North Bengal

नक्सलबारीमा श्मशानघाट निर्माण कार्यको शिलान्यास

नक्सलबारीमा श्मशानघाट निर्माण कार्यको शिलान्यास

आमादेर पाड़ा आमादेर समाधान शिविरअन्तर्गत अगस्त महीनामा श्मशानघाट निर्माणका लागि आवेदन बुझाइएको थियो। उक्त आवेदनको आधारमा दिसम्बरको अन्तिम दिनदेखि श्मशानघाट निर्माणको कार्य आरम्भ गरिएको छ। स्वतन्त्रतापछि पहिलोपल्ट नक्सलबारीको हात्तीघिसा ग्राम पञ्चायतअन्तर्गत पर्ने वीर सिंह गाउँले श्मशानघाट पाइरहेको छ।बुधवार नक्सलबारी पञ्चायत समिति सभापति आनन्द घोषले श्मशानघाट निर्माण कार्यको शिलान्यास गरेका हुन्। निर्माण कार्य आरम्भ भएसितै वीर सिंह जोत, केतु गाबुर जोत, भेल्टा जोतसहित चार अन्य गाउँका वासिन्दाहरूले लामो समयदेखि भोग्दै आएका समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ।परियोजना आरम्भ भएकोमा स्थानीय वासिन्दाहरूले खुशी व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै आनन्द घोषले गाउँलेहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै श्मशानघाट निर्माणको कार्य आरम्भ गरिएको बताए।…
Read More
नव ज्योति पूर्व सैनिक समाज भवनको उद्घाटन

नव ज्योति पूर्व सैनिक समाज भवनको उद्घाटन

जीटीएमार्फत नागरी धजे समष्टि अन्तर्गत पर्ने मगरजोङ चियाबारीको माथिल्लो विभागमा निर्माण गरिएको नव ज्योति पूर्व सैनिक समाज भवनको विधिवत रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह सङ्गठनका अध्यक्ष जी. बी. खवासको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक योगेश राईले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष अञ्जुल चौहान रहेका थिए। विशिष्ट अतिथिहरूमा पोख्रेबुङ ग्राम पञ्चायत तीनका प्रधान विकास शङ्कर, उप–प्रधान अजय सुब्बा, मगरजोङ चियाबारीका महाप्रबन्धक सिद्धार्थ सुब्बा, सह–प्रबन्धक सुनिल थापा, एम. के. भित्रिकोठी, भूतपूर्व क्याप्टेन अर्पण थापा, भूतपूर्व अनरी क्याप्टेन पी. टी. लेप्चा, इन्दिरा ओझा, उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास शर्मा, मगरजोङ चियाबारीका बड़ाबाबु ब्रिजमणि तामाङ, दीप…
Read More
48 प्राथमिकलाई चौथो कक्षादेखि पाँचौँ कक्षामा स्तरोन्नतिको प्रस्ताव

48 प्राथमिकलाई चौथो कक्षादेखि पाँचौँ कक्षामा स्तरोन्नतिको प्रस्ताव

जलपाइगढ़ी प्राथमिक शिक्षा संसदले जिल्लाका 48 प्राथमिक विद्यालयलाई चौथो कक्षादेखि पाँचौँ कक्षामा स्तरोन्नति गर्न राज्य शिक्षा दफ्तरमा प्रस्ताव पठाएको छ। आगामी 2029 भित्र जिल्लाका सबै प्राथमिक विद्यालयहरूलाई पाँचौँ कक्षासम्म स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। जलपाइगढ़ी जिल्ला प्राथमिक शिक्षा दफ्तरअन्तर्गत 18 सर्कलमा 1209 प्राथमिक विद्यालयहरू छन्। विद्यार्थी सङ्ख्या 1 लाख 18 हजारभन्दा केही अधिक छ।राइट टु एजुकेशन ऐनअनुसार पाँचौँ कक्षासम्म प्राथमिक शिक्षाको दायराभित्र पर्छ। तर यस राज्यमै मात्र पाँचौँ कक्षा उच्च प्राथमिकअन्तर्गत राखिएको थियो। जिल्ला प्राथमिक विद्यालय निरीक्षक श्यामलचन्द्र रायले भने, जिल्लाका 48 प्राथमिक विद्यालयहरूलाई चौथो कक्षादेखि पाँचौँ कक्षामा स्तरोन्नति गर्न प्रस्ताव पठाइएको छ।जलपाइगढ़ी जिल्ला प्राथमिक शिक्षा संसदका चेयरम्यान लक्ष्यमोहन रायले…
Read More
पञ्चायत प्रतिनिधिहरूद्वारा अग्नि पीड़ित परिवारसमक्ष भ्रमण

पञ्चायत प्रतिनिधिहरूद्वारा अग्नि पीड़ित परिवारसमक्ष भ्रमण

गत आइतवार भएको आगलागीमा घैयाबारीको दही डाँड़ामा अवस्थित प्रेमलाल राईको घर पूर्ण रूपले जलेर भष्म भएको थियो। भीषण आगलागीमा सम्पूर्ण घर जलेर भष्म हुँदा राई परिवारलाई ठूलो क्षति पुगेको छ।उक्त घटनाको प्रत्यक्ष निरीक्षण गर्न मङ्गलवार सौरेनी ग्राम पञ्चायत दुईका प्रधान निरा सुब्बा, उप प्रधान रबीन तामाङ, पञ्चायत सदस्य देवकुमारी राई, रोशन लामा तथा पञ्चायत सचिव रूद्र शर्मा पीड़ित परिवारसमक्ष पुगेका थिए। प्रतिनिधि टोलीले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गरेको साथै पीड़ित परिवारको अवस्थाबारे जानकारी लिएको छ।घटनास्थलको निरीक्षण गरेपछि पञ्चायत प्रधान निरा सुब्बाले पीड़ित परिवारलाई प्रशासनले उपलब्ध गराउने सबै प्रकारका सहुलियत तथा राहत सुविधा प्रदान गरिने आश्वासन दिएकी छन्।
Read More
मोर्फिनसहित विद्यार्थी नेता पक्राउ

मोर्फिनसहित विद्यार्थी नेता पक्राउ

लागू औषधी तस्करी प्रकरणमा एक विद्यार्थी नेतालाई पक्राउ गरिएको छ। सुर्जित साहालाई सशस्त्र सीमा बल (एसएसबी) ले लागू औषधी तस्करी प्रयासका क्रममा पक्राउ गरेको हो। सूत्रहरूअनुसार बिहीवार सुर्जित साहा खोरीबारीको पानी ट्याङ्की फ्लाइओभरनजिक लागू औषधी बिक्रा गर्न पर्खिरहेका थिए। त्यसै समय एसएसबीले गोप्य सूचनाका आधारमा छापा मारेर तिनलाई नियन्त्रणमा लिएको थियो। तिनीबाट 102 ग्राम मोर्फिन जफत गरिएको छ जसको बजार मूल्य धेरै लाख रुपियाँ हुने अनुमान गरिएको छ।एसएसबीको उजुरीका आधारमा आरोपीलाई पछि औपचारिक रूपमा पक्राउ प्रक्रियाका लागि खोरीबारी पुलिसले जिम्मा लिएको थियो। सुर्जित साहालाई शुक्रवार सिलगढ़ी सब-डिभिजनल कोर्टमा प्रस्तुत गरिएको छ।सुर्जित साहा नक्सलबारी कलेजको विद्यार्थी नेता थिए। यद्यपि तिनले अध्ययन…
Read More
काउले गाउँमा यातायात सुचारु

काउले गाउँमा यातायात सुचारु

मिरिक नगरपालिका वार्ड नम्बर 6 को काउले गाउँमा गत 4 अक्टोबर गएको भीषण पैह्रोको कारण अवरुद्ध बनेको सड़क पुन सञ्चालनमा आएको छ। स्थानीय वासिन्दाहरूको निरन्तर माग र अनुरोधपछि मिरिक आईजीजेएफका संयोजक प्रशान्त लामा अनि सञ्जीव लामाले पहल गर्दै जेसीबी उपलब्ध गराउँदा सड़क सफा गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ।पैह्रोको कारण सड़क अवरुद्ध हुँदा काउले गाउँका वासिन्दाहरूले दैनिक आवतजावत, विद्यालय जान, स्वास्थ्य उपचार तथा आवश्यक सामग्री लैजान अनि ल्याउनकठिनाइ भोगिरहेका थिए। सड़क सफा गर्ने कार्यपछि स्थानीय मानिसहरूलाई ठूलो राहत पुगेको छ। स्थानीय मानिसहरूले सहयोग उपलब्ध गराई समस्याको समाधान गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
Read More
गम्भीर बिरामी टेबल टेनिस खेलगुरु अमित दाम

गम्भीर बिरामी टेबल टेनिस खेलगुरु अमित दाम

शरीरमा इन्फेक्सनका कारण ज्वरोले पीड़ित भइरहेको समय शारीरिक अवस्था तीव्र रूपले बिग्रँदै गइरहेको छ सिलगढ़ी तथा उत्तर बङ्गालका टेबल टेनिस खेलगुरु अमित दामको। गत शनिवार तिनलाई तीव्र ज्वरो आएको थियो। पछि ज्वरो केही कम्ती भए पनि शरीरमा इन्फेक्सन लगातार बढ़िरहेको जानकारी प्राप्त भएको छ। त्यसपछि चिकित्सकहरूको सल्लाहअनुसार सोमवार मध्य राति हिलकार्ट रोडस्थित एउटा निजी नर्सिङ होममा तिनलाई भर्ना गरियो।राज्यका नामी कोच तथा खेलगुरु अमित दामको मार्गदर्शनमा असङ्ख्य टेबल टेनिस प्रतिभाहरूको उदय भएको छ। तिनको योगदानकै फलस्वरूप आज सिलगढ़ी टेबल टेनिस नगर भनेर चिनिन पुगेको हो। उत्तर बङ्गालमा टेबल टेनिसको विकासमा तिनको योगदान अपूरणीय छ।हाल गम्भीर रूपले अस्वस्थ रहेका यी खेलगुरुको…
Read More
कालेबुङलाई बाल विवाहमुक्त बनाउने सोसाइटीको संकल्प

कालेबुङलाई बाल विवाहमुक्त बनाउने सोसाइटीको संकल्प

सोसाइटी फर पीपल्स अवेयरनेस सोसाइटी नामक गैर सरकारी संस्थाले सबै सरोकारवाला निकायसित हातेमालो गर्दै कालेबुङलाई एक वर्षभित्र बाल विवाहमुक्त बनाउने संकल्प लिएको संस्थाका निदेशक तथा सम्पादक प्रवीर बासुले बताएका छन्। बाल विवाहमुक्त भारत अभियानको एक वर्ष पूरा भएको अवसरमा आरम्भ गरिएको 100 दिने तीव्र जनचेतना अभियानले विद्यालय, शैक्षिक संस्था, विवाह हुने धार्मिक स्थलहरू, विवाह सम्बन्धी सेवा प्रदायक, पञ्चायत तथा नगरपालिकाहरूलाई लक्षित गर्दै रणनीतिक कार्ययोजना लागू गरिएको छ। जस्ट राइट्स फर चिल्ड्रेनसित साझेदारीमा एसपीएएन संस्था बाल विवाहको अन्त्यका लागि देशभरिका 451 जिल्लामा सक्रिय अनि 250 भन्दा अधिक संस्थाहरूको ठूलो नेटवर्क हो। यो नेटवर्क गत एक वर्ष एक लाखभन्दा अधिक बाल विवाह…
Read More
मुर्शिदाबादमा हृदयघातको कारण बीएलओको मृत्यु

मुर्शिदाबादमा हृदयघातको कारण बीएलओको मृत्यु

फेरि मुर्शिदाबादमा हृदयघातको कारण एक बीएलओको मृत्यु भएको छ। बिहीवार राति मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआरR) को कार्य गर्ने क्रममा जाकिर होसेन नामक बीएलओ अचानक अस्वस्थ बनेर ढले। तुरुन्तै अस्पताल लगिए पनि तिनलाई बचाउन सकिएन। हृदयघातको कारण तिनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अत्यधिक कामको दबाउकै कारण तिनको ज्यान गएको जाकिरको परिवारको दाबी छ।मुर्शिदाबादको खडग्रामका वासिन्दा जाकिर कान्दी विधानसभा क्षेत्रको दिघा क्षेत्रमा रहेको 14 नं. बूथका बीएलओ थिए। पेशाले प्राथमिक विद्यालयका शिक्षक जाकिरको परिवारअनुसार, तोकिएको समयमा सबै एनुमरेशन फारम बुझाउन सकिन्छ कि सकिँदैन भन्ने तनाउमा थिए तिनी। रातभरि जागो रहेर फारम अपलोड गर्ने काम गर्थे। लगभग प्रत्येक दिन…
Read More
बाघपुलको वैकल्पिक पुल निर्माण हुने

बाघपुलको वैकल्पिक पुल निर्माण हुने

कोरोनेशन ब्रिज अर्थात बाघपुलको वैकल्पिक पुल निर्माणको टेण्डर आगामी दिसम्बर महीनाभित्र गरिने जानकारी प्राप्त भएको छ। दार्जीलिङ सांसद राजु विष्टले बिहीवार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएका हुन्। विज्ञप्तिमा राजु विष्टले लेखेका छन्, केन्द्र सरकारले नयाँ पुल र पहुँच सड़क निर्माणका लागि 1190 करोड़ रुपियाँ आवण्टन गरे भए पनि क्षेत्राधिकारका मुद्दाहरूले धेरै ढिलो भएको थियो। विशेष खण्ड पश्चिम बङ्गालको पीडब्ल्यूडी-एनएच डिभिजन अन्तर्गत थियो। तर अब यो आधिकारिक रूपमा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) लाई हस्तान्तरण गरिएको छ।तिनले अझ लेखेका छन्, मैले एनएचएआईका अधिकारीहरूसित बैठक गरेपछि बाघपुलको भ्रमण गरेँ। वैकल्पिक पुल र पहुँच सड़क, सिलगढ़ी रिङ्ग रोड अनि सिलगढ़ीलाई गोरखपुर जोड्ने…
Read More