North Bengal

समय सीमा अगावै एसआईआरको कार्य समाप्त

समय सीमा अगावै एसआईआरको कार्य समाप्त

हात्ती–चितुवा जस्ता जङ्गली जनावरहरूको लगभग दैनिक आवातजावात छ। साँझ पर्ने बित्तिकै जङ्गली जनावरको डरले विशेष आवश्यकताबाहेक स्थानीय मानिसहरू घरबाहिर निस्कँदैनन्। यस्तो जोखिमपूर्ण बूथमा तोकिएको समयभन्दा पहिल्यै मतदाता सूचीको विशेष गहन संशोधनको काम पूरा गरेकी छन् बीएलओ ममीना बेगमले। दिनमा मात्र होइन जोखिम लिएर राति पनि जङ्गल पार गरेर तिनले एसआईआरको कार्य समाप्त गरेकी छिन्।जलपाइगढ़ीको सालबारी 1 नम्बर ग्राम पञ्चायतअन्तर्गत चानाडीपार 15/44 नम्बर बूथको बीएलओको जिम्मा ममीनालाई दिइएको थियो। यस बूथमा मोठ 1419 जना मतदाताहरू छन्। जङ्गलले घेरिएको यस क्षेत्रमा घर घरै पुगेर एसआईआरका फारम वितरण तथा सङ्कलन गर्नु अत्यन्त कठिन काम थियो। जङ्गली जनावरको डरलाई बेवास्ता गर्दै तिनी साँझपछि पनि…
Read More
नाथु ला–छाङ्गुको परमिट अब अनलाइन

नाथु ला–छाङ्गुको परमिट अब अनलाइन

नाथु ला–छाङ्गु लेकमा जाने परमिट अब अनलाइन उपलब्ध हुनेछ। सिक्किम प्रशासनले यस्तै निर्णय गरेको छ। चाँड़ै नै यो प्रणाली कार्यान्वयन हुने बताइएको छ। म्यानुअल परमिट बन्द भएसितै एकातिर जाली कार्य गर्ने समूहलाई रोक्न सकिनेछ भने अर्कातिर पर्यटकहरूलाई पनि धेरै सहज हुने अनुमान गरिएको छ। अहिलेसम्म पूर्व र उत्तर सिक्किमका विभिन्न पर्यटन क्षेत्र घुम्न जान राज्य पर्यटन विभागबाट हस्तलिखित परमिट ल्याउनु पर्थ्यो। अबदेखि भने परमिट अनलाइन जारी गरिनेछ। यसले पर्यटकले सहज अनि शीघ्र परमिट पाउनेछन् भने परमिटको उचित रिपोर्ट पनि रहनेछ। सिक्किम राज्य पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सी. एस. रावअनुसार यो प्रणाली छिट्टै नै कार्यान्वयन गरिनेछ। यसपछि प्रतिबन्धित क्षेत्र र…
Read More
दुर्व्यवहार गरिएको यात्रीहरूको आरोप

दुर्व्यवहार गरिएको यात्रीहरूको आरोप

आरक्षित सीटको टिकट काट्ने समयमा कतिपय यात्रीहरू कहिलेकाहीँ दुर्व्यवहारको शिकार हुँदै आइरहेका छन्। कोचबिहार रेल स्टेशनको टिकट काउण्टरबारे यस्तो आरोप उठेको छ। यात्रीहरूको भनाइमा, काउण्टरको कामकाज यति ढिलो गतिमा हुन्छ कि तोकिएको समयमा टिकट पाउनु त परै जावोस् विरोध जनाएपछि उल्टै आरपीएफ वा जीआरपीलाई बोलाएर चाप दिइन्छ।केही यात्रीहरूले भने रेल कर्मचारीहरूको टिफिन टाइम सम्बन्धी पनि अझै स्पष्टता छैन। धेरै कर्मचारीहरू तोकिएको समयपछि मात्र कार्य आरम्भ गर्छन्। त्यसैले यात्रीहरूलाई लाइनमा घण्टौँसम्म उभिनुपर्ने अवस्था आउँछ। कोचबिहारको न्यू टाउन क्षेत्रका वासिन्दा सञ्जय सरकारले भने, बिहान 11.25 बजी आरक्षित टिकट काट्न काउण्टरमा पुगेँ। 11.30 देखि 12 बजीसम्म काउण्टर बन्द रहन्छ भनेर कर्मचारीले जानकारी दिए।…
Read More
दार्जीलिङ चियाकमान मजदुर युनियनद्वरा राहत वितरण

दार्जीलिङ चियाकमान मजदुर युनियनद्वरा राहत वितरण

माकपाका श्रमिक सङ्गठन दार्जीलिङ चियाकमान मजदुर युनियनले जिल्ला सदस्य किस्मत तामाङको नेतृत्वमा थर्बु नन्दलाल गाउँमा पैह्रो पीड़ितहरूलाई राहत सामग्री वितरण गरेको छ। राहत सामग्रीमा न्यानो लुगा, कम्बल, भाँड़ा-कुड़ा, खाद्य सामाग्री आदि वितरण गरिएको किस्मत तामाङले बताए। तिनले युनियनले राहत सामग्री वितरणसितै सरकारको ध्यान आकर्षण गराँउदै पैह्रो सोहोर्ने कार्य पनि गरिरहेको बताए।गत 4 अक्टोबर गएको विनाशकारी पैह्रोले धेरै ठाउँ क्षति गरेको अनि कतिपय घर छेउमा रहेको पैह्रो अहिले पनि जस्ताको त्यस्तै रहेको तिनले बताए। प्रशासनले पैह्रो सफा नगरेको अनि पीड़ितहरूलाई हालसम्म पुनर्वास नगराएको कारण माकपाका श्रमिक सङ्गठन दार्जीलिङ चियाकमान मजदुर युनियनले श्रमदानको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन नै दैनिक यस्तो कार्यक्रम गरिरहेको…
Read More
सड़क दुर्घटनामा बीएलओको मृत्यु

सड़क दुर्घटनामा बीएलओको मृत्यु

कोचबिहारमा एकजना बीएलओको सड़क दुर्घटनामा मृत्यु भएको छ। एसआईआर सम्बन्धी काम सकेर मोटर साइकलमा घर फर्कँदै गर्दा उक्त बीएलओ दुर्घटनामा परे। मृत ललित अधिकारी शीतलकुचीका वासिन्दा थिए। बिहीवार साँझ माथाभाङ्गामा पञ्चानन पुलनजिक तिनको मोटर साइकल दुर्घटनामा परेको बताइएको छ। सूत्रअनुसार तिनको मोटर साइकल र एउटा पिकअप भ्यान मुखामुखी ठोक्कियो। यस दुर्घटनामा तिनी गम्भीर रूपले घाइते भए। तिनलाई पहिले माथाभाङ्गा अस्पताल लगियो। त्यसपछि जिल्लाकै अर्को एउटा निजी अस्पतालमा स्थानान्तरण गरिएको थियो जहाँ ललितको मृत्यु भयो।ललित अधिकारी हाल माथाभाङ्गा मयनातली मोड़ क्षेत्रमा बस्दै थिए। तिनको घर शीतलकुची ब्लकको गोसाइरहाट–बड़ा धापरा–चाँदरा क्षेत्रमा छ। हिजो तिनी सोही क्षेत्रमा अवस्थित 205 नम्बर बूथमा एसआईआरको काम…
Read More
घोड़ा सवारीतर्फ आकर्षित बन्दै पर्यटकहरू

घोड़ा सवारीतर्फ आकर्षित बन्दै पर्यटकहरू

मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षणहरूमध्ये एउटा हो घोड़ा सवारी। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने अधिकांश पर्यटकहरू घोड़ा सवारीतर्फ आकर्षित बनिरहेका छन्। त्यसैले अधिकांश पर्यटकहरूलाई घोड़ा सवारी गरिरहेको देखिन्छ भने यहाँका धेरै बेरोजगारहरूले घोड़ा सवारी गराएर आफ्नो जीविकोपार्जन गरिरहेका छन्। मिरिक पर्यटन केन्द्रमा अहिले 30 देखि 40 वटा घोड़ाहरू रहेका छन् भने उति नै बेरोजगारहरू यसमा संलग्न रहेर धेरथोर अर्थ आर्जन गरिरहेका छन्।मिरिक पर्यटन केन्द्रमा पर्यटन मौसम आरम्भ भइसकेकाले घोड़ा सवारी गर्ने पर्यटकहरू दैनिक आइरहेका अनि अधिकांश पर्यटकहरूले घोड़ा सवारी गरेर मिरिक झील, हरियाली चियाबारी, सुन्तलाबारी आदिको दृश्य अवलोकन गरिरहेका घोड़ावालाहरू बताउँछन्।दूरीअनुसार पर्यटकहरूले घोड़ा सवारीको शुल्क तिर्नुपर्ने घोड़ावालाहरूले बताउँदै पर्यटकहरूलाई घोड़ा…
Read More
सिङ्गेल चियाबारीका पाँच अग्निपीड़ितहरूको गृह प्रवेश

सिङ्गेल चियाबारीका पाँच अग्निपीड़ितहरूको गृह प्रवेश

15 मई 2025 मा भएको भीषण आगलागीमा सिङ्गेल चियाबारीको कफीबारी, गोदमधुरा क्षेत्रमा पाँचवटा घरहरू जलेर भष्म बनेका थिए। उक्त आगलागीका पीड़ित पाँच परिवारलाई घर पुनर्निर्माण गरेर नयाँ घरमा गृह प्रवेश गराइएको छ। आगलागीमा पाँचवटा घरहरू पूर्ण रूपले जलेर नष्ट भएसितै घरमा राखिएका सबै कागजात र व्यक्तिगत सामग्रीहरू पनि सम्पूर्ण रूपले नष्ट बनेका थिए। घटनापछि स्थलगत निरीक्षणमा गएका जीटीए प्रमुख कार्यपाल अनित थापाले पाँचवटै घर पुनर्निर्माण गरिदिने आश्वासन दिएका थिए।अनित थापाले त्यसै बेला दिवस क्षेत्रीलाई सबै पीड़ित परिवारहरूलाई परिचय सम्बन्धी कागजातहरू पुनः बनाउन कानूनी सहयोग पुऱ्याउने जिम्मावारी दिएका थिए। उक्त निर्देशअनुसार 15 दिनभित्र आवश्यक कागजात तयार गरी पीड़ित परिवारहरूलाई हस्तान्तरण गरिएको…
Read More
दम्पत्तीको मृत्युमा रहस्य यथावत

दम्पत्तीको मृत्युमा रहस्य यथावत

डाबग्राम 2 ग्राम पञ्चायतअन्तर्गत थारुघाटी क्षेत्रमा दम्पत्तीको शव फेला परेको घटनामा रहस्य अझ गहिरिँदै गइरहेको छ। मृत अनमा राय र तपन रायको घाँटीमा धारिलो हतियारले आक्रमण गरेको चोटका दाग भेटिएका छन्। तपनले आफ्नी श्रीमतीलाई हत्या गरेर त्यसै हतियारले आफ्नो घाँटीमा चोट पुर्याभएका पुलिसले दाबी गरेको छ। तर आफैलाई आक्रमण गरेपछि तपनले त्यो हतियार कहाँ फाले? त्यो प्रश्न अहिले दम्पत्तीका परिवारसमक्ष उभिएको छ। पुलिसले गरिरहेको आत्महत्याको दाबी हतियार हराएको घटनाको कारण टिक्ने हो कि होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ। घटनास्थलदेखि साहु खोलाको किनारासम्म सोमवार दिनभरि खोजी गर्दा पनि जाँचकर्ताहरूले त्यो हतियार फेला पार्न सकेनन्। यदि तपनले आफ्नो घाँटीमा आफैले…
Read More
एक डिजिट लटरीको कारोबार

एक डिजिट लटरीको कारोबार

राज्यमा चलिरहेको सरकारी लटरी होइन कोचबिहारको दिनाहाटामा सिङ्गल डिजिट लटरीप्रति मानिसहरूको मोह बढ़िरहेको छ। जहाँ सरकारी लटरी दिनमा तीनपटक चल्छ त्यहाँ सिङ्गल डिजिट वा एक अङ्कको खेल आधा–आधा घण्टामा हुन्छ। छिटो नाफाको आशामा साधारण मजदुरदेखि ससाना व्यवसायीसम्म लोभको जालमा परेर दरिद्र बन्दै गइरहेका छन्। अर्कातिर सरकारी कोषमा कुनै राजस्व पनि परेको छैन। 12.50 रुपियाँ तिरेर एउटा टिकट काट्दा पचास रुपियाँ नभई सिधै 100 रुपियाँ पाइने व्यवस्था छ।थाहा पाएअनुसार असमका एक व्यक्ति दिनाहाटा शहरमा घर भाड़ामा लिएर यस्तो ऱ्याकेट सञ्चालन गरिरहेका छन्। तिनीसँग सत्तारूढ़ दल नजिकका केही व्यक्तिहरू पनि संलग्न रहेका आरोप छ। जहाँ सरकारी लटरीमा पाँच अङ्कको पहिलो पुरस्कार घोषणा…
Read More
प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनामा जाँच आरम्भ

प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनामा जाँच आरम्भ

जलपाइगढ़ीको सुनीतिबाला सदर गर्ल्स हाई स्कूलकी प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनाको विरोधमा जलपाइगढ़ी सदर ब्लकमा धर्नाको घोषणा गर्दै जलपाइगढ़ी शिक्षा बचाओ कमिटीले शुक्रवार सदर ब्लकअन्तर्गतका सबै विद्यालय–कलेज बन्द रहने जानकारी दिएको छ।आज जिल्ला युवा कङ्ग्रेसले जिल्ला उच्च माध्यमिक विद्यालय निरीक्षकलाई स्मारकपत्र चढ़ाउँदै घटनाको छानबिनको माग गरेको छ। जलपाइगढ़ी शिक्षा बचाओ कमिटीका संयोजक कौशिक गोस्वामीले भने, विद्यालयकी प्रधान अध्यापिकाले घटनाबारे प्रमाणसहित जिल्ला उच्च माध्यमिक विद्यालयका निरीक्षकलाई उजुरी दिएकी थिइन्। तर त्यसपछि पनि कुनै कदम चालिएन। त्यसै घटनाको विरोध स्वरूप शुक्रवार विद्यालय–कलेजहरू बन्दको आह्वान गरिएको हो।जिल्ला उच्च माध्यमिक विद्यालय निरीक्षक सुजीत सरकारले भने, त्यस घटनाको छानबिनका लागि पहिल्यै एक टोली…
Read More