North-East

‘द कपिल शर्मा शो’की अर्चनालाई इन्स्टाग्राममा फलो नगर्न कपिलको अनुरोध

‘द कपिल शर्मा शो’की अर्चनालाई इन्स्टाग्राममा फलो नगर्न कपिलको अनुरोध

भारतको लोकप्रिय रियालिटी कार्यक्रम ‘द कपिल शर्मा शो’ को चर्चा भारतभन्दा बाहिरका देशसम्म चल्छ। यो कार्यक्रमका दर्शक अनगिन्ती छन् भन्दा फरक पर्दैन। शोका सञ्चालक कपिलको हास्य-व्यंग्य र चुट्किलाले यो क्रार्यक्रमको रौनक बढिरहेको छ। अझ कार्यक्रमकी, निर्णायक अर्चना पुरन सिंहको उपस्थितिपछि कपिलले उनलाई आफ्नो हाँसो पात्र बनाउन थालेका छन्। कपिल र अर्चनाको सम्बन्ध कार्यक्रम छायांकनका बेलाबाहेक अफ–स्क्रिनमा पनि उत्तिकै राम्रो छ। उनीहरु एकअर्कासँग जिस्किँदै मजाक बनाइरहेका हुन्छन्। अर्चना प्राय: ‘द कपिल शर्मा शो’को सुटिङ सकिएपछिका क्षणहरुको भिडिओ खिचेर आफ्नो इन्स्टाग्राममा पोस्ट गर्छिन्। अहिले कार्यक्रमको नयाँ सिजन सुरु भएलगतै उनले झनै धेरै भिडिओ हालिरहेकी छन्। उनले पोस्ट एक भिडियोमा कपिलले पनि कमेन्ट गरेका छन्। कमेन्टमा कपिलले अर्चनाकोलाई इन्स्टाग्राममा फलो गर्ने फ्यानहरुलाई उनलाई अनफलो गर्न अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘अर्चनाको फ्यानहरु…
Read More
अफगानिस्तान: तालिबानद्वारा छात्राका लागि नयाँ नियमको घोषणा, महिला र पुरुषले सँगै बसेर पढ्न नपाउने

अफगानिस्तान: तालिबानद्वारा छात्राका लागि नयाँ नियमको घोषणा, महिला र पुरुषले सँगै बसेर पढ्न नपाउने

अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजन गरिने तथा पोसाकसम्बन्धी नयाँ नियम लागु गरिने तालिबानले जनाएको छ। उच्च शिक्षासम्बन्धी मामिला हेर्ने मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्। उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्। सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो। तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ। तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न भनेको छ। आफ्नो शासनको सुरुवातको सङ्केत…
Read More
सेप्टेम्बर ११ आक्रमण: अमेरिकामा सन् २००१ मा त्यो दिन र त्यसपछि के भएको थियो?

सेप्टेम्बर ११ आक्रमण: अमेरिकामा सन् २००१ मा त्यो दिन र त्यसपछि के भएको थियो?

सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोतिदिँदा हजारौँ मानिसहरूले ज्यान गुमाए।उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना हो। को थिए निसानामा? संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए। त्यसपछि तीनलाई "नियन्त्रित मिसाइल"को रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो। दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए। पहिलो विमानले नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८:४६ मिनेट (१३:४६ जीएमटी) मा आक्रमण गरेको थियो। दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९:०३ मिनेटमा ठोक्काइएको…
Read More
मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर

गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ। उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ। सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई “महिला अधिकारको लागि ऐतिहासिक कदम” का रूपमा व्याख्या गरे। सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो। गर्भपतन गर्न पाउने हदम्याद बढाएपछि चिकित्सकहरू असन्तुष्ट ‘प्रजनन अधिकारबाट वञ्चित गरेमा सजाय’ गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ। बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल…
Read More
अक्षय कुमारकी आमाको निधन : नायकले लेखे, ‘यो पीडा असह्य’

अक्षय कुमारकी आमाको निधन : नायकले लेखे, ‘यो पीडा असह्य’

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् । View this post on Instagram A post shared by Akshay Kumar (@akshaykumar) अक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट  बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म…
Read More
अफगानिस्तान: तालिबान सरकारको घोषणापछि अमेरिका ‘चिन्तित’

अफगानिस्तान: तालिबान सरकारको घोषणापछि अमेरिका ‘चिन्तित’

अफगानिस्तानमा तालिबानको नयाँ सरकारमा अमेरिकी फौजमाथि भएका आक्रमणसँग सम्बन्धित व्यक्तिहरू भएको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलवारको घोषणालाई अध्ययन गरिरहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने अमेरिकी एफबीआईको सूचीमा भएका हक्कानी सञ्जालका प्रमुख सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुनेछन्। तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको हो। अमेरिकी सांसद लिन्डसे ग्राहमले नयाँ सरकारलाई "ठग र कसाईहरूको समूह" भनेका छन्। ग्राहम राष्ट्रपति जो बाइडनको अफगानिस्तान छोड्ने निर्णयको आलोचना गर्ने वरिष्ठ रिपब्लिकन सांसदहरूमध्ये एक हुन्। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ: "घोषणा गरिएका नामहरू तालिबानका सदस्य…
Read More
सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए । तर, बलिउडका ३८ जना सेलिब्रिटीले सामाजिक संजालमा विरोध जनाउँदा बलात्कृत भएकी डाक्टरको नाम समेत उल्लेख गरेका थिए । उनै, ३८ जना सेलिब्रिटी विरुद्ध दिल्लीका एक वकिलले अदालतमा मुद्दा दायर गरेका छन् । सामाजिक संजालमा पीडित महिलाको नाम उल्लेख गरेको भन्दै सेलिब्रिटी विरुद्ध मुद्दा दायर गरिएको हो । बलिउड कलाकारहरु अनुपम खेर, फरहान…
Read More
अफगानिस्तान: पन्जशिर उपत्यकामा तालिबान झण्डा फहराइएको, विरोधी समूह भन्छ ‘लडाइँ जारी छ’

अफगानिस्तान: पन्जशिर उपत्यकामा तालिबान झण्डा फहराइएको, विरोधी समूह भन्छ ‘लडाइँ जारी छ’

तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ। तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो। उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झण्डोत्तलन गरेको देखिन्छ। तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू ''सबै रणनीतिक स्थानमा'' उपस्थित रहेको बताउँदै ''लडाइँ जारी राख्ने'' जनाएको छ। उक्त समूहका नेताले तालिबानविरुद्ध ''देशैभरि विद्रोह''को आह्वान गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए। ''तपाईँ जहाँकहीँ…
Read More
अफगानिस्तान: तालिबान र विरोधी फौजबीच पन्जशिर उपत्यकामा भीषण लडाइँ

अफगानिस्तान: तालिबान र विरोधी फौजबीच पन्जशिर उपत्यकामा भीषण लडाइँ

तालिबान र विरोधी फौजबीच अफगानिस्तानको पन्जशिर उपत्यकामा लडाइँ भइरहेको विवरण आएका छन्। तालिबानले पन्जशिर उपत्यकाका केही भूभाग नियन्त्रणमा लिएको र विरोधी फौजलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन्। तर विरोधी फौजले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकु मारिएको दाबी गरेको छ। पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ। अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्। मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको…
Read More
भारत-पाकिस्तान विभाजनः ‘प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ’

भारत-पाकिस्तान विभाजनः ‘प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ’

सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा झन्डै डेढ करोड मानिसहरू विस्थापित भए भने कम्तीमा एक लाख जनाको मृत्यु भयो। कैयौँ परिवार आफ्नो ज्यान जोगाउन घर छोडेर भागे। त्यसपछि उनीहरू आफ्नो थातथलोमा कहिल्यै फर्किन पाएनन्। तर अहिले उनीहरू प्रविधिको माध्यमबाट ती क्षेत्रको भर्चूअल भ्रमण गर्न सक्छन्। त्यहाँ उनीहरूले आफू हुर्केको ठाउँ, पढेको विद्यालय र मानिसहरू समेत देख्न सक्छन्। हेर्नुहोस् यो भिडिओ।
Read More