…
Read More
कालियागञ्जमा बलात्कार-हत्या-काण्डले लियो उग्ररूप, आक्रोशित भीडले खेदाई-खेदाई पुलिसको वर्दी फुकालिदिएर गरे कुटपिट

कालियागञ्जमा बलात्कार-हत्या-काण्डले लियो उग्ररूप, आक्रोशित भीडले खेदाई-खेदाई पुलिसको वर्दी फुकालिदिएर गरे कुटपिट

कालियागञ्जमा पुलिस जवानहरुले क्रोधित भीडको रोषको सामना गर्नु परेको छ। आफ्नो ज्यान जोगाउन पुलिस जवानहरु थानाबाट भागेर करिब ३०० मिटर टाढाको एउटा घरमा शरण लिन पुगे। तर, उन्मादी जनताको आक्रोशबाट उनीहरु उम्कन सकेनन्। आक्रोशित भीडले घरको ढोका भत्काएर भित्र पसे र पुलिस जवानहरुलाई कुटपिट गरे । एक सार्वजनिक भएको भिडियोमा आक्रोशित मानिसहरूले पुलिस कर्मीहरुलाई लाठी र रडले कुटेको दृश्य देखिन्छ। पुलिस कर्मीहरुले बारम्बार माफी माग्दा पनि आक्रोशित जनताले तिनीहरुलाई छाडेनन्। उनीहरुको वर्दी फुकालीदिएर भक्कुमारी कुटपिट गरेको आरोप छ। पुलिस जवानहरुको नाक भाँचिदिएको मुख फुटाईदिएको आरोप छ। उन्मादी भीडको क्रोधबाट त्यस घरको घरधनी पनि अछुतो रहेनन्। ती घरका सदस्यहरुले ज्यान जोगाउन…
Read More