North-East

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ । उनीहरु बीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र त्यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहेका छन् । उनीसँगै हालै अफगानिस्तान आएको शान्ति वार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ ।सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतबार भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको हो । त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक…
Read More
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला पुगेकी छिन् । उनी ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्ने छिन् । अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेकी हुन् । उपराष्ट्रपति ह्यारिसले खासगरी सीमा वारपार भइरहेको तस्करी नियन्त्रणका उपायहरु घोषणा गर्ने छिन् । साथै उनले भ्रष्टाचार नियन्त्रणका उपायहरुबारे पनि अमेरिकी धारणा सार्वजनिक गर्ने छिन् । राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएका छन् । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग…
Read More
पाकिस्तानमा रेल दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु

दक्षिणी पाकिस्तानमा दुई वटा यात्रुवाहक रेल जुध्दा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी पाकिस्तानमा दुई वटा यात्रुवाहक रेल जुध्दा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। घोट्की जिल्लाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा आठ वटा डिब्बा ध्वस्त भएको र त्यसकारण फसेका यात्रुलाई निकाल्न कठिनाइ भएको बताइएको छ। के कारणले रेल लिकबाट बाहिरिएको भन्ने प्रस्ट भएको छैन। वरपरका अस्पतालहरूलाई तयारी अवस्थामा रहन सजग गराइएको छ। सोमवार सबेरै कराचीबाट आइरहेको मिल्लत एक्सप्रेस रेल लिकबाट बाहिरिएको थियो। पाकिस्तानमा पछिल्ला वर्षहरूमा शृङ्खलाबद्ध रेल दुर्घटनाहरू भएका छन्। खासगरी पाकिस्तानमा धेरैजसो रेल दुर्घटना रेल लिकबाट…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा भारतसँग रहेको असमझदारी अहिले हटेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा भारतसँग रहेको असमझदारी अहिले हटेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा भारतसँग रहेको असमझदारी अहिले हटेको बताएका छन्। 'एक समयमा असमझदारी थियो। त्यसमा नै हामी उल्झिरहन हुन्न,' ओलीले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, 'हामीले भविष्य हेर्नुपर्छ।' भारत विरोधी अभिव्यक्तिसँगै मुलुकको राजनीतिको शीर्षस्थानमा उदाएका केपी ओलीले अध्यारो पक्षमा अल्मलिन नहुने बताउँदै उज्यालो पक्षलाई अगाडि बढाउनुपर्ने बताए। 'सकारात्मक कुरालाई अगाडि बढाउनुपर्छ,' ओलीले भने। सुरुमै प्रधानमन्त्री ओलीलाई भारतले कोभिड १९ संक्रमणविरुद्ध गरेको सहयोग अपेक्षा गरेअनुसार भयो कि भएन भनेर प्रश्न गरेकी थिइन्। त्यसमा ओलीको पहिलो वाक्य थियो - 'मलाई कुनै नकारात्मक कुरा गर्नु छैन। हुनसक्छ अदालतको फैसलाका कारण या खोपको कमी भएका कारण हुनसक्छ अथवा भारतमा व्यापक…
Read More
भारतले २ महिनामा सबैभन्दा कम दैनिक कोविड मामलाहरू देख्छ ,२४ घण्टामा २६७७ जनाको मृत्यु।

भारतले २ महिनामा सबैभन्दा कम दैनिक कोविड मामलाहरू देख्छ ,२४ घण्टामा २६७७ जनाको मृत्यु।

भारतले २ महिनामा सबैभन्दा कम दैनिक कोविड मामलाहरू देख्छ ,२४ घण्टामा २६७७ जनाको मृत्यु।भारत कोरोना भाइरस केस: भारतको सक्रिय केसलोड १४.७७ लाखमा झरेको छ, गत २४ घण्टामा १.८९ लाख मानिस संक्रमणबाट मुक्त भए। भारतले गत २४ घण्टामा १.१४ लाख नयाँ कोरोना भाइरसका केस थपेका छन जबकि कोविड १९ को मृत्युदर २६७७ ले बढ्यो। स्वास्थ्य मन्त्रालयका अनुसार देशको कुल कोरोना केस २.८८ करोड रहेको छ भने कुल मृत्यु दर ३.४६ लाख रहेको छ।
Read More
पश्चिम बंगाल सरकारले माध्यमिक र उच्च माध्यमिक परीक्षा आयोजित गर्ने कि नगर्ने भनेर एक विशेषज्ञ समिति गठन गरेको छ

पश्चिम बंगाल सरकारले माध्यमिक र उच्च माध्यमिक परीक्षा आयोजित गर्ने कि नगर्ने भनेर एक विशेषज्ञ समिति गठन गरेको छ

पश्चिम बंगाल सरकारले माध्यमिक र उच्च माध्यमिक कक्षाको लागि राज्य बोर्ड परीक्षा आयोजित गर्ने कि नगर्ने भनेर सिफारिस गर्न एक विशेषज्ञ समिति गठन गरेको छ। यदि गर्ने हो भने, यी परीक्षाहरूको मोड कस्तो हुनुपर्दछ र यदि होईन भने, विद्यार्थीहरूको मूल्याङ्कनका लागि मापदण्ड के हुनुपर्दछ। सरकारले यस विषयमा विद्यार्थी र अभिभावकको राय पनि खोजेको छ।
Read More
गोरखाका दुई युवतीलाई बेचबिखनको लागि भारत लैजादै गर्दा एक भारतीय र एक नेपाली पक्राउ

गोरखाका दुई युवतीलाई बेचबिखनको लागि भारत लैजादै गर्दा एक भारतीय र एक नेपाली पक्राउ

पर्सा प्रहरीले गोरखा घर भएका २० र २२ वर्षका दुई युवतीलाई ललाईफकाई भारतको बेतियामा बेच्न लागेको अवस्थामा बिहीवार साँझ ३ बजे वीरगंज-१६ ईनार्वा प्रहरी चौकी अगाडिबाट नियन्त्रणमा लिएको हो। शंकास्पद अवस्थामा वीरगंजबाट रक्सौलतर्फ गइरहँदा ईनार्वा प्रहरी चौकीमा सोधपुछ गर्दा उनीहरु समातिएका थिए। पक्राउ पर्नेमा भारतको बिहारराज्य पूर्बी चम्पारण, पहाडपुर, अहिरओलिया गोदाम वडा नम्बर ४ बस्ने २७ वर्षीय अस्गर सैफी र तनँहुको दमौली नगरपालिका ५ बस्ने २६ वर्षीया सकिना खातुन भनिने सीता थापा क्षेत्री रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। उनका अनुसार दुवै जना पहिलेदेखि मानव बेचबिखन गतिविधिमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। पर्सा जिल्ला अदालतबाट मानव…
Read More
भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री र ६ वटा एम्बुलेन्स

भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री र ६ वटा एम्बुलेन्स

शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले  २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ ।   शुक्रबार ती स्वास्थ्य सामग्री  लिन नेपाली सेनाका  ट्रकहरु भारत तर्फ लगिएको थियो । ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५  मास्क , पिपिई लगायतका सामग्री  ल्याईएको नेपाली सेनाले  जनाएको छ । त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ  ।   नेपाली सेना र भारतिय…
Read More
ट्रम्पले फर्काए फेसबुकलाई यस्तो जवाफ, २०२४ मा पनि चुनाव लड्ने

ट्रम्पले फर्काए फेसबुकलाई यस्तो जवाफ, २०२४ मा पनि चुनाव लड्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतीय निर्वाचनमा पनि आफू उम्मेदवार बन्ने संकेत दिएका छन् । शुक्रबार फेसबुकले दुई वर्षका लागि ट्रम्पको एकाउन्ट प्रतिबन्धित रहने  निर्णय गरेको थियो । यसको जवाफमा ट्रम्पले आफू राष्ट्रपति चुनिएपछि फेसबुकका सञ्चालक मार्कजुकेरवर्ग डिनरमा नबोलाउने बताए । ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्कोपटक म ह्वाइटाउसमा आएपछि उनको आग्रहमा मार्क जुकेरवर्ग र उनकी श्रीमतीसँग थप डिनर हुनेछैन ।’ आफ्नो विपक्षीहरुलाई मजाक गर्ने तथा आधारहीन तर्कहरु अघि सारेर झुठ बोल्ने गरेको लामो इतिहास ट्रम्पसँग छ । शुक्रबारमात्रै फेसबकुका वैश्विक मामिला सम्बन्धी उपाध्यक्ष निक क्लेगले ट्रम्पमाथि २०२३ सम्मका लागि प्रतिबन्ध लागेको घोषणा गरेका थिए । क्लब बेलायतका पूर्व…
Read More
भारतमा २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित

भारतमा २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित

पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ ।  भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो ।  केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।   अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १५ लाख ५५ हजार…
Read More