02
Sep
अफगानिस्तानमा तालिबान नयाँ शासकका रूपमा स्थापित हुँदै गर्दा बाँकी देशहरू काबुलमा भएको सत्ता परिवर्तनसँग अनुकूल हुने रणनीति बनाउन लागेका छन्। मस्कोदेखि बेइजिङसम्म र बर्लिनदेखि इस्लामबादसम्म विश्वका धेरै राजधानीमा कूटनीतिक भेटघाटहरू भइरहेका छन्। गत अगस्ट ३१ मा काबुल विमानस्थलबाहिर भएका दुईवटा बम आक्रमणले चाहिँ अफगानिस्तानभित्रैका विद्रोही समूहहरूले तालिबानको शासनलाई कसरी लिइरहेका छन् भन्ने देखाएको छ। तर के तालिबान अफगानिस्तानको शक्तिमा पुग्दा विश्वका प्रभावशाली देशहरूले त्यहाँबाट के लाभ लिन सक्छन् त? यहाँ केही राष्ट्रहरूलाई पर्ने प्रभावबारे चर्चा गरिएको छ। पाकिस्तान छिमेकी काबुलमा तालिबानको शासनबाट सबैभन्दा धेरै पाउने वा गुमाउने भनेकै पाकिस्तानले हो। अफगानिस्तानसँग २,४०० किलोमिटर सीमा जोडिएको पाकिस्तानले १४ लाखभन्दा बढी अफगान…
