North-East

अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलाहरुको नित्य, इस्लाम विराधी सामग्री र आइपिएलमा महिला दर्शकको उपस्थित रहेको भन्दै आइपिएल प्रसारणमा रोक लगाएको छ । तालिबान महिलाप्रति कठोर बन्दै आएको छ । अफगानिस्तानमा सम्पूर्ण महिला खेलकुद प्रतिबन्ध लगाउने यसअघि तालिबानले जनाइसकेको छ । अघिल्लो महिना तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको थियो ।…
Read More
तालिबानले जारी गर्‍यो मन्त्रीहरूको नयाँ सूची, महिला फेरि बहिष्कृत

तालिबानले जारी गर्‍यो मन्त्रीहरूको नयाँ सूची, महिला फेरि बहिष्कृत

अफगानिस्तानमा शासन गरिरहेको तालिबानले मन्त्रीहरूको नयाँ सूची मंगलवार जारी गरेको छ । महिलाहरूलाई हकअधिकार दिने भने पनि नयाँ सूचीमा समेत तालिबानले महिलालाई स्थान दिएको छैन । महिला मन्त्रालय नै उसले हटाएको छ ।  त्यसो त देशमा बालिकाहरूलाई विद्यालयमा पढ्न जान दिने आश्वासन तालिबानले दिएको छ तर कहिलेसम्ममा त्यसो गर्ने भन्ने कुनै टुंगो छैन । मन्त्रिमण्डलमा महिला नराख्ने निर्णय देख्दा त बालिकालाई विद्यालय जान पनि तालिबानले देला जस्तो देखिँदैन ।  तालिबानका प्रवक्ता जबीउल्ला मुजाहिदले काबुलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सूची जारी गरेका हुन् । सूचीले समावेशिता र महिला अधिकारको धज्जी उडाएको छ र देश कट्टरपन्थी तरिकाले नै चलाउने संकेत दिएको छ…
Read More
भारतीय अधिकारीले समाते अफगानिस्तानबाट ल्याइएको तीन खर्ब बढी मूल्य पर्ने हिरोइन

भारतीय अधिकारीले समाते अफगानिस्तानबाट ल्याइएको तीन खर्ब बढी मूल्य पर्ने हिरोइन

भारतीय अधिकारीहरूले अफगानिस्तानबाट आएको तीन खर्ब रुपैयाँभन्दा बढी मूल्यको हिरोइन नियन्त्रणमा लिएका छन्। भारतीय समाचार पत्र द हिन्दुका अनुसार केही दिनअघि पश्चिमी राज्य गुजरातको मुन्द्रा बन्दरगाहमा राजश्व , अनुसन्धान निर्देशनालयका अधिकारीहरूले झन्डै तीन हजार किलोग्राम हिरोइन नियन्त्रणमा लिएका हुन्। उक्त हिरोइनको बजार मूल्य २.७ अर्ब अमेरिकी डलर (तीन खर्ब १७ अर्ब बढी रुपैयाँ) छ। आन्द्र प्रदेशको आशी ट्रेडिङ कम्पनीले ल्याउन लागेको सामानमा हिरोइन भएको गोप्य सूचनाका आधारमा  निर्देशनालयका अधिकारीहरू  बन्दरगाहमा निगरानी गर्न पुगेका थिए। हिरोइनसँगै दुई जना भारतीय नागरिक पनि पक्राउ परेका छन्। उनीहरूले एउटा कन्टेनरमा २ हजार र अर्कोमा १ हजार किलोग्राम हिरोइन हालेर ल्याएका थिए। ती कन्टेनर इरानको…
Read More
पोर्नोग्राफी केसमा थुनिएका राज कुन्द्रालाई जमानत

पोर्नोग्राफी केसमा थुनिएका राज कुन्द्रालाई जमानत

पोर्नोग्राफी मामलामा जेल परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा जमानतमा छुटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको हो।  अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म मार्फत प्रसारण गरेको आरोपमा उनलाई प्रहरीले समातेको थियो। राज जेलमा परेको दुई महिनापछि सोमबार जमानतमा छुटेका हुन्। गएको जुलाईमा समातिएका उनले सेप्टेम्बर १८ मा जमानतको लागि निवेदन दिएका थिए।  राजको केस हेरिरहेका वकिल प्रशान्त पटेलले राज निर्दोष रहेको बताउँदै आएका छन्। उनका अनुसार कुन साइटमा कस्ता भिडियो अपलोड गर्ने भनेर कलाकार र निर्माताले निर्णय गर्ने हुन्। राज र उनका साथी रेयानको यसमा कुनै हात छैन। साथै राजले…
Read More
अफगानिस्तान: तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालय राख्यो

अफगानिस्तान: तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालय राख्यो

तालिबानले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर गरेर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय राखेको बताइएको छ। शुक्रवार तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेका थिए। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा महिला कर्मचारीहरूले कार्यालयबाहिर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुनय गरिरहेको देखिन्छ। सन् १९९० को दशकताका तालिबान शासन अवधिमा उक्त मन्त्रालयले कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्धहरू लगाएको थियो। विवादास्पद मन्त्रालय निरन्तरको सङ्घर्षपछि विगत २० वर्षमा अफगान महिलाहरूले आधारभूत अधिकारहरू पाएका थिए। तर पुरुषहरूले मात्र नेतृत्व गरेको तालिबान अन्तरिम सरकारले आफूहरूको पाएको अधिकार फेरि कटौती गर्ने डर महिलाहरूमा छ। असन्तुष्टिको स्वरलाई दमन गरिएको, हिंसाको माध्यमबाट…
Read More
स्पेसएक्स: गैर पेशेवर यात्री ‘प्रेरणादायी’ अन्तरिक्ष अभियानमा

स्पेसएक्स: गैर पेशेवर यात्री ‘प्रेरणादायी’ अन्तरिक्ष अभियानमा

चार जना गैर पेशेवर अन्तरिक्षयात्रीहरू अमेरिकाको फ्लोरिडाबाट पृथ्वीको कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका छन्। 'इन्स्पिरेशन फोर' नामक उक्त अभियानमा एक जना अर्बपति र तीन साधारण व्यक्तिहरू सहभागी छन्। स्पेसएक्स रकेट कम्पनीले उपलब्ध गराएको 'ड्रयागन क्याप्सुल'मा सवार भएर उक्त समूह केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रामा निस्किएको हो। ती चार जनाले अबको तीन दिन पृथ्वीको परिक्रमा गरेर बिताउनेछन्। महत्त्वपूर्ण पछिल्लो घटनाक्रम अन्तरिक्ष पर्यटन बजारका लागि महत्त्वपूर्ण कोशेढुङ्गा भनिएको छ। एक दशकको अवरोधपछि अन्तरिक्ष पर्यटनले पुन: गति लिएको छ। यसै वर्षको गर्मीयाममा अमेरिकी अर्बपति सर रिचर्ड ब्र्यान्सन र जेफ बेजोसले आफ्नै अन्तरिक्ष यानको प्रयोग गरी पृथ्वीको वायुमण्डलभन्दा माथि यात्रामा गरेका थिए। अहिलेको…
Read More
हैदराबादको ६ वर्षीयाको बलात्कार र हत्याका आरोपी रेलको लिकमा मृत भेटिए

हैदराबादको ६ वर्षीयाको बलात्कार र हत्याका आरोपी रेलको लिकमा मृत भेटिए

हैदराबादको सौदाबाद इलाकामा ५ वर्षकी बालिकामाथि दुष्कर्म र हत्याका अभियुक्त पल्लनकोन्डा राजूको शव बिहिबार रेलको लिकमा भेटिएको छ । तेलंगाना प्रहरीले राजूको शव भेटिएको पुष्टि गरेको छ । फरार आरोपी राजूको शव वारंगलको घनपुर नजिकै रेलको लिकमा भेटिएको हो । प्रहरीका अनुसार राजूको शव बिहिबार बिहान रेलको लिकमा भेटिएको थियो । मृतकको शरीरमा भएका निशान र ट्याटुले उनको सनाखत गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार उनका परिवारका सदस्यलाई घटनाबारे सूचना दिइएको छ । तेलंगानाका मन्त्री केटी रामारावले पनि ट्वीटरमा यो घटनाबारे जानकारी दिएका छन् । केटीआरले ट्वीट गरे, ‘तेलंगानाका डीजीपीले हालै सूचित गरे अनुसार बालिकामाथि बलात्कार गर्ने जनावरबारे पत्ता…
Read More
अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?

अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?

पन्जशिर उपत्यकालाई तालिबानको अघिल्लो शासनको बेला विद्रोही प्रान्तको रूपमा चिनिन्थ्यो। तर यो पटक भने तालिबानले उक्त स्थानमा नियन्त्रण कायम गरे जस्तो देखिएको छ। कुनै बेला विद्रोही नेता अहमद शाह मसूदको प्रान्तको रूपमा चर्चित यो उपत्यकामा उनको समाधिस्थल अहिले भत्काइएको छ र हजारौँ नागरिकहरू विस्थापित भएको बताइन्छ। के हो पन्जशिर उपत्यका र तालिबानका लागि यो किन महत्त्वपूर्ण छ?
Read More
‘अफगानिस्तानमा अमेरिकाले गरेको ड्रोन आक्रमणको हेगले छानबिन गर्नुपर्छ’

‘अफगानिस्तानमा अमेरिकाले गरेको ड्रोन आक्रमणको हेगले छानबिन गर्नुपर्छ’

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले अफगानिस्तानमा 'निर्दोष मानिसहरू मार्ने' अमेरिकी सेनामाथि हेगले अनुसन्धान गर्नैपर्ने माग गरेको छ । अगस्ट २९ मा अमेरिकी सेनाले एउटा ड्रोन आक्रमण गरेको थियो । सो आक्रमणमा दुई जना आतंकवादी मारिएको दाबी गरेको थियो । यद्यपि, हालैका दिनहरूमा अमेरिकी मिडियाले सो आक्रमणमा मारिने आतंकवादी नभई १० जना निर्दोष नागरिक रहेका बताएका छन् । पेन्टागनले इस्लामिक स्टेटको योजनालाई विफल बनाइदिएको बताएको थियो । तर, पेन्टागनको दाबीलाई ग्लोबल टाइम्सले “एउटा शुद्ध झुट” भनको छ । गैर सैनिक क्षेत्रमा हवाइ हमला गरेर युद्ध क्षेत्रमा मात्र हवाइ हमला गर्ने किटान गरिएको दोहा सम्झौताको उल्लङ्घन गरेको र यो झण्डै युद्ध अपराध नै…
Read More
इजरायल जान चाहनेले दिएको भाषा परीक्षाको नतिजा सार्वजनिक

इजरायल जान चाहनेले दिएको भाषा परीक्षाको नतिजा सार्वजनिक

इजरायल जान चाहनेले दिएको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार भएको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् । ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो आएको हो । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो । अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ ।
Read More