26
Feb
भारतले सामाजिक सञ्जाल र डिजिटल सामग्रीलाई नियमन गर्ने गरी नयाँ कानुन ल्याउने भएको छ । आगामी ३ महिनाभित्रै त्यस्तो कानुन कार्यान्वयनमा आउने केन्द्रीय कानुनमन्त्री रविशंकर प्रसाद र सञ्चारमन्त्री प्रकाश जाबेडकारले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाए । सामाजिक सञ्जालहरूले भारतमा राम्रै व्यापार गरिरहेको उल्लेख गर्दै मन्त्री प्रसादले पछिल्लो केही समययता यस्ता प्लेटफर्मलाई गैरजिम्मेवार रूपमा प्रयोग गरिएको गुनासा धेरै आइरहेको बताए । हिंसालाई बढावा दिने, अश्लील सामग्री सेयर गर्ने, दोस्रो देशका नागरिकका सामग्रीको प्रयोग गर्नेजस्ता गुनासा आएकाले त्यसलाई हटाउन उक्त कानुन ल्याउन लागिएको उनको भनाइ छ । उनका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले गुनासो सुन्ने संयन्त्र बनाउनुपर्नेछ । प्रयोगकर्ताको गरिमालाई मध्यनजर गर्दै कुनै गुनासो आएमा २४ घण्टाभित्र त्यस्ता…
