13
Jan
दुई दिनअघि सड़क दुर्घटनामा सिलगढ़ीको वार्ड नम्बर 1 अन्तर्गत राजेन्द्र नगरमा एकजना 13 वर्षीय उदित झाको मृत्यु भएको थियो। आज मेयर गौतम देबले मृत उदित झाको परिवारसित भेट गरी समवेदना व्यक्त गरे अनि शोकको यस क्षणमा सहयोगको आश्वासन दिए। डम्परको ठक्करले उख्त बालकको दुःखद निधन भएको थियो जसले स्थानीय समुदायमा गहिरो स्तब्धता फैलाएको छ।सञ्चारमाध्यमसित कुराकानी गर्दै मेयर देबले शहरको मध्य भागमा डम्परजस्ता भारी वाहनको आवागमन अस्वीकार्य भएको बताए। यसले बासिन्दाहरू, विशेष गरी बालक-बालिकाको जीवनमा गम्भीर जोखिम पुर्याकउने तिनले बताए। तिनले भने, शोक संतप्त परिवारसित भेट गरेको छु। समवेदना प्रकट गर्ने मसित शब्दहरू नभए पनि पीड़ित परिवारको साथमा छु भन्ने सन्देश…
