07
Mar
खानेपानीको धारा भए पनि लामो समयदेखि खानेपानी पाइँदैन । धुपगुरी नगरपालिकाको वडा नं १ को भवलपाडामा एक वर्षभन्दा बढी समयदेखि खानेपानी पुगेको छैन । शुद्ध पिउने पानी नहुँदा यस क्षेत्रका बासिन्दाले ठूलो समस्या भोग्नु परेको छ । यसबाट आक्रोशित बनेका स्थानीयवासीले तत्काल खानेपानी उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेका छन् । स्थानीय महिलाले हातमा प्लेकार्ड बोकेर धुपगुरी अस्पतालपारादेखि गडौङ जाने सडक अवरुद्ध पारेर विरोध प्रदर्शन गरेका छन् । जसमा झण्डै सयौं परिवारको सहभागिता रहेको थियो । नगरपालिकाको निर्वाचनअघि नेताहरुले खानेपानी दिने आश्वासन दिएकाले यसका लागि खानेपानीका पाइपसमेत उक्त क्षेत्रमा पुर्याइएको उनको आरोप छ ।तर, मतदान सकिएपछि त्यस क्षेत्रमा खानेपानी पुग्दैन…
