North Bengal

कर्मचारीको अभावसित जुझ्दै एनबीएसटीसी

कर्मचारीको अभावसित जुझ्दै एनबीएसटीसी

उत्तर बङ्गाल राज्य यातायात निगम (एनबीएसटीसी)का डिपोहरूमा अझै पनि कर्मचारी अभाव रहेको छ। राज्य यातायात विभागलाई धेरैपल्ट पत्र लेखे पनि यो समस्या समाधान भएको छैन। बाध्य भएर निगमले 25 जना अधिकारीहरूलाई छ महीनाका लागि पुनः काममा लगाएको छ। यस्तो स्थितिमा निगमले थप 50 वटा बस पाउने भएको छ। मङ्गलवार यातायात मन्त्री स्नेहाशीष चक्रवर्ती र पार्थप्रतीम रायबीच बैठक भयो। उक्त बैठकमा नयाँ बस किन्ने विषयसितै कर्मचारी अभावबारे विस्तृत छलफल भयो। उत्तर बङ्गालका विभिन्न रूटमा सञ्चालन हुने नयाँ बसको मूल्य प्रति गाड़ी 17 लाख रुपियाँ पर्नेछ। यातायात मन्त्रीले ती बस राज्य यातायात विभागले किनेर निगमलाई दिने जानकारी दिए।निगमका अध्यक्ष पार्थप्रतीम रायले भने,…
Read More
राजगञ्जमा आँगनबाड़ी कर्मीहरूको विक्षोभ प्रदर्शन

राजगञ्जमा आँगनबाड़ी कर्मीहरूको विक्षोभ प्रदर्शन

आँगनबाड़ी कर्मीहरूले आज विक्षोभ प्रदर्शन गर्दै 18 बुँदे माग पत्र सम्बन्धित अधिकारीलाई बुझाएका छन्। उक्त प्रदर्शन वेष्ट बेङ्गल आँगनबाड़ी वर्कर्स एण्ड हेल्पर वेल्फेयर एसोसिएशनको पहलमा गरिएको थियो। राजगञ्ज ब्लक बाल विकास परियोजना अधिकारी कार्यालयअघि आँगनबाड़ी कर्मीहरूले विक्षोभ प्रदर्शन गरेका हुन्। प्राप्त जानकारीअनुसार, राजगञ्ज ब्लकअन्तर्गत 12 ग्राम पञ्चायतहरूबाट लगभग 300 आँगनबाड़ी वर्कर्स तथा हेल्परहरूले प्रदर्शनमा सहभागिता जनाएका थिए। मङ्गलवार आन्दोलनरत आँगनबाड़ी कर्मीहरूले आफ्नो 18 बुँदे मागहरू अघि सारे जसमा अन्य विकसित राज्यसरह पारिश्रमिक तथा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने, एकीकृत बाल विकास परियोजनामा राष्ट्रिय शिक्षा ऐन लागु गर्नुपर्ने, उच्च न्यायालयको आदेशअनुसार सरकारी मान्यता प्रदान गर्नुपर्ने, सरकारी आदेशहरूको कार्यान्वयन गर्नुपर्ने र केन्द्र सरकारको…
Read More
सांसदद्वारा हिलकार्ट रोडको जिम्मावारी हस्तान्तरणको प्रस्ताव

सांसदद्वारा हिलकार्ट रोडको जिम्मावारी हस्तान्तरणको प्रस्ताव

दार्जीलिङतर्फ जाने हिलकार्ट रोड अर्थात 110 नम्बर राष्ट्रिय राजमार्गको विस्तार गरेर सड़कमै टोय ट्रेनको ट्र्याक राख्ने योजना छ। यसका लागि यस सड़कको जिम्मावारी नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) लाई सुम्पन केन्द्रीय सड़क परिवहन मन्त्रालयलाई पत्र लेखेका छन् दार्जीलिङका सांसद राजु विष्टले। दिघो समयदेखि यो सड़क राज्यका सार्वजनिक निर्माण विभागअन्तर्गत छ अनि तिनीहरूले केन्द्रबाट आएको पैसा खेर फाल्नबाहेक केही नगरेका तिनको आरोप छ। यतिका वर्षमा सड़कलाई एक मिटर पनि फराकिलो बनाउन सकेका छैनन्। उल्टो सुकनामा सड़क निर्माणको नाममा अहिले करोड़ौँ रुपियाँ खेरो फाल्दैछन्। यस विषयमा सार्वजनिक निर्माण विभागको राष्ट्रिय राजमार्ग डिभिजन (डिभिजन-9) का कार्यकारी इञ्जीनियर देवव्रत ठाकुरले भने, सांसदले…
Read More
ढुङ्गा बोकेका ट्रकहरू बङ्गलादेश प्रस्थान

ढुङ्गा बोकेका ट्रकहरू बङ्गलादेश प्रस्थान

आइतवार फूलबारी सीमामा उत्सवको माहोल देखियो। लामो समयपछि भारतको ढुह्गा बोकेको ट्रकको चक्का बङ्गलादेशतर्फ बढ्यो। आज अपराह्नसम्म भारतबाट 63 वटा ढुङ्गा बोकेको ट्रक र 4 वटा चामल बोकेको वाहनसहित 67 वटा वाहनहरू बङ्गलादेशतर्फ प्रस्थान गरेका छन्। यसकारण इद अनि दुर्गा पूजामा जस्तै स्थानीय मानिसहरू उत्साहित देखिए। दिउँसो 1 बजी नरिवल फुटाएर यस यात्राको शुभारम्भ गरियो। यसरी निरन्तर चलिरहे स्थानीय अर्थतन्त्रले फेरि गति लिने धेरै बताए। फूलबारी एक्सपोर्टर युनियनका अध्यक्ष जमिर बादशाहले भने, झण्डै तीन वर्ष लामो सङ्घर्ष आज (आइतवार) सफल भयो। यहाँका हजारौँ गाड़ी मालिकहरूमा फेरि आशा जागेको छ। साथै हजारौँ चालक र सहचालकहरूको रोजगार पनि कायम हुनेछ।फूलबारीका व्यापारी शुभङ्कर…
Read More
महिलाद्वारा आत्महत्या

महिलाद्वारा आत्महत्या

विवाहित महिला भगवती पाललाई सिलगढ़ी नगरनिगमको वार्ड नं. 36, शान्ति नगरमा झुण्डिएको अवस्थामा फेला पारिएको छ। यस घटनाले शङ्का र आक्रोश उत्पन्न गराएको छ। प्राप्त रिपोर्टअनुसार, परिवारका सदस्यहरूले सोमवार बिहान तिनको शव फेला पारेका थिए अनि त्यसबारे पुलिसलाई जानकारी दिए। आसीघर पुलिस चौकीका अधिकारीहरू घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिए र पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाए।मृत महिलाको परिवारले भगवतीलाई दहेजका लागि हत्या गरिएको आरोप लगाएको छ। तिनीहरूले तिनका श्रीमानले दहेजको मागमा भगवतीलाई शारीरिक रूपमा दुर्व्यवहार गर्ने गरेको र तिनले यसभन्दा पहिले पनि दुईपटक आत्महत्या गर्न प्रयास गरेकी परिवारले बताएको छ। परिवारले ससुराल पक्षले बारम्बार पैसाका लागि दबाउ…
Read More
होमस्टेहरूलाई सरकारी सहयोग राशि वितरण

होमस्टेहरूलाई सरकारी सहयोग राशि वितरण

राज्य सरकारले पहाड़का होमस्टेहरूलाई प्रोत्साहन दिन आर्थिक सहयोग गरिरहेको छ। गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) मार्फत मङ्गलवार 1 करोड़ 78 लाख 50 हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ। यो रकम 347 जना होमस्टे मालिकहरूबीच वितरण गरिनेछ। दार्जीलिङका जिल्ला शासकको उपस्थितिमा हिजो प्रत्येक होमस्टे मालिकलाई किस्तीमा 1.5 लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरियो। हिजो 45 जनाले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् भने बाँकी 299 जनाले दोस्रो किस्ताको रकम पाएका छन्। जिल्ला शासकको कार्यालयमा कार्यक्रम आयोजित गरिएको थियो। जीटीएका अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए।
Read More
साप्ताहिक बन्दले लाटागुड़ी पुगेका पर्यटकहरू निराश

साप्ताहिक बन्दले लाटागुड़ी पुगेका पर्यटकहरू निराश

एकतर्फ एशियन फोक फेष्ट अर्कातिर क्रिसमस। यी दुई आकर्षणले गर्दा लाटागुड़ी पर्यटकहरूले भरिएको छ। तर लाटागुड़ी आएर फोक फेष्टको आनन्द लिए पनि पर्यटकहरूले जङ्गल सफारी गर्न पाएनन्। बुधवार साप्ताहिक बिदाको रूपमा लाटागुड़ी जङ्गल बन्द रहन्छ। त्यसैले नजिकै पुगेर पनि जङ्गलभित्र छिर्न नपाउँदा धेरै पर्यटकहरू निराश बने। यसअघि पनि धेरैपल्ट साप्ताहिक बिदा हुँदाहुँदै पर्यटकहरूको भीड़लाई ध्यानमा राखेर वन विभागले सफारीको अनुमति दिएको थियो। यो वर्ष भने वन विभागले सफारी खुल्ला राख्ने अनुरोध अस्वीकार गरिदिको छ। क्रिसमसदेखि नयाँ वर्षको आरम्भसम्म डुवर्सका सबै ठाउँहरूमा पर्यटकहरूको अत्यधिक भीड़ हुने अनुमान पर्यटन व्यवसायीहरूले अग्रिम बुकिङबाट नै गरेका थिए। यसमा लाटागुड़ी पनि अपवाद भएन। जङ्गल भ्रमण,…
Read More
छुट्टै राज्यको मागमा रेल रोको आन्दोलन

छुट्टै राज्यको मागमा रेल रोको आन्दोलन

ग्रेटर कोचबिहार पीपल्स एसोसिएशनले चेताउनी दिएर फेरि आन्दोलन आरम्भ गरेको छ। कोचबिहारलाई छुट्टै राज्यको रूपमा मान्यता दिने माग गर्दै लगभग 8 वर्षपछि फेरि रेल रोको आन्दोलन थालिएको छ। यसको कारण मङ्गलवार रातिदेखि पूर्वोत्तर भारतीय रेल सेवा प्रभावित बनेको छ। न्यू जलपाइगढ़ी-गुवाहाटी बन्दे भारत एक्सप्रेस, बँगाईगाउँ-न्यू जलपाइगढ़ी एक्सप्रेसजस्ता रेलहरू रद्द गरिएका छन्। डिब्रुगढ़-नई दिल्ली राजधानी एक्सप्रेस, आनन्द बिहार अरुणाचल एक्सप्रेस, नई दिल्ली एक्सप्रेस र कामाख्या-राजेन्द्रनगर एक्सप्रेसलाई घुमाउरो मार्ग भएर चलाउनु परिरहेको छ। स्वाभाविक रूपमा धेरै यात्रीहरूले समस्याको सामना गरिरहेका छन्। छुट्टै राज्यको माग गर्दै ग्रेटर कोचबिहार पीपल्स एसोसिएशन र कोचबिहार राज्य डिमाण्ड कमिटी नामक दुई सङ्गठनका कार्यकर्ताहरूले पहिले कोचबिहार जिल्ला प्रशासन…
Read More
भोरेर आलो पुलिस थाना आमबारीमा सारिने

भोरेर आलो पुलिस थाना आमबारीमा सारिने

एकातिर पूर्वाधारको अभाव, अर्कातिर थानामा दर्ता हुने मामिलाहरूको सङ्ख्या सीमित। प्रायः अधिकारीहरूको काम पर्यटन परियोजनाको अनुगमनदेखि ट्राफिक व्यवस्थापनसम्म सीमित छ। साथै लगातार भीआईपी ड्युटी पनि गर्नुपर्छ। यस्तो स्थितिमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको सपना परियोजना मेगा पर्यटन केन्द्र गजलडोबा अर्थात भोरेर आलोस्थित सिलगढ़ी पुलिसको पूर्ण थानालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय लिइएको छ। राज्य पुलिस सूत्रअनुसार, यसै हप्ता नवान्नमा भएको उच्च स्तरीय छलफलपछि सिलगढ़ी पुलिस कमिश्नरेटअन्तर्गत भोरेर आलो थानालाई चाँड़ै अर्को स्थानमा सारिने प्रक्रिया थालिएको छ। मेगा पर्यटन केन्द्र भोरेर आलोमा पहिले झैँ एउटा पुलिस चौकी राखिनेछ जसलाई गजलडोबा पुलिस चौकीको रूपमा चिन्न सकिन्छ। नयाँ भोरेर आलो थानालाई वर्तमान स्थानबाट लगभग…
Read More
देश विरोधी गतिविधिमा संलग्नको आरोपमा फ्रान्सिस एक्का पक्राउ

देश विरोधी गतिविधिमा संलग्नको आरोपमा फ्रान्सिस एक्का पक्राउ

देशविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नक्सलबारीको बेलगाछी चियाबारीबाट फ्रान्सिस एक्कालाई सेनाले पक्राउ गरेको छ। मङ्गलवार राति सेनाको त्रिशक्ति कोर्प, नेशनल डिजाष्टर रेसपोन्स फोर्स (एनडीआरएफ) र दार्जीलिङ पुलिसले संयुक्त अपरेशन चलाएर तिनलाई पक्राउ गरेको हो। पक्राउ परेका फ्रान्सिसकी पत्नी नक्सलबारी पञ्चायत समितिकी एक सदस्य हुन्। फ्रान्सिसको घरबाट रेडियोधर्मी पदार्थ क्यालिफोर्नियम र डिफेन्स रिसर्च एण्ड डेभलपमेण्ट अर्गनाइजेशन (डीआरडीओ) का धेरै गोप्य कागजात फेला पारिएको छ। तिनले डीआरडीओका दस्तावेजहरू तस्करी गरेको आरोप छ। सेनाअनुसार, अन्तर्राष्ट्रिय बजारमा प्रति ग्राम क्यालिफोर्नियमको मूल्य झण्डै 17 करोड़ रुपियाँ छ। केही महीनाअघि बिहारमा पनि यसै रेडियोधर्मी पदार्थसहित तीनजनालाई पक्राउ गरिएको थियो। फ्रान्सिसलाई मङ्गलवार राति केरकार गरेपछि तिनलाई पानीघट्टा…
Read More