22
Jan
नेपाली दूतावासले कतारमा १२ हजार जना नेपाली श्रमिक लैजान रोजगारदातालाई अनुमति दिएको छ । कोरोना महामारीपछि कतारी श्रम बजारको सुधारोन्मुख अवस्थालाई मध्यनजर गर्दै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको छ । दोहास्थित नेपाली दूतावासमा झन्डै १० महिनादेखि नयाँ श्रमिक लैजाने मागपत्रको प्रमाणीकरण रोकिएको थियो । ‘मागपत्र प्रमाणीकरण सुरु भएपछि रोजगारदाता आउने क्रम बढेको छ । झन्डै तीन साताभित्र नै १२ हजार जना ल्याउन अनुमति पाइसकेका छन्,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कान्तिपुरसँग भने, ‘श्रमिक ल्याउने माग गर्दै दैनिक रूपमा रोजगारदाता दूतावास आइरहेका छन् ।’ नेपाली श्रमिकका लागि हाल कतार अनुकूल बनिरहेको उनले बताए । ‘कोभिडपछि कतारको श्रम बजारको अवस्थालाई हामीले नजिकबाट नियालिरहेका थियौं । यहाँको राष्ट्रिय आयोजना…
