North-East

अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतङ्कवाद’ को जोखिम रहेको चेतावनी

अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतङ्कवाद’ को जोखिम रहेको चेतावनी

अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतङ्कवादको जोखिम रहेको भन्दै एउटा चेतावनी दिएका छन्।उनीहरूले त्यस्तो जोखिम गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको जनाएका हुन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ज्यानुअरी ६ मा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ। उसले जारी गरेको एउटा सूचनामा "सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट" त्यस्तो जोखिम रहेको उल्लेख छ।
Read More
२४ घण्टामा २८३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

२४ घण्टामा २८३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार २८६ छ भने क्वारेन्टाइनमा १२२ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा २४६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान…
Read More
किसान आन्दोलनले दिल्लीमा तनाव

किसान आन्दोलनले दिल्लीमा तनाव

भारतले गणतन्त्र दिवस मनाइरहँदा राजधानी नयाँदिल्लीका केही स्थानहरू भने किसान आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण दिनभर नै तनावग्रस्त रह्यो । त्यस क्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ भने थुप्रै आन्दोलनकारी र प्रहरी घाइते भएका छन् । तर, नयाँदिल्ली प्रहरी र आन्दोलनरत पक्षबीचको नियमित संवाद र संयमले थप क्षति भने भएन । गणतन्त्र दिवसका अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरूले सरकारको विरोधमा र्‍याली निकालेका हुन् । मोदी सरकारले पाँच महिनाअघि ल्याएको कृषि कानुनको विरोधमा आन्दोलनरत ४० वटा किसान संगठनहरूले गणतन्त्र दिवसकै दिन ट्र्याक्टर र्‍याली निकाल्ने पूर्वघोषित कार्यक्रमअनुसार नै मंगलबार उक्त र्‍याली…
Read More
विश्‍वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

विश्‍वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । पछिल्ला दिनमा बेलायतलगायत युरोपेली मुलुकमा तीव्र रुपमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिइरहेकाले पनि संक्रमितको संख्या बढिरहेको छ ।  यो समाचार तयार पार्दासम्म जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड २ लाख २१ हजारभन्दा बढी पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २१ लाख ५५ हजारभन्दा बढी पुगेको छ भने करिब ५ करोड ५३ लाख संक्रमणमुक्त भएका छन् । विश्वकै करिब २५ प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या करिब २ करोड ५४ लाख पुगेको छ ।…
Read More
ट्रम्पले खोले फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय

ट्रम्पले खोले फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा मंगलबार उनले कार्यालय स्थापना गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘कार्यालयबाट ट्रम्पले पूर्वराष्ट्रपतिको रूपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरू सञ्चालन हुने’ उनका सहयोगीहरूले जनाएका छन् । कार्यालयबाट पत्र तथा वक्तव्यहरू आदानप्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायत कार्य हुने पनि ट्रम्पका सहयोगीहरूको भनाइ छ । त्यसैगरी, ट्रम्प कार्यकालमा भए/गरेका कार्यहरूको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि कार्यालयबाट गतिविधिहरू सञ्चालन हुने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गरेका कार्यप्रति टिप्पणी गर्ने र त्यसविरुद्ध जनमत जुटाउने रणनीतिसमेत कार्यालयले अपनाउने अनुमान…
Read More
चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुई मुलुकले १२ वर्षअघिको स्वतन्त्र व्यापार सम्झौतालाई अद्यावधिक गरी मंगलबार नयाँ सम्झौता गरेका हुन् । न्युजिल्यान्डको छिमेकी अस्ट्रेलियासँगको व्यापारिक सम्बन्ध बिग्रँदै गएका बेला चीनले उक्त सम्झौता गरेको हो । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओ र उनका न्युजिल्यान्डका समकक्षीले सम्झौतामा भिडियो लिंकमार्फत हस्ताक्षर गरेका हुन् । सम्झौताले दुवै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्‍याउने बताइएको छ । सन् २००८ मा चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग गरेको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता थियो । नयाँ सम्झौताका लागि विगत ३ वर्षदेखि दुवै मुलुकका अधिकारीहरूबीच वार्ता भइरहेको थियो । क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका…
Read More
युवा कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै विरोध प्रदर्शन गर्दै पेट्रोलियम मन्त्रीको पुतला दहन गरे

युवा कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै विरोध प्रदर्शन गर्दै पेट्रोलियम मन्त्रीको पुतला दहन गरे

युवा कांग्रेस समर्थकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सिलिगुडीमा कडा विरोध प्रदर्शन गरे। सिलिगुडीको हाशमी चौकमा युवा कांग्रेस समर्थकहरूले मोटरसाइकल र ग्यास सिलिन्डरको विरोध गरे। युवा कांग्रेस नेताहरूले भने कि भारतका छिमेकी मुलुकहरू जहाँ भारतको तुलनामा अर्थव्यवस्था धेरै कमजोर छ, पेट्रोल र डिजेलको मूल्य तुलनात्मक हिसाबले कम छ तर भारतमा यो महँगो बिक्री भइरहेको छ। युवा कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पेट्रोलियममन्त्रीको पुतला जलाइएको थियो। घटनास्थलमा रहेको पुलिसले उनीहरूलाई रोक्न खोज्यो तर तिनीहरूले स्वीकार गरेनन्। यस बीचमा, युथ कांग्रेस समर्थकहरू र पुलिस बीच एक ठूलो धक्का धक्की भयो। पछि, पुलिसले युवा कांग्रेस समर्थकहरुलाई हिरासतमा लिए र उनीहरुलाई थानामा ल्यायो।
Read More
भारत किसान आन्दोलनः प्रदर्शनकारीले लाल किल्लामा के गरे

भारत किसान आन्दोलनः प्रदर्शनकारीले लाल किल्लामा के गरे

भारत सरकारले ल्याएका कृषिसम्बन्धी नयाँ कानुनविरुद्ध आन्दोलन गरिरहेका किसानहरू मङ्गलवार दिल्ली प्रवेश गरे। भारतको गणतन्त्र दिवसको अवसर पारेर किसानहरूले निकालेको ट्र्याक्टर र्‍यालीमा हजारौँ मानिस सहभागी भएका थिए। उक्त र्‍याली प्रहरीले बनाएको अवरोध नाघ्दै ऐतिहासिक लाल किल्लामै पुग्यो। दिल्ली प्रवेश गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको थियो। उक्त घटनामा एक व्यक्तिको मृत्यु भएको थियो भने ८० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका थिए। किसान नेताहरूले दिल्लीमा भएको हिंसाको निन्दा गरेका छन्। प्रदर्शनमा बाह्य तत्त्वले घुसपैठ गरेको उनीहरूको दाबी छ। तर सरकारले ल्याएका कानुन फिर्ता नभएसम्म जारी आन्दोलन नरोकिने उनीहरूको भनाइ छ।
Read More
राष्ट्रपति भएपछि पुटिनसँग बाइडनको पहिलो फोन

राष्ट्रपति भएपछि पुटिनसँग बाइडनको पहिलो फोन

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवादमा चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइटहाउसले जनाएको छ। मङ्गलवार दिउसो भएको संवादमा रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्नेबारे छलफल भएको बताइएको छ।रुसी वक्तव्यका अनुसार चुनाव जितेकामा पुटिनले बाइडनलाई बधाई दिएका थिए।बाइडनले पदभार संहालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन्।
Read More
अमेरिका पस्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने

अमेरिका पस्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने

अमेरिका उडान गर्न चाहने यात्रुहरूले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिनअगाडिको हुनुपर्ने पनि अधिकारीहरूले जनाएका छन् । यात्रा अनुमति (बोर्डिङ) पास लिनुअगाडि नै कोरोनासम्बन्धी रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको हो । यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनुपर्ने व्यवस्था अमेरिकी वा गैरअमेरिकी सबै नागरिकलाई लागू हुने जनाइएको छ । अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्रका अनुसार यस्तो व्यवस्था जनवरी २६ देखि कार्यान्वयनमा आइसकेको छ । ‘दुई वर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोना भाइरसबाट संक्रमित नभएको वा भाइरसबाट संक्रमणमुक्त भइसकेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राज्य विभागद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।…
Read More