16
Feb
भारतको विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसले उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहको नेपाल र श्रीलंकामा समेत सरकार विस्तार गर्ने योजना रहेको भन्ने विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेसले यस किसिमका अभिव्यक्तिले नै भारतको छिमेकीहरुसँगको सम्बन्ध बन्न पुगेको समेत जनाएको छ । ‘यस्तै मानिसहरुको बेवकुफीपूर्ण बयानकै कारण आज भारतको छिमेकीहरुसँगको सम्बन्ध सबैभन्दा खराब अवस्थामा आइपुगेको छ,’ कांग्रेसले सोमबार साँझ ट्वीट गर्दै भनेको छ । साथै उसले यस किसिमका अभिव्यक्ति दिएर भाजपाले जनतालाई मूर्ख बनाउने काम मात्र गरिरहेको भन्दै आलोचनासमेत गरेको छ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मख्यमन्त्री विप्लव देवले गत शनिबार भारतका…