North-East

इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित हुनुभएको छ

इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित हुनुभएको छ

देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गर्नुभएको थियो । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति हुनुहुन्छ । उहाँको कार्यकाल अर्को महिना समाप्त हुँदैछ ।आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गर्नुभएको थियो । चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गर्नुभयो । साठी वर्षीय हर्जोगले भन्नुभयो, “हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नुपर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नुपर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नुपर्दछ ।”हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा…
Read More
भारतमा कोरोनाभाइरसबाट एकैदिन दुई हजार ८८७ जनाको मृत्यु भएको छ

भारतमा कोरोनाभाइरसबाट एकैदिन दुई हजार ८८७ जनाको मृत्यु भएको छ

कोरोनाभाइरसबाट दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य कमी आए पनि मृत्युको घटनामा भने एक हजारले घटेको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दर्ता गरिएको मृत्युको घटनापछि हालसम्म तीन लाख ३७ हजार ९८९ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएका छन् । २१ लाख ५९ हजार ८७३ नमूना परीक्षण गर्दा एक लाख ३४ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।थपिएका सङ्क्रमितसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ८४ लाख ४१ ह्जार ९८६ पुगेको छ । भारतमा हाल १७ लाख १३ हजार ४१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।सङ्क्रमण दर…
Read More
पाकिस्तानको कराँचीमा छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन्

पाकिस्तानको कराँचीमा छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन्

छायाङ्कन भइरहेको बंगलामा पाले कार्यरत रहेका थिए ।डाँन समाचारका अनुसार कराँचीको रक्षा अधिकारीहरुको निवास नजिकै भइरहेको छायाङ्कनको क्रममा गोली चल्दा २२ देखि ४० वर्ष उमेरका नौ जना घाइते भएका छन् । कराँची प्रहरीले एक वक्तब्य जारी गरी सुरक्षा पाले गुल भाइको कार्यक्रमका प्रोड्युसरसँग भनाभन पर्दा अचानक फायरिङ सुरु गरेको उल्लेख गरेको छ । सुरक्षा पालेलाई नियन्त्रणमा लिइएको छ ।
Read More
ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ

ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ

यहाँ बुधबार २ हजार ५०७ जना कोराेनाका सङ्क्रमित नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चौबीस घण्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका सङ्क्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको…
Read More
लकडाउन: पुलिस अभियान जारी, धेरै टोटो जफत गरियो, पसलहरू पक्राऊ

लकडाउन: पुलिस अभियान जारी, धेरै टोटो जफत गरियो, पसलहरू पक्राऊ

राज्य भर मा चलिरहेको लक तलको दोस्रो चरणको तेस्रो दिनमा सिलिगुडीमा, पुलिसले लकडाउन तोड्नेहरूको विरूद्ध कडा अभियान चलायो। आज शहरको विभिन्न क्षेत्रहरुमा पुलिस ले आज शहरको विभिन्न क्षेत्रमा अनावश्यक सडकमा पक्राउ गरेको छ।। लकडाउन सडकमा बाहिर आएका धेरै टोटोहरू कब्जामा लिए,यस बाहेक सिलिगुडी महानगरपालिका आज धेरै दुकानदारहरू शहरको विधान बजारमा छापा मार्दै लक तोडिएको कारण पक्राउ परेका थिए।
Read More
काठमाण्डू उपत्यकासहित देशका विभिन्न जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा सुरु भएको एक महिना बितिसकेको छ।

काठमाण्डू उपत्यकासहित देशका विभिन्न जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा सुरु भएको एक महिना बितिसकेको छ।

कोभिडका कारण दैनिक मृत्यु पुष्टि गरिने सङ्ख्या वैशाख २६ यता १०० नाघेकोमा यसबीचमा दुई दिन मात्र १०० भन्दा कम भएको देखिन्छ। डा. कृष्णप्रसाद पौडेल भन्छन्, "अवस्था सामान्य हुन समय लागिरहेको छ। निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालनामा अझै जोड दिनुपर्ने देखिएको छ।" यसबीचमा एकैदिन करिब १० हजार नयाँ सङ्क्रमित भेटिएका बेला जेठ ५ मा अहिलेसम्मकै धेरै २४६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको पुष्टि भएको थियो। काठमाण्डू विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले "अहिलेको समय प्राकृतिक रूपमै भाइरस कम फैलिने अवस्थामा" रहेको बताउँछिन्। तर त्यसलाई जोखिम घटेको रूपमा बुझ्न भने नहुने उनको तर्क छ। "हामीले जसरी घट्यो भन्ने सोचिरहेका छौँ,…
Read More
इजरेल: बेन्जामिन नेतान्याहुको १२ वर्षे शासन समाप्त

इजरेल: बेन्जामिन नेतान्याहुको १२ वर्षे शासन समाप्त

पछिल्लो सहमतिमा नेताहरूले आलोपालो गरी सरकारको नेतृत्व गर्ने भनिएको छ। त्यसअनुसार बेनेटले दुई वर्षपछि लापिडलाई नेतृत्व हस्तान्तरण गर्नेछन्। नयाँ सरकारले पदभार ग्रहण गर्नुअघि संसद्मा मतदान हुनेछ। भ्रष्टाचारको अभियोगदेखि आफूलाई हटाउने विभिन्न किसिमका प्रयासलाई १२ वर्षसम्म नेतान्याहुले विफल पारेका थिए। तर अहिले एकअर्काको विपक्षमा उभिँदै आएका उग्रराष्ट्रवादीदेखि अरब इस्लामवादी समूहहरू नेतान्याहुलाई हटाउने साझा उद्देश्यमा एक ठाउँमा उभिएका छन्। गठबन्धनमा अर्को उल्लेख्य नेता एभिगडोर लिबरमेन हुन्। अति दक्षिणपन्थी राष्ट्रवादी धार प्रतिनिधित्व गर्ने विवादास्पद नेता लिबरमेनले एकपटक 'वफादार नरहेका' अल्पसङ्ख्यक अरबहरूको टाउको काटिदिनुपर्ने धारणा राखेका थिए। उक्त गठबन्धनलाई अरब इस्लामवादीहरूको सानो दल रामको पनि समर्थन चाहिन्छ। आफ्नो समर्थनका लागि उक्त दलले परम्परागत मुसलमान…
Read More
रोजगारीको माग र सरकारी अधिकारीको कुकर्मको विरोधमा धरानमा बसिरहेका युवा

रोजगारीको माग र सरकारी अधिकारीको कुकर्मको विरोधमा धरानमा बसिरहेका युवा

सिलिगुडीको हिलकार्ट रोडमा खाद्य भवन अगाडि रोजगारीको माग र सरकारी अधिकारीहरूको कुकर्मको विरोधमा विरोध प्रदर्शन सुरु भएको छ। आन्दोलनकारी युवाले आफू लामो समयदेखि खाद्य र आपूर्ति कार्यालयमा कार्यरत रहेको बताए। विधानसभा चुनाव पछि, उनी अचानक काम गर्न अस्वीकार गरियो। यसको कारण सोध्नुपर्दा उहाँलाई विभिन्न तरिकाले त्रास दिन थालियो। यी सबैको बिरूद्ध उनीहरू आज धरानमा बसिरहेका छन्। यहाँ जानकारी प्राप्त भएको छ कि मटिगारा नक्सलबारीका विधायक आनंदमय बर्मनले आज उनीहरुलाई भेट्न सक्छन्।
Read More
नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने घोषणा गरेको छ

नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने घोषणा गरेको छ

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्। नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ। यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो। त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन्।
Read More
चीनमा एकजना ४१ वर्षीय पुरुषमा बर्ड फ्लुको एन१०एन३ को सङ्क्रमणको पुष्टि भएको छ

चीनमा एकजना ४१ वर्षीय पुरुषमा बर्ड फ्लुको एन१०एन३ को सङ्क्रमणको पुष्टि भएको छ

अधिकारीहरुले सङ्क्रमित हुन पुगेको सम्बन्धमा कुनै जानकारी भने गराएका छैनन् ।बर्ड फ्लुको एन१०एन३ मानिस–मानिसमा सहजै सर्ने पाइएको छैन् । झ्याङ्सु प्रान्तका बासी गत् साता सङ्क्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । चिनियाँ अधिकारीहरुले उहाँ निको भई घर फर्किने क्रममा रहेको जनाएका छन् ।बीबीसीका अनुसार राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार झेङजेङग शहरका बासी ४१ वर्षीय पुरुषमा २८ अप्रिलमा भर्ना भएकोमा एक महिनापछि एन१०एन३ को सङ्क्रमणको पुष्टि भएको जनाएको छ । ग्लोबल टाइम्सका अनुसार आयोगले भनेको छ, “बर्ड फ्लु भाइरसको उक्त स्वरुप मानिसमा पुष्टि भएको विश्वमा कतै पाइएको छैन्, तर उक्त घटना कुखुराबाट मानिसमा सरेको देखिन्छ र ठूलो मात्रामा सङ्क्रमणको जोखिम अत्यन्तै न्यून…
Read More