North Bengal

डुवर्समा बाघ गणना गरिने

डुवर्समा बाघ गणना गरिने

नेउरा भ्याली नेशनल पार्कसितै समतल भूभागका गोरुमारा नेशनल पार्क र चम्प्रामारी अभयारण्यमा संयुक्त रूपमा बाघ गणना गरिने भएको छ। यो गणना नेशनल टाइगर प्रोजेक्ट कञ्जर्भेशन, वाइल्डलाइफ इन्स्टिच्युट अफ इण्डिया र वन विभागले संयुक्त रूपमा सञ्चालन गर्नेछन्। प्राप्त जानकारीअनुसार चालु महीनाको 18 वा 20 तारिखदेखि गणना आरम्भ हुने सम्भावना छ। उता फरवरी महीनामा चिसो केही कम्ती भएपछि नेउरा भ्यालीमा बाघ गणना आरम्भ गरिनेछ। सूत्रअनुसार ट्र्याप क्यामेरामा कैद भएका बाघका तस्बिर, पोलीगन विधि अपनाएर रूखमा बाघले नङग्राले लगाएको दाग, मलका नमुना तथा खुट्टाका छापका आधारमा गणना गरिनेछ। यसअघि नै गोरुमारा र चम्प्रामारीमा वनकर्मीहरूलाई तालिम दिइएको छ।बक्सा टाइगर प्रोजेक्ट क्षेत्रमा सन् 2024 को…
Read More
4 लाख मानिसहरूलाई नोटिश पठाउने चुनाउ आयोगको तयारी

4 लाख मानिसहरूलाई नोटिश पठाउने चुनाउ आयोगको तयारी

तथ्यगत (लोजिकल) असङ्गतिका कारण कोचबिहार जिल्लामा लगभग 4 लाख मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको छ। जिल्ला प्रशासन सूत्रबाट यस्तै जानकारी सार्वजनिक भएको हो। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गतको सुनुवाइ चरणमा अहिलेसम्म ती व्यक्तिहरूलाई मात्र बोलाइँदै थियो जसले 2002 को सूचीसित कुनै प्रकारको लिङ्क (परिवारका सदस्यको सम्बन्ध) देखाउन सकेका थिएनन्। तर अब तथ्यगत असङ्गतिका कारण जिल्लाका नौवटै विधानसभा क्षेत्रबाट प्रत्येक क्षेत्रमा लगभग 20 देखि 40 हजार मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको खबर छ। यो खबर बाहिरिएसितै विभिन्न क्षेत्रमा चिन्ता बढ़ेको छ।नयाँ रूपमा धेरै मानिसहरू हैरानीको शिकार हुन सक्ने अड़कल राजनैतिक वृत्तमा चल्न थालेको छ। तथ्यगत असङ्गतिका कारण…
Read More
डाउहिलमा विरल प्रजातिको हिरण

डाउहिलमा विरल प्रजातिको हिरण

वर्षको आरम्भमै राज्य वन विभागका लागि अत्यन्तै खुशीको खबर आएको छ। पहाड़ी जङ्गलहरूमा प्रायः कालो चितुवा देखा पर्दै आएको बेला यसपल्ट दार्जीलिङ पहाड़को जङ्गलमा कालो हरिण देखा परेको छ। राज्यको इतिहासमै पहिलोपल्ट सार्वजनिक रूपमा कालो हरिण देखिएको वन विभागले दाबी गरेको छ। वन विभाग सूत्रअनुसार लगभग दस लाख हरिणमध्ये यस्ता एक–दुईवटा मात्र कालो हरिण जन्मिने गर्छन्। त्यसैले बिहीवार बिहान उक्त हरिण देखिएसितै वन विभाग उत्साहित भएको हो। कारण देशभरि यस्तो कालो हरिण अत्यन्तै सीमित सङ्ख्यामा मात्र छन्। साथै जङ्गलभित्र घुमिरहेको उक्त कालो हरिणको दृश्य खरसाङ वन विभागका डीएफओ देबेश पाण्डे स्वयंले क्यामेरामा कैद गर्न सफल भएका हुन्।वन विभागअनुसार कालो चितुवालाई…
Read More
आक्रमणमा बाबा–छोरा घाइते

आक्रमणमा बाबा–छोरा घाइते

सड़कमा एक युवक–युवतीलाई आपत्तिजनक अवस्थामा देखेर विरोध गर्दा सिलगढ़ीको बतासी क्षेत्रका एक व्यवसायी र तिनका छोरा कुटपिटमा परेर घाइते भएका छन्। घटनासित सम्बन्धित बुढ़ागञ्जको चरनाजोतका पाँचजनालाई पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू मोहम्मद हासिमुद्दीन शेख, हासीबुल शेख, हसिना बिबी, रिना खातुन र मेनका खातुन हुन्।पाँचजनालाई पक्राउ गरिएसितै पुलिसले एउटा गाड़ी पनि जफत गरेको छ। पक्राउ परेकाहरूलाई बुधवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको थियो। सिलगढ़ी महकुमा पुलिस अधिकारी सौमजित रायले भने, हुलदङ्गा गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको हो। बतासी रेल स्टेशननजिक गोपाल सरकारको हार्डवेयर पसल छ। मङ्गलवार साँझ पनि तिनी हिँड्न निस्किएका थिए। आरोपअनुसार त्यसै समयमा स्टेशन परिसरमा एक युवक–युवतीको…
Read More
बक्सा टाइगर रिजर्भमा पर्यटकहरूको भीड़

बक्सा टाइगर रिजर्भमा पर्यटकहरूको भीड़

जाड़ो पर्न साथ अलिपुरद्वारमा पर्यटकहरूको उल्लेखनीय भीड़ देखिन थालेको छ। बक्सा टाइगर रिजर्भमा पर्यटकहरूको आगमन आरम्भ भएको छ। जङ्गलको रोमाञ्च अनुभव गर्न बिहानैदेखि पर्यटकहरू लामो लाइनमा उभिन बाध्य बनेका छन्। बक्सा टाइगर रिजर्भअन्तर्गत पर्ने राजाभातखावा टिकट काउण्टरमा पर्यटकहरूको लामो लाइन देखिएको छ।धेरैजसो पर्यटकहरू कलकत्ता तथा दक्षिण बङ्गालका विभिन्न क्षेत्रबाट बक्साको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आएका छन्। प्राप्त जानकारीअनुसार पर्यटकहरू जयन्ती पहाड़देखि लिएर जङ्गल सफारीसम्म समेटिएको बक्साको सम्पूर्ण रोमाञ्चक अनुभव लिन इच्छुक छन्। एकान्त पहाड़को काखमा रहेको जयन्तीमा रात बिताउँदै प्रकृतिको निःशब्द सौन्दर्य तथा शुद्ध वातावरणको आनन्द लिनु नै पर्यटकहरूको मुख्य आकर्षण बनेको छ।प्रत्येक वर्ष जाड़ो याममा बक्सा टाइगर रिजर्भ पर्यटकहरूका…
Read More
पिकनिकमा मदिरा पार्टीका क्रममा झगड़ामा एक व्यक्तिको मृत्यु

पिकनिकमा मदिरा पार्टीका क्रममा झगड़ामा एक व्यक्तिको मृत्यु

मदिरा पार्टीका क्रममा भएको झगड़ाको कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरिएको छ। घटना बाघडुग्रा थानाअन्तर्गत पुटीमारीको शिमुलतला क्षेत्रमा भएको हो। मृत व्यक्ति नाम निखिल लोहार (47) हो। 31 दिसम्बरर नयाँ वर्षको पूर्व सन्ध्याको राति स्थानीय एक मैदानमा केही युवाहरू पिकनिक गरिरहेका थिए। उमेरले अन्यभन्दा धेरै ठूला भए पनि निखिल पिकनिकमा सहभागी भएका थिए। त्यही समयमा विवाद उत्पन्न भएपछि स्थानीय बिटु साहानी, नितेश कुमारसहित केही व्यक्तिहरूले निखिललाई निर्दय रूपमा कुटपिट गरेका आरोप छ। पछि राति लगभग बाह्र बजीतिर स्थानीय केही व्यक्तिहरूले घाइते अवस्थाका निखिललाई उद्धार गरी घर पुर्यागए। मृत निखिलका छोरा असितले भने, बाबाको मुखबाट निरन्तर रगत बगिरहेको थियो। हामीले…
Read More
नयाँ वर्षमा दलसिंहपाड़ा चियाबारी सुचारु

नयाँ वर्षमा दलसिंहपाड़ा चियाबारी सुचारु

नयाँ वर्षको आरम्भसितै उत्तर बङ्गालका चियाबारीमा खुशीको खबर आएको छ। बाँकी तलब र बोनस नपाएको कारण लगभग साढ़े दुई वर्षदेखि बन्द रहेको अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकअन्तर्गत दलसिंहपाड़ा चियाबारी अन्ततः खोलिएको छ। चियाबारीका मालिक पक्ष र श्रमिक युनियनका नेताबीच बैठक भएपछि चियाबारी पुनः सञ्चालनमा आएको हो। शुक्रवार बिहानदेखि श्रमिकहरू चियाबारीमा पुगेर कार्य आरम्भ गरे।समस्याको सुरुआत सन् 2023 मा भएको थियो। पूजाअघि बोनस दिने विषयबारे कर्मचारीहरू र चियाबारीका मालिक पक्षबीच विवाद चर्किएको थियो। त्यहाँदेखि यता दलसिंहपाड़ा चियाबारी बन्द नै रहेको थियो। अन्ततः श्रमिक सङ्गठनका नेताहरूसित बैठक भएपछि कर्मचारीहरूले पुनः चियाबारीमा कार्य आरम्भ गरेका हुन्।यसबारे जानकारी दिँदै होलीअघि नै कर्मचारीहरूको बाँकी रकम भुक्तान…
Read More
मैनागुड़ीको पुरानो बजारमा आगलागी

मैनागुड़ीको पुरानो बजारमा आगलागी

शुक्रवार बिहान जलपाइगढ़ी जिल्लाको मैनागुड़ी शहरस्थित पुरानो बजारमा भीषण आगलागी भएको छ। एकैचोटि धेरै पसलहरूमा आगो लागेको थियो। धुवाँ देखेपछि पहिले व्यापारीहरूले आफै आगो निभाउने प्रयास गरे। पछि दमकललाई खबर गरियो। खबर पाउन साथ दमकलका तीनवटा इञ्जिन घटनास्थल आएर आगो नियन्त्रणमा ल्याए। पछिल्लो जानकारीअनुसार यस आगलागीमा मोठ 12 वटा पसलहरूलाई क्षति पुगेको छ। स्थानीय सूत्रअनुसार शुक्रवार बिहान केही पसलबाट धुवाँ निस्किरहेको देखेपछि आगलागी भएको थाहा लाग्यो। त्यसपछि मैनागुड़ी र जलपाइगढ़ीबाट दमकलका इञ्जिन घटनास्थलमा आइपुगे। युद्धस्तरको तत्परताका साथ काम गर्दै दमकलकर्मीहरूले आगो नियन्त्रणमा ल्याए। कतै अझै पकेट फायर बाँकी छ कि छैन भन्ने विषयमा पनि जाँच भइरहेको छ। हालसम्म क्षतिको सटीक…
Read More
उत्तर बङ्गालमा चिसोसितै हल्का–हल्का वर्षा

उत्तर बङ्गालमा चिसोसितै हल्का–हल्का वर्षा

आकाश घना कालो बादलले ढाकेको छ। त्यससितै हल्का–हल्का वर्षा भइरहेको छ। चिसो हावा पनि बहिरहेको छ। संक्षेपमा भन्नुपर्दा सिलगढ़ीसहित सम्पूर्ण उत्तर बङ्गालको मौसम यस्तै छ। बिहानको तापक्रम 11 डिग्री थियो। दिउँसो तापक्रम केही बढ़े पनि चिसोको अनुभूति उस्तै रह्यो। सोमवारदेखि यस्तै प्रतिकूल मौसमले वासिन्दाहरू हैरान भएका छन्।जाड़ोको अनुभूति कम्ती गर्न कतै दाउरा बालेर मानिसहरूले शरीर तताइरहेका छन्। कतै घरमै रुम हिटर बालेर तापक्रम सामान्य राख्ने प्रयास भइरहेको छ। यस्तो मौसममा स्वाभाविक रूपमा सड़कमा मानिसको आवतजावत घटेको छ। आवश्यक परेकाहरू मात्र सड़कमा निस्कँदा टाउकोदेखि खुट्टासम्म न्यानो कपड़ाले शरीर ढाकिरहेका छन्। तर त्यसबाट पनि खासै धेरै आराम मिलेको छैन। सबैभन्दा दयनीय अवस्था…
Read More
नक्सलबारीमा श्मशानघाट निर्माण कार्यको शिलान्यास

नक्सलबारीमा श्मशानघाट निर्माण कार्यको शिलान्यास

आमादेर पाड़ा आमादेर समाधान शिविरअन्तर्गत अगस्त महीनामा श्मशानघाट निर्माणका लागि आवेदन बुझाइएको थियो। उक्त आवेदनको आधारमा दिसम्बरको अन्तिम दिनदेखि श्मशानघाट निर्माणको कार्य आरम्भ गरिएको छ। स्वतन्त्रतापछि पहिलोपल्ट नक्सलबारीको हात्तीघिसा ग्राम पञ्चायतअन्तर्गत पर्ने वीर सिंह गाउँले श्मशानघाट पाइरहेको छ।बुधवार नक्सलबारी पञ्चायत समिति सभापति आनन्द घोषले श्मशानघाट निर्माण कार्यको शिलान्यास गरेका हुन्। निर्माण कार्य आरम्भ भएसितै वीर सिंह जोत, केतु गाबुर जोत, भेल्टा जोतसहित चार अन्य गाउँका वासिन्दाहरूले लामो समयदेखि भोग्दै आएका समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ।परियोजना आरम्भ भएकोमा स्थानीय वासिन्दाहरूले खुशी व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै आनन्द घोषले गाउँलेहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै श्मशानघाट निर्माणको कार्य आरम्भ गरिएको बताए।…
Read More