22
May
उत्तर पूर्व पुग्ने पहिलो वन्दे भारत एक्सप्रेस रेल पश्चिम बंगालको नयाँ जलपाईगुडीबाट असमको गुवाहाटीसम्म चल्नेछ। नयाँ जलपाईगुडी-गुवाहाटी वन्दे भारत एक्सप्रेस हप्ताको छ दिन चल्नेछ र छ घण्टामा 410 किलोमिटर को दूरी तय गर्नेछ। यो ट्रेन सुरु भएपछि नयाँ जलपाईगुडी देखि गुवाहाटी सम्मको यात्रा अब कम समयमा पूरा हुनेछ। 17औं वन्दे भारत एक्सप्रेसले भारतको उत्तरपूर्वी राज्य आसामलाई पश्चिम बंगालसँग जोड्नेछ। यो पश्चिम बंगालमा एनजेपी-हावडा वन्दे भारत एक्सप्रेस र हावडा-पुरी वन्दे भारत एक्सप्रेस पछि चल्ने तेस्रो वन्दे भारत एक्सप्रेस पनि हुनेछ। आइतवार पहिलो पटक, सेमी-हाई स्पीड ट्रेन ट्रायल रनको क्रममा नयाँ जलपाईगुडीबाट गुवाहाटी पुग्यो। आठ डब्बाको यो ट्रेनमा एक कार्यकारी कोच पनि…
