20
Nov
विभिन्न राज्य मात्र होइन यसपल्ट आलु विदेश पनि निर्यात भइरहेको छ। आलु व्यापारी सङ्घका सूत्रहरूअनुसार, उत्तर बङ्गालबाट आलु अहिले बङ्गलादेशमा पठाइँदैछ। बङ्गलादेशमा आलुको व्यापक माग बढ़ेको छ। त्यसैले अहिले आलुको मूल्य घट्ने कुनै सम्भावना छैन। हिमघरमा पनि यसपल्ट आलुको भण्डारण धेरै घटेको छ। सरकारले 30 नोभेम्बरभित्र हिम घर खाली गर्ने निर्देश दिएको छ। त्यसअघि नै हिम घऱ खाली हुने आशा व्यक्त गर्दैछन् व्यापारीहरू। व्यापारी सङ्घका सूत्रअनुसार कोचबिहार चेङ्ग्राबन्धा सीमा हुँदै प्रत्येक दिन दुईदेखि तीन ट्रक आलु बङ्गलादेश पठाइँदैछ। यति बेला हिली र मेहेदीपुर सीमाबाट पनि बङ्गलादेशमा आलु पठाइरहेको छ। उत्तर बङ्गाल आलु व्यापारी सङ्घका सदस्य जगदीश सरकारले भने, रातो आलु…