28
Sep
सिलगढी : सिलगढीको मुटु भनेर चिनिने विधान मार्केटमा आज बिहान आगलागी भएको छ । पसलबाट धुवाँ निस्किएको देखेपछि स्थानीय पसलले तत्काल दमकललाई खबर गरेका थिए । सूचना प्राप्त हुने बित्तिकै दमकलका दुईवटा गाडी पुगे पनि त्यतिन्जेल आगोले निकै खतरनाक रुप लिएको थियो । त्यसपछि अन्य गाडी बोलाइयो, पाँच दमकल आगो निभाउनमा व्यस्त छन्। आगलागीबाट एउटा पसल जलेर खरानी भएको छ भने आठ पसलमा क्षति पुगेको स्थानीय पसलहरुले बताएका छन् । आगलागीका कारण पूरै विधान बजारमा त्रासको वातावरण देखिएको छ । आज शनिबार बिहान १०ः३० बजे पसलबाट धुवाँ निस्किएको देखेको स्थानीय पसलले बताए । यससँगै सम्पूर्ण क्षेत्रमा क्षती फैलियो । दमकललाई…
