North-East

भारतले नेपाललाई दिये कोभिड वैक्सीन

भारतले नेपाललाई दिये कोभिड वैक्सीन

संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ।नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन्। भारतको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ।आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका ६० प्रतिशत खोप उत्पादन गर्छ।
Read More
ट्रम्पको बिदाइ सम्बोधन : ‘आगामी प्रशासनलाई शुभकामना’

ट्रम्पको बिदाइ सम्बोधन : ‘आगामी प्रशासनलाई शुभकामना’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइटहाउसबाट बिदाइ सम्बोधन गरेका छन् । विभिन्न सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागेका कारण ट्रम्पको सम्बोधन द ह्वाइट हाउस युट्युब च्यानलमा राखिएको छ ।  सम्बोधनका क्रममा ट्रम्पले आफूहरुलाई नागरिकले दिएको अभिभारा पूरा गरेको दाबी गरे । ‘तपाईंहरुले चुनेअनुसार मैले कठिन लडाइँ र कठिन द्वन्द्वको सामना गरेँ,’ ट्रम्पले सम्बोधनका क्रममा भने । गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई ट्रम्पले अहिलेसम्म पूर्ण रुपमा स्वीकार गरेका छैनन् । नेपाली समयअनुसार बुधबार राति जो बाइडेन र कमला ह्यारिसले अमेरिकाको आगामी राष्ट्रपति र उपराष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । केही दिनअघि ट्रम्प समर्थकले अमेरिकी संसद् भवनमा मच्चाएको हिंसामा ५ जनाको मृत्यु भएको…
Read More
दक्षिण कोरियामा विदेशी नागरिकलाई पनि कोरोना खोप निःशुल्क

दक्षिण कोरियामा विदेशी नागरिकलाई पनि कोरोना खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि…
Read More
अमेरिकी राष्ट्रपति बाइडेनको ‘पहिलो संवाद’ क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग

अमेरिकी राष्ट्रपति बाइडेनको ‘पहिलो संवाद’ क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग टेलिफोन कुराकानी गर्ने भएका छन् । राष्ट्रपति बाइडेनकी प्रेस सचिव जेन साकीले आफ्नो पहिलो ह्वाइटहाउस मिडिया ब्रिफिङका क्रममा बाइडेनले क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग कुराकानी गर्ने जानकारी दिएकी हुन् । बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलो विदेशी नेताका रुपमा ट्रुडोसँग कुराकानी गर्दै छन् । साकीले मिडिया ब्रिफिङका क्रममा भनिन्, ‘राष्ट्रपति जो बाइडेनले शुक्रबार क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पहिलो फोन गर्नुहुनेछ । मलाई आशा छ कि क्यानडासँगको विशेष सम्बन्धका साथै किस्टोन एक्सएल पाइपलाइनजस्ता महत्त्वपूर्ण मुद्दामा हामीले जुन फैसला लिइरहेका छौं, त्यसबारे पनि कुराकानी हुनेछ ।’ साकीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने अहिले कुनै योजना नभएको पनि बताइन् ।…
Read More
भारतको सिरम इन्स्टिच्युटको आगलागीमा ५ जनाको मृत्यु

भारतको सिरम इन्स्टिच्युटको आगलागीमा ५ जनाको मृत्यु

भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेकाे सिरम इन्स्टिच्युटमा बिहीबार दिउँसोको आगलागीमा पाँच जनाको मृत्यु भएको छ । आगलागीबाट निर्माणाधीन अवस्थामा रहेकाे सिरम इन्स्टिच्युटमा भने क्षति नभएको र कोभिड–१९ खाेपको उत्पादनमा कुनै असर नपरेको कम्पनीले जनाएको छ । सय एकडको क्षेत्रफलमा रहेको भवनमा दिउँसो २ बजेर ४५ मिनेटमा आगो लागेको थियो । सेरम इन्स्टिच्युटलाई विश्वमै सबैभन्दा ठूलाे खाेप उत्पादक कम्पनी मानिन्छ । कम्पनीमा के कारण आगलागी भएको हाे भन्ने अहिलेसम्म खुलेको छैन । सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको कोराेना भाइरसविरुद्ध खाेपलाई कोभिसिल्डका नाममा उत्पादन गर्दै आएको छ ।
Read More
अमेरिकाले नेपाललाई सोध्यो चीनसँग गरिएको ‘सम्झौता’ बारे प्रश्न, तिब्बती शरणार्थीको सुरक्षाबारे चासो

अमेरिकाले नेपाललाई सोध्यो चीनसँग गरिएको ‘सम्झौता’ बारे प्रश्न, तिब्बती शरणार्थीको सुरक्षाबारे चासो

राष्ट्रसङ्घीय मानवाधिकार परिषद्‌‌मा नेपालको मानवाधिकारको स्थितिको समीक्षा हुन लागेको छ - फाइल तस्बिर नेपालको मानवाधिकार अवस्थाबारे जिनीभामा बिहीवार हुन लागेको तेस्रो आवधिक समीक्षाका क्रममा संयुक्त राज्य अमेरिकाले चीनसँग जोडेर नेपालका लागि केही प्रश्नहरू पठाएको पाइएको छ। संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयको वेबसाइटमा उक्त समीक्षा बैठकका लागि पहिल्यै पठाइएका प्रश्नहरूको सूची समावेश गरिएको छ। त्यसमा विभिन्न देशहरूले सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता, न्यायिक निष्पक्षता र सीमान्तकृत समुदायका अधिकारसहितका विषयमा प्रश्नहरू छन्। नेपाललाई संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र नोर्दन आयरल्यान्ड , लिक्टन्स्टाइन, बेल्जियम, स्लोभेनिया, जर्मनी, क्यानडा र पानमाले लिखित प्रश्नहरू पठाएका छन्। झन्डै साढे तीन घण्टा चल्ने नेपालको समीक्षामा १०२ वटा देशले…
Read More
तीन महिना को बाद चिनियाँ अर्बपति ज्याक मा

तीन महिना को बाद चिनियाँ अर्बपति ज्याक मा

चीन सरकारले आफ्नो व्यापारिक साम्राज्यविरुद्ध कारबाही थालेपछि अलिबाबा ग्रूपका संस्थापक तथा अर्बपति व्यापारी ज्याक मा पहिलो पटक सार्वजनिक जीवनमा देखा परेका छन्।केही महिना ओझेलमा परेकाले उनको स्थितिबारे निकै अडकालबाजी भएको थियो। एउटा सरकारी सञ्चारमाध्यमका अनुसार उनले बुधवार भिडिओमार्फत् ग्रामीण भेगमा कार्यरत १०० शिक्षकहरू छलफल गरेका थिए।उक्त समाचार प्रकाशित भएपछि हङ्‌कङ स्टक बजारमा अलिबाबाको शेअर मूल्य पाँच प्रतिशतले बढ्यो।स्थानीय तियान्मु न्यूजका अनुसार ज्याक माले आफ्नो परोपकारी संस्थाले अग्रसरता आयोजना गरेको कार्यक्रममा ती शिक्षकहरूलाई सम्बोधन गरेका थिए।
Read More
ट्रम्पको बिदाइ सम्बोधन: ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’

ट्रम्पको बिदाइ सम्बोधन: ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’

आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका छन्। "अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ," उनले भने। "हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।"
Read More
जो बाइडनः के होला नयाँ अमेरिकी राष्ट्रपतिको विदेश नीतिको प्राथमिकतामा

जो बाइडनः के होला नयाँ अमेरिकी राष्ट्रपतिको विदेश नीतिको प्राथमिकतामा

डोनल्ड ट्रम्पले अमेरिकाका सहयोगी राष्ट्रसँग सम्बन्ध बिगारे भने केही प्रतिद्वन्द्वीसँग मित्रता गाँसे। नयाँ राष्ट्रपति जो बाइडनले अरू देशसँग अमेरिकाको सम्बन्ध सुधार गर्न तथा अमेरिकी प्रभावलाई पुनः स्थापित गर्न निकै काम गर्नुपर्ने देखिन्छ। उनको विदेशनीति कस्तो होला अनि उनले आफ्नो काम कसरी थाल्लान्? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि एक जनाको आगमन, अर्काको बहिर्गमन - ह्वाइट हाउसमा अब यस्तो परिवर्तन'जो बाइडन पनि मजस्तै भकभक गर्छन्'महाभियोग खेपेका अमेरिकी राष्ट्रपतिहरूको यस्तो छ इतिहास
Read More
वैदेशिक रोजगार: मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

वैदेशिक रोजगार: मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन्। ती शवहरू नेपाल ल्याउन 'सरकारलाई आग्रह गरिए' अनुसार 'यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको' वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्‍याउने गर्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ। कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको…
Read More