North Bengal

बाइसनको आक्रमणमा दुई घाइते

बाइसनको आक्रमणमा दुई घाइते

बाइसनको आक्रमणमा परी दुईजना घाइते भएका छन्। घना जङ्गलबाट निस्केर बाइसन मानव बस्ती क्षेत्रमा प्रवेश गर्दा निकै आतङ्क मच्चिएको छ। बाइसनको आक्रमणमा परी घाइते हुने शान्ति तिर्की(35) अनि नितेश उराँव(17) हुन्। तिनीहरू दुवै भादोवा लाइनका वासिन्दा हुन्। घाइते दुवैलाई बीरपाड़ा राज्य सामान्य अस्पतालमा भर्ना गरिएको छ। प्राप्त रिपोर्टअनुसार अलिपुरद्वार जिल्लाको बीरपाड़ा ब्लकअन्तर्गत पर्ने मदारीहाटको नाङडाला चियाबारी क्षेत्रमा यो घटना बुधवार बिहान भएको हो। उक्त चियाबारीदेखि केही पर दलमोर जङ्गल रहेको छ। स्थानीयहरूको आशङ्कामा त्यहीँ जङ्गलबाट बाइसन निस्केर चियाबारी क्षेत्रमा प्रवेश गरेको हो। सूचना पाएपछि तुरुन्त दलगाँउ रेञ्जका वन अधिकारीहरू अनि बीरपाड़ा थानाका पुलिस कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। पछि बाइसन डिमडिमा…
Read More
चितुवाको आक्रमणमा महिला घाइते

चितुवाको आक्रमणमा महिला घाइते

चितुवाले आक्रमण गर्दा फालाकाटाको तसाती चियाबारीमा काम गरिरहेकी एउटी महिला श्रमिकलाई घाइते भएकी छन्। मङ्गलवार भएको उक्त घटनाले चियाबारी वरिपरि क्षेत्रमा त्रास फैलिएको छ। घाइते श्रमिकको नाम दुखुनी मुण्डा हो। प्राप्त रिपोर्टअनुसार मङ्गलवार बिहान अन्य श्रमिकहरूसित चियाबारीमा काम गरिरहेकी बेला अचानक झाड़ीबाट निस्किएको चितुवाले दुखुनीलाई आक्रमण गऱ्यो। चितुवाको आक्रमणमा तिनलाई निकै चोटपटक लागेको छ। तिनको चित्कार सुनेर अन्य श्रमिकहरू तुरुन्तै घटनास्थलमा पुगे र तिनलाई उद्धार गरे। तिनलाई पहिले तसाती चियाबारी अस्पतालमा लगिएको थियो तर पछि थप उपचारका लागि बीरपाड़ा राज्य सामान्य अस्पतालमा लगिएको छ।
Read More
होलीमा लगाइने अबिरको मागमा ह्रास

होलीमा लगाइने अबिरको मागमा ह्रास

होली नजिक आइरहेको छ त्यसैले फूलबारी सीमावर्ती क्षेत्रनजिक चम्पागाछस्थित अबिर (रङ्गीन धुलो) कारखानाका मजदुरहरू व्यस्त छन्। तर यो वर्ष माग कम्ती भएको कारण उत्पादनमा उल्लेखनीय ह्रास आएको छ। कारखानाका कर्मचारी जीवन मण्डलले बताएअनुसार विगत बीस वर्षदेखि यस क्षेत्रमा भूटानबाट ल्याइएका सामग्री प्रयोग गरी अबिर उत्पादन हुँदै आएको छ। अघिल्लो वर्षसम्म यहाँ उत्पादन गरिने अबिर सिलगढ़ी, इस्लामपुर र रायगञ्जलगायत विभिन्न स्थानमा बिक्री हुन्थ्यो। तर यो वर्ष माग घटेको कारण सीमित मात्रामा उत्पादन भइरहेको छ। पहिले 10-12 जना कर्मचारीहरूले तीनदेखि चार प्रकारका बेग्लाबेग्लै रङगको अबिर बनाउने गर्थे। तर यो वर्ष केवल तीनजना कर्मचारीहरूले गुलाबी र पहेँलो रङ्गको अबिर उत्पादन गरिरहेका छन्। उत्पादन…
Read More
महिलाको मृत्युपछि जलपाइगढ़ी मेडिकल कलेजमा विवाद

महिलाको मृत्युपछि जलपाइगढ़ी मेडिकल कलेजमा विवाद

एक गर्भवती महिलाको मृत्युको कारणर विवाद उत्पन्न भएको छ। सोमवार बिहान जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पतालको प्रसुति विभागमा उक्त घटना भएको हो। 25 वर्षीय मोहसिना बेगम जलपाइगढ़ी सदर ब्लकको बहादुर ग्राम पञ्चायतको सरकारपाड़ा क्षेत्रकी निवासी थिइन्। सोमवार बिहान प्रसव पीड़ा आरम्भ हुँदा मोहसिनालाई परिवारका सदस्यहरूले जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पताल पुऱ्याए। तर अस्पतालको मदर एण्ड चाइल्ड हबको आपत्कालीन विभागका चिकित्सकले तिनलाई मृत घोषित गरे।यता मृत महिलाका परिवारजनले अस्पतालमा उपचारमा लापरवाही भएको आरोप लगाएका छन्। परिवारको दाबीअनुसार गत हप्ता जब मोहसिनालाई प्रसव पीड़ा भएको थियो तब तिनलाई अस्पताल ल्याइएको थियो। त्यसपछि एक दिनका लागि अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरूले तिनलाई डिस्चार्ज…
Read More
20 ऐकरबाट हराए चियाका बोटहरू!

20 ऐकरबाट हराए चियाका बोटहरू!

चियाका बोट उखेलेर ती जमीनलाई परित्यक्त देखाई टी टुरिज्म परियोजनाका लागि प्रयोग गर्न खोजिएको आरोप लागेको छ। तराईका धेरै चियाबारीहरूमा यो कार्य आरम्भ भइसकेको छ। डागापुर चियाबारीमा पनि यस्तै दृश्य देखिएको छ। उक्त चियाबारीको लगभग 20 ऐकर क्षेत्रबाट चियाका बोटहरू हटाइएको छ। आरोपअनुसार एकै दिनमा होइन तर क्रमशः एक वर्षको अवधिमा बाटोनजिक चियाबारीबाट चियाका बोटहरू अनि छायाँ दिने रूखहरू हटाइएका छन्। चियाबारीलाई नष्ट गरेर होटल, रिसोर्ट, आवासीय संरचना बनाउने प्रयास भइरहेको चिया श्रमिकहरूले बताइरहेका छन्। श्रमिकहरूको भविष्य अन्धकारतर्फ धकेलिएको तिनीहरूको गुनासो छ। सीटूका दार्जीलिङ जिल्ला सचिव गौतम घोषले भने, "चियाबारी मालिकहरूले योजनाबद्ध रूपले राति चियाका बोट उखेलेर जमीन खाली गरिरहेका…
Read More
बाघडुग्रा विमानस्थलमा करोड़ौको कारोबारमा दुई दलबीच मिलीजुली सिण्डिकेट

बाघडुग्रा विमानस्थलमा करोड़ौको कारोबारमा दुई दलबीच मिलीजुली सिण्डिकेट

राजनीतिक मतभेद धेरै भए पनि व्यापारका लागि कुनै बाधा छैन। बाघडुग्रा विमानस्थलको विस्तारका लागि ठूलो मात्रामा बालुवा, ढुङ्गा, रड, सिमेण्ट जस्ता निर्माण सामग्री आवश्यक पर्नेछ। यो परियोजना करोड़ौँ रुपियाँको छ र आवश्यक सामग्री स्थानीय रूपमा नै आपूर्ति गरिनेछ। ठेक्का पाएका एजेन्सीहरू प्रायः सत्तारूढ़ दलको सिण्डिकेटबाट नै सामग्री लिन बाध्य रहने आरोप छ। बाघडुग्रा विमानस्थलको काम केन्द्र सरकारको भए पनि सिलगढ़ीमा भारतीय जनता पार्टी (भाजपा) को प्रभाव कम भएकाले एक प्रभावशाली भाजपा नेताले तृणमूल कङ्ग्रेसको एउटा समूहसित मिलेर काम गरिरहेको बताइएको छ। यस सम्झौताअनुसार सबै निर्माण सामग्री आपूर्तिको जिम्मा तृणमूलका एकजना युवा नेतालाई दिइएको छ। यसले दुवै पार्टीभित्र असन्तुष्टि फैलिएको छ…
Read More
मेडिकलमा फोहोर व्यवस्थापन परियोजना

मेडिकलमा फोहोर व्यवस्थापन परियोजना

उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधानका लागि सिलगढ़ी महकुमा परिषदका सभापति अरुण घोषले स्थायी समाधानको आश्वासन दिएका छन्। सोमवार मेडिकल कलेजमा प्लास्टिक बोतल क्रश गर्ने मसिन उद्घाटन कार्यक्रममा तिनले यसबारे बताएका हुन्। उद्घाटनपछि सभापति घोषले भने, मेडिकल कलेज ठूलो क्षेत्र हो। यहाँको वातावरण सफा राख्न आवश्यक छ। यसका लागि सिलगढ़ी नगर निगमसित समन्वय गरेर महकुमा परिषदले आवश्यक कदम उठाउनेछ। साथै मेडिकलमा सलिड वेष्ट म्यानेजमेण्ट परियोजना बनिरहेको छ जुन चाँड़ै नै आरम्भ हुनेछ। यस परियोजनाले फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नेछ। त्यस्तै मेडिकल कलेजमा खानेपानी समस्याको समाधानका लागि पनि महकुमा परिषदले पहल गर्नेछ।कार्यक्रममा अस्पतालका सुपर सञ्जय मलिक,…
Read More
नदीको किनारमा अज्ञात व्यक्तिको घाँटी रेटिएको शव उद्धार

नदीको किनारमा अज्ञात व्यक्तिको घाँटी रेटिएको शव उद्धार

नदीको किनारमा एक अज्ञात व्यक्तिको घाँटी रेटिएको शव फेला परेको छ। घटना खोरीबारीको थानझोड़ा चियाबारीनजिक रहेको गुयाबारी क्षेत्रमा भएको हो। शनिवार डुमुरिया नदीको किनारमा उक्त शव भेटिएको हो। स्थानीय मानिसहरूले शव देखे। शवको छेउमै एउटा धारिलो हतियार पनि फेला परेको छ जसमा रगत लागेको देखिन्छ। घटनाको जानकारी पाएपछि खोरीबारी पुलिस घटनास्थल पुग्यो। सिलगढ़ी महकुमा परिषदका सदस्य किशोरीमोहन सिंह पनि घटनास्थल पुगे। प्रारम्भिक अनुमानअनुसार यो हत्या हुनसक्ने आशङ्का गरिएको छ। मृत व्यक्तिको पहिचान अहिलेसम्म हुन सकेको छैन। खोरीबारी पुलिसले अन्य विभिन्न थानासँग सम्पर्क गर्न आरम्भ गरिसकेको छ। घटनास्थलमा फरेन्सिक टोली पनि बोलाइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।
Read More
दार्जीलिङ, मिरिक अनि कालेबुङलाई हेलिकप्टर परिसेवा

दार्जीलिङ, मिरिक अनि कालेबुङलाई हेलिकप्टर परिसेवा

दार्जीलिङका सांसद राजु विष्टको पहलमा पूर्वाधार विकासमा नयाँ नयाँ उपलब्धिहरू प्राप्त हुँदैछ। तिनले पर्यटन र पहाड़ी जिल्लाहरूको पूर्वाधार सुधारका लागि नवीन प्रयास अघि बढ़ाइरहेका छन्। तिनले बाघडुग्रादेखि दार्जीलिङ, मिरिक र कालेबुङका लागि हेलिकप्टर परिसेवा आरम्भ गर्ने आफ्नो सपनालाई साकार पार्न पहल गरिरहेका छन्। यसै सन्दर्भमा तिनी केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडूसित भेट गरिसकेका छन् साथै केन्द्र सरकारको क्षेत्रीय कनेक्टिभिटी योजना तथा पहाड़ी क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्ने वाचालाई अघि सारेका छन्।हालैको केन्द्रीय बजटमा अर्थमन्त्रीले सरकारद्वारा उड़ान क्षेत्रीय कनेक्टिभिटी योजना लागू गरिने घोषणा गरेकी थिइन्। यस योजनाअन्तर्गत साना विमानस्थल र हेलिप्याडको विकास, उत्तरपूर्वी क्षेत्रको पर्यटन प्रबर्द्धन, होमस्टे तथा पहाड़ी जिल्लाको…
Read More
जेईई परीक्षामा पश्चिम बङ्गालमै दोस्रो देवाद्रिता

जेईई परीक्षामा पश्चिम बङ्गालमै दोस्रो देवाद्रिता

जेईई (मेन्स)-को पहिलो सेशनमा पश्चिम बङ्गाल राज्यमा सम्भावित दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन् सिलगढ़ीकी देवाद्रिता दास। दोस्रोपटक परीक्षा दिएर तिनले उत्कृष्ट परिणाम प्राप्त गरेकी छन्। तिनले 99.99 प्रतिशत अङ्क प्राप्त गरेकी छिन्। सिलगढ़ी निर्मला कन्भेण्टकी पूर्व विद्यार्थी देवाद्रिता पश्चिम बङ्गालमा सम्भावित दोस्रो तथा उत्तर बङ्गालमा सम्भावित पहिलो स्थानमा रहेकी छिन्। तिनले आईआईटी बम्बेमा कम्प्युटर साइन्स पढ्ने लक्ष्य राखेकी छिन्। आफ्नो लक्ष्य प्राप्त गर्न तिनले दुई वर्षअघि कोटा गएर एउटा संस्थामा तयारी आरम्भ गरेकी थिइन्। तिनले गएको वर्ष जेईई एडभान्स परीक्षा पनि उत्तीर्ण गरेकी थिइन्। तर आईआईटी बम्बेमा भर्ना हुनै लाग्दा बिहान अचानक तिनका पिता डा. अरूप दास अस्वस्थ…
Read More