Sports

सहभागी देशले कति स्वर्ण, रजत र कांस्य पदक जितेका छन्?

सहभागी देशले कति स्वर्ण, रजत र कांस्य पदक जितेका छन्?

२०२० ओलिम्पिक्सअन्तर्गत जापानका ४२ खेलस्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा भइरहेका छन्टो। क्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी दिने यो पाना स्वत: अद्यावधिक हुनेछ। सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोक्यो ओलिम्पिक्स २०२० का पहिलो पदकहरूको घोषणा जुलाई २४ मा हुनेछ। Click here to view the source
Read More
टोक्यो ओलिम्पिक्स २०२०: नामै नसुनिएका किशोर जसले पौडीमा स्वर्ण पदक जितेर विश्वलाई चकित पारे

टोक्यो ओलिम्पिक्स २०२०: नामै नसुनिएका किशोर जसले पौडीमा स्वर्ण पदक जितेर विश्वलाई चकित पारे

टोक्यो ओलिम्पिक्स-२०२० मा ४०० मिटर 'फ्री स्टाइल'तर्फ स्वर्ण पदक हात गर्ने पहिलो अफ्रिकी खेलाडी बन्दा किशोर पौडीबाज अहमद हाफ्नाओई टोक्यो अक्वाटिक सेन्टरमा नि:शब्द बने। अठार वर्षे ती खेलाडी छनोट चरणको अन्तिम खेलमा सबैभन्दा सुस्त थिए। तर उनले अस्ट्रेलियाका ज्याक मक्लक्लिनलाई पराजित गरेर उक्त खेलमा अहिलेसम्मको सबैलाई आश्चर्यचकित पारे। ती अस्ट्रेलियाली खेलाडीले रजत पदकमा चित्त बुझाउनुपर्‍यो भने अमेरिकाका केरन स्मिथले कांस्य पदक जिते। Click here to view the source
Read More
फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

 टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा फ्रान्स, अर्जेन्टिना र जापानले सफलता हात पारेका छन् । खेलमा तीनपटक पछि परे पनि फ्रान्सको यू–२३ टोलीले पुनरागमन गर्दै दक्षिण अफ्रिकाको युवा टोलीमाथि ४–३ को प्रतिस्पर्धात्मक जित हात पारेको हो । फ्रान्स पहिलो खेलमा मेक्सिकोसँग ४–१ ले पराजित भएको थियो । दक्षिण अफ्रिकाका लुथर सिंहले पेनाल्टी चुकाउँदा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै ७ गोल दोस्रो हाफमा सम्भव भएको थियो । फ्रान्सका लागि आन्द्रे पिएरे जिग्नाकले ह्याट्रिक पूरा गर्दा तेजी साभानिएरले विजयी गोल गरेका थिए । अफ्रिकाका कोवामेलो कोडिसाङ, इभिडेन्स माकगोपा र टेवोहो मोकोइनाले गोल गरे । पहिलो जितसँगै फ्रान्सले नकआउट चरण…
Read More
अनुभवी बक्सर विकास पहिलो चरणमै हारे

अनुभवी बक्सर विकास पहिलो चरणमै हारे

भारतका अनुभवी बक्सर विकास कृष्ण (६९ किग्रा) ले शनिवार यहाँ ओलम्पिक खेलहरूमा आफ्नो पहिलो बाउटमै स्थानीय दावेदार सेवोनरेट्स क्विन्सी मेनसाह ओकाजावा विरुद्ध ०५ ले एकतर्फी हारको सामना गर्नु पन्यो यसरी टोक्यो ओलम्पिको बक्सिङ्ग खेलमा नौ सदस्यीय भारतीय टोलीको शुरुवात निराशाजनक रह्यो । बाउटको अवधि २९ वर्षीय विकासको आँखा मुनि कट् लाग्यो । टोली सूत्रबाट थाहालागे अनुसार, काँधमा हल्का चोट भए पनि विकास रिङ्गमा ओर्लिएका थिए । शनिवार चुनौती पेश गर्ने विकास एकमात्र भारतीय बक्सर थिए । जापानका ओकाजावाले पूरा लड़ाइँमा धलिमलि कायम राखे अनि दुईपल्टका ओलम्पियन भारतीय बक्सर विरुद्ध जीत हासिल गर्न उनलाई कुनै असुविधा भएन। घाना मूलका २५ वर्षीय…
Read More
ओलिम्पिक्स खेलाडीहरू सुत्ने खाट कार्डबोर्डबाट बनाइएको छ। किन?

ओलिम्पिक्स खेलाडीहरू सुत्ने खाट कार्डबोर्डबाट बनाइएको छ। किन?

एक ओलिम्पिक्स खेलाडीले टोक्योस्थित ‌ओलिम्पिक भिलेजमा खेलाडीहरूलाई कार्डबोर्डबाट बनेको खाट विशेष उद्देश्यले दिइएको भन्ने चर्चा असत्य भएको पुष्टि गरिदिएका छन्। वातावरणीय र दिगो योजना टोक्यो ओलिम्पिक्स २०२० ले प्रमुख महत्त्व दिएको छ। नवीकरणीय स्रोतबाट विद्युत् आएको छ भने ओलिम्पिक्स टर्च पुनर्प्रशोधित एल्युमिनीअम र पदकहरू पनि पुनर्प्रशोधित यन्त्रबाट निर्माण गरिएका छन्। यसका कारण खेलाडीहरूलाई दिइएको कार्डबोर्डबाट बनेको खाटको पछाडि यौन गतिविधि नियन्त्रण गर्ने उद्देश्य भएको आशङ्का गरिएको थियो। केही मिथ्या सूचनामा ती खाट एकभन्दा बढी व्यक्ति सुतेमा भाँच्चिनेगरी बनाइएको र त्यसका उद्देश्य खेलाडीहरूले यौन सम्पर्क नगरून् तथा सामाजिक दूरी कायम राखून् भन्ने भएको दाबी गरिएको थियो। यसका निर्माताहरूले ती खाटमा २००…
Read More
युरोपछि ओलम्पिकमा पनि रंगभेदी दुर्व्यवहार कायमै, जर्मन फुटबल टोली मैदान छाड्न बाध्य

युरोपछि ओलम्पिकमा पनि रंगभेदी दुर्व्यवहार कायमै, जर्मन फुटबल टोली मैदान छाड्न बाध्य

टोकियो ओलम्पिक शुरु नहुँदै रंगभेदी दुर्व्यवहार भने शुरु भइसकेको छ। कुनै पनि अन्तराष्ट्रिय खेलकुदमा रंगभेदी दुर्व्यवहारको विषय नौलो होइन, र फुटबलमा त यी दुःखद घटना घटी नै रहन्छन्। ओलम्पिक खेल शुरु हुनु अगाडी शनिवार जर्मनी ओलम्पिक फुटबल टोलीले होन्डुरसको युवा टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। दोस्रो हाफको ८५औं मिनेटको खेल चलिरहँदा जर्मनी टोली एक्कासी मैदान छाड्न बाध्य भयो। जापानको ‘वाकायामा’मा खेलिएको अभ्यास खेलको निर्धारित ९० मिनेटको समय सक्किन ५ मिनेट अगावै जर्मन टोलीले मैदान छाड्यो। कारण, रंगभेदी दुर्व्यवहार। जर्मन रक्षक जोर्डन टोरुनारिघा माथि रंगभेदी दुर्व्यवहार भएको थियो। खेल १-१ को स्थितिमा हुँदा सो घटना घटेपछि जर्मन फुटबल फेडेरेसनले औपचारिक…
Read More
मुजफ्फरपुरमा सचिन तेन्दुलकरको मन्दिर बन्दै

मुजफ्फरपुरमा सचिन तेन्दुलकरको मन्दिर बन्दै

 भारतीय क्रिकेटमा हस्ती सचिन तेन्दुलकरको मन्दिर बन्ने भएको छ। सचिनका फ्यान सुधीर कुमारले भारतको मुजफ्फरपुरमा उनको मन्दिर बनाउन लागेको बताएका छन्। आगामी २ वर्षभित्र मन्दिर बन्ने उनले बताए। मन्दिर मार्बले बनाउने बताइएको छ। सुधीरका अनुसार उनलाई मन्दिर बनाउने प्रेरणा भारतमै अभिनेता रजनीकान्तको मन्दिर देखेपछि आएको थियो। मन्दिर निर्माणका लागि सुधीर खानाहरूको शुरुवातमा लग्यो र यसमा जस्तै प्रशंसकहरू थिएँ, हुन पनि त्यस्तै मंदिर निर्माण कार्य सञ्चालनको लागि बनाउँदै। फिल लाइभ, कोरोना संक्रमणको सुधीर पछिल्लो रिपोर्टि मैच टीममा टीम इंडियाको भावनात्मक बृद्धि हुने देशबाट बाहिर जान सक्दैन। जसरी यस दिनहरूमा तपाईंको परिवार र साथीहरू मुजफ्फरपुरमा समयको बारेमा छन्। दामोदरपुर मोहल्लेमान सचिन तेंदुलकर…
Read More
भारतीय क्रिकेटर ऋषभ पन्तसहित दुई खेलाडी कोरोना संक्रमित

भारतीय क्रिकेटर ऋषभ पन्तसहित दुई खेलाडी कोरोना संक्रमित

भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तसहित दुई खेलाडी कोरोना संक्रमित भएका छन्।एक रिर्पोटले यी तीन खेलाडीमध्ये एक एकको रिपोर्ट नेगेटिभ आइसकेको खुलाएको छ।२३ जुनमा साउथह्याम्पटनमा भएको वल्र्ड टेस्ट च्याम्पियनशिपपछि भारतीय टोलीका सबै खेलाडी छुट्टी मनाइरहेका थिए।टोलीका ब्याट्सम्यान रोहित शर्मा र अजिक्या रहाणे एकसाथ घुम्न निस्कदा पन्त युरो हेर्न पुगेका थिए।त्यस्तै रविचन्द्रन आश्विन पनि विम्बलन्डन टेनिस हेर्न पुगेका थिए।
Read More
आधा तलबमा पाँच वर्ष बार्सिलोना फुटबल क्लबमै बस्ने

आधा तलबमा पाँच वर्ष बार्सिलोना फुटबल क्लबमै बस्ने

लियोनेल मेस्सी पहिलेको भन्दा आधा तलबमा सन् २०२६ को अन्त्यसम्म बार्सिलोना फुटबल क्लबबाट खेल्न सहमत भएका छन्। तर यो घोषणाको कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडीहरू छोड्नुपर्ने हुन्छ। जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए। आर्जेन्टिनाका लागि कोपा अमेरिका २०२१ जिताएपछि उनी अहिले बिदामा छन् र सम्झौताका प्रावधानहरूलाई अन्तिम रूप दिन बाँकी नै छ। बार्सिलोनाले खेलाडीहरूलाई दिने कुल तलब घटाउन एन्टोनी ग्रिजम्यानलाई एट्लेको म्याड्रिडका साउल निगुयजसँग साट्न खोजिरहेको छ। बार्सिलोनाले कम नाम चलेका तीन खेलाडीलाई बेचिसकेको छ। तथापि मेस्सीको तलब जुटाउन केही नाम चलेका खेलाडीहरू बेच्नुपर्ने…
Read More
युरोकप २०२०: बिर्सन नसकिने क्षणहरु

युरोकप २०२०: बिर्सन नसकिने क्षणहरु

लण्डनको बेम्बलीमा भएको युरोकप २०२० फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै इटालीले उपाधि जितेसँगै युरोकप समाप्त भएको छ।  एक महिनाभर चलेको युरोकपमा इटालीले ३४ पटक अपराजित रहँदै दोस्रो पटक उपाधि चुम्न सफल भएको हो । युरोकपको ६० वर्षे इतिहासमा अहिलेसम्म १६ संस्करण आयोजना भएका छन् । जसमा १० राष्ट्रले उपाधि जितिसकेका छन् ।  कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना भएको थियो । १२ जुनबाट सुरु भएको यस प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको थियो । जसलाई ६ समूहमा विभाजन गरिएको गरिएको थियो।  युरोकप २०२० मा कुल ५१ खेलहरु भए जसमा १६ वटा पेनाल्टी…
Read More