09
May
खुल्ला भारत-नेपाल सीमामा कठोर निगरानीको व्यवस्था गरिएको छ। यसैबीच खोरीबारी पुलिसले अवैध रूपमा नेपाल प्रवेश गरिरहेको आशङ्कामा एकजना तिब्बती नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम लेण्डुप दिछेन हो। पक्राउ परेका व्यक्तिलाई शुक्रवार दिउँसो सिलगढ़ी महकुमा न्यायालय प्रस्तुत गरियो। भारत-नेपाल सीमाको खोरीबारी डङ्गुजोत क्षेत्रमा सीमामा गस्ती गर्ने क्रममा बिहीवार साँझ एसएसबीका जवानहरूले आरोपी तिब्बती नागरिकलाई पक्राउ गरेका हुन्। एसएसबी सूत्रअनुसार तिब्बती नागरिक भारतबाट अवैध रूपमा मेची नदी पार गरेर नेपाल प्रवेश गर्न खोजिरहेका थिए। तिनीसित भारतीय आधार कार्ड र प्यान कार्ड छ। तर तिब्बती नागरिकसित नेपाल प्रवेश गर्न आवश्यक अनुमति थिएन। तिनको स्पष्टीकरणमा विसङ्गतिहरू पनि पाइयो। एसएसबीले तिनलाई पक्राउ…
