North-East

मेस्सीको व्यवहारले हकिमी चकित

मेस्सीको व्यवहारले हकिमी चकित

पेरिस सेन्ट जर्मेनका स्टार लियोनेल मेस्सीको व्यवहारले आफू चकित प रेको बताउँदै अरचफ हकिमीले उनी ड्रेसिङरुममा ‘सामान्य र शान्त’ रहेको बताएका छन् । बार्सिलोनाको आर्थिक संकटबीच २१ वर्षपछि क्लब छाडेर मेस्सी हालैमात्र पीएसजीसँग आबद्ध बनेका हुन् । ३४ वर्षीय खेलाडीले २ क्लबसँग दुई वर्षको करार गरेका छन् । हकिमी भने मैदानबाहिर उनको शान्त स्वभाव देखेर चकित छन् । ‘उनीसँग प्राविधिक समझदारी बनाउन सजिलो छ । म उनलाई बल दिन्छु अनि म कुद्छु । उनले जहाँ चाहिन्छ त्यहाँ बल फालिदिन्छन्,’ पीएसजीका फूल ब्याकले भने । उनी पनि यही ट्रान्सफर विन्डोमा पीएसजीमा आबद्ध भएका हुन्, ‘म उनको व्यवहार देखेर निकै चकित भएँ, उनी सामान्य र…
Read More
जन्मदिनअघि जोधपुर पुगे रणबीर–आलिया, के विवाहको योजना हाे त?

जन्मदिनअघि जोधपुर पुगे रणबीर–आलिया, के विवाहको योजना हाे त?

अभिनेता रणबीर कपूर मंगलबार ३९ वर्षको पुग्दैछन्। उनको जन्म सन् १९८२ को सेप्टम्बर २८ मा भएको थियो। आफ्नो ३९ औँ जन्मदिन आउनै लाग्दा रणबीर प्रेमिका आलिया भट्टसँग जोधपुर पुगेका छन्। जोधपुर एयरपोर्टमा उनीहरु साथ हिँडेको देखिएको हाे। उनीहरु आफैले तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्। सन् २०१८ देखि प्रेममा रहेको यो जोडीको जोधपुर यात्रालाई घुमघामका रुपमा मात्रै लिइएको छैन। आलिया भट्ट र रणबीर कपूर योपल्टको जोधपुर यात्रा विवाहको लागि ठाउँ हेर्नका लागि भएकाे अनुमान गरिएको छ। यी दुईको विवाहको चर्चा केही समय अगाडिदेखि बलिउडमा हुने गरेको छ। तर आधिकारीक रुपमा कसैले पनि यस बारेमा बताएका छैनन्। गएकाे वर्ष रणबीर आफ्नो…
Read More
अफगानिस्तान: तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

अफगानिस्तान: तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्। उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ। तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो। गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ। शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो। दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले…
Read More
प्रधानमन्त्री मोदीद्वारा अमेरिकी राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री मोदीद्वारा अमेरिकी राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निम्तो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो वाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले वाइडेनलाई निमन्त्रणा गर्नु भएको हो । गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उहाँहरुका बीचमा पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उहाँहरुका बीचमा भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति वाइडेनले सकारात्मकरुपमा लिनुभएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उहाँहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ । “प्रधानमन्त्री मोदीले राष्ट्रपति वाइडेनलाई भारत…
Read More
अफगानिस्तान: तालिबानविरुद्ध महिलाहरूको रङ्गीचङ्गी पोशाक प्रदर्शन

अफगानिस्तान: तालिबानविरुद्ध महिलाहरूको रङ्गीचङ्गी पोशाक प्रदर्शन

छात्राहरूका लागि पोशाकसम्बन्धी तालिबानको कडा नियमविरुद्ध अफगान महिलाहरूले अनलाइनमार्फत् विरोध प्रदर्शन गर्न थालेका छन्। 'डुनटचमाईक्लोथ' र 'अफगानिस्तानकल्चर' जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रङ्गिन पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्। तपाईँले गुगलमा 'अफगान ट्रेडिशनल क्लोथस्' टाइप गर्नुभयो भने बहुरङ्गी उनीहरूका सांस्कृतिक पोशाक देखेर दङ्ग हुनुहुनेछ। उनीहरूका हरेक पोशाक तपाईँलाई विशेष लाग्नेछ। ती कपडामा हातले बुनेका बुट्टाहरू छन् र गहन डिजाइन गरिएको छ। छातीको वरिपरि स-साना काँचका टुक्रा जडान गरिएको छ। त्यस्तै लामा स्कर्टहरू छन् जुन अफगानिस्तानको राष्ट्रिय नृत्य अट्टनका लागि एकदमै उपयुक्त देखिन्छन्। केही महिलाहरू बुट्टादार टोपी पनि पहिरिन्छन्। कतिले स्कार्फ लगाएका छन्। ती सबै कुराहरू महिलाहरू…
Read More
अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हट्नुपर्छ : चीन

अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हट्नुपर्छ : चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । बुधबार अफगानिस्तानको मुद्दाबारे चर्चाको लागि आयोजना गरिएको जी२० को भर्चुअल सम्मेलनको क्रममा यीले यस्तो बताएका हुन् । चीनको विदेशमन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्ने बताएको छ । विज्ञप्तिमा अफगानिस्तानको वैदेशिक मुद्रा सञ्चिति त्यहाँको राष्ट्रिय सम्पत्ति रहेको र त्यसमा अफगानिस्तानका आम नागरिकको अधिकार हुनुपर्ने उल्लेख गरिएको छ । यसको प्रयोग अफगानिस्तानमा राजनीतिक दबाब सिर्जना गर्नको लागि नभई त्यहाँका मानिसहरुको लागि हुनुपर्ने चीनको भनाइ छ । अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अमेरिका र अन्य केही मुलुकले अफगानिस्तानको एकाउन्ट्स फ्रिज गरेका छन् ।
Read More
बलिउड को सबैभन्दा शक्तिशाली खलनायक बीच शुमार प्रेम चोपडा साहेब को जन्मदिन सालगिरह

बलिउड को सबैभन्दा शक्तिशाली खलनायक बीच शुमार प्रेम चोपडा साहेब को जन्मदिन सालगिरह

बलिउडको खतरनाक भिलेनमा अभिनेता प्रेम चोपडा गनिन्छन् । उनलाई वास्तविक जीवनमा पनि धेरै दर्शकले भिलेन नै सम्झिए । उनले एक अन्तरवार्तामा आफूलाई बाहिरी जीवनमा देख्दा धेरैले आफ्नो श्रीमति लुकाउने गरेको खुलासा गरेका थिए । ‘हो । मानिसहरु मलाई देख्नासाथ आफ्नो श्रीमति लुकाउथे । म उनीहरुसँग गएर कुराकानी गर्न चाहन्थें । तर उनीहरुले मलाई पर्दाको भिलेनकै रुपमा हेर्थे । मानिसहरु मलाई असल खुंखार भिलेन सम्झन्थे । यसलाई म इज्जतका रुपमा लिन्थें । म आफ्नो काम राम्रो गरिरहेको छु भनेर बुझ्थें’, प्रेमले भनेका छन् । प्रेम ६ दाजुभाई तथा दिदीबहिनीमा तेस्रो नम्बरका हुन् । लाहोरमा जन्मिएका प्रेम परिवार विभाजनपछि शिमला, हिमाञ्चल प्रदेशमा…
Read More
क्रिप्टोकरेन्सीः बिटकोइन माइन गर्दा कसरी निस्किन्छ फोहोरको डुङ्गुर

क्रिप्टोकरेन्सीः बिटकोइन माइन गर्दा कसरी निस्किन्छ फोहोरको डुङ्गुर

बिटकोइन बनाउने प्रक्रिया अर्थात् माइनिङबाट ठूलो परिमाणमा विद्युतीय फोहोर उत्पादन हुने गरेको एउटा अध्ययनले देखाएको छ। त्यसरी बन्ने फोहोरको परिमाण द नेदरल्यान्ड्सजस्तो देशमा सूचनाप्रविधिसँग सम्बन्धित खेर जाने साना उपकरणसँग तुलना गर्न सकिने देखिएको छ। दुई अनुसन्धानकर्ता एलेक्स डि भ्रज र क्रिस्टियन स्टलको आकलनअनुसार क्रिप्टोकरेन्सी उत्पादन गर्दा प्रत्येक वर्ष ३०,७०० टन विद्युतीय फोहोर बन्छ। औसतमा प्रतिकारोबार २७२ ग्राम फोहोर उत्पादन हुन्छ। तुलनाका लागि हामीले के जानिराखौँ भने आईफोन १३ को तौल १७३ ग्राम छ। ऊर्जा खपत र प्रदूषण कस्तो? माइनरहरूले नयाँ बिटकोइन बनाएर पैसा कमाउँछन्। तर त्यसका लागि आवश्यक “कम्प्युटिङ” प्रक्रियाले ठूलो परिमाणमा ऊर्जा खपत गर्छ। उनीहरू विद्युतीय मुद्राको स्वामित्व लिने…
Read More
अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलाहरुको नित्य, इस्लाम विराधी सामग्री र आइपिएलमा महिला दर्शकको उपस्थित रहेको भन्दै आइपिएल प्रसारणमा रोक लगाएको छ । तालिबान महिलाप्रति कठोर बन्दै आएको छ । अफगानिस्तानमा सम्पूर्ण महिला खेलकुद प्रतिबन्ध लगाउने यसअघि तालिबानले जनाइसकेको छ । अघिल्लो महिना तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको थियो ।…
Read More
तालिबानले जारी गर्‍यो मन्त्रीहरूको नयाँ सूची, महिला फेरि बहिष्कृत

तालिबानले जारी गर्‍यो मन्त्रीहरूको नयाँ सूची, महिला फेरि बहिष्कृत

अफगानिस्तानमा शासन गरिरहेको तालिबानले मन्त्रीहरूको नयाँ सूची मंगलवार जारी गरेको छ । महिलाहरूलाई हकअधिकार दिने भने पनि नयाँ सूचीमा समेत तालिबानले महिलालाई स्थान दिएको छैन । महिला मन्त्रालय नै उसले हटाएको छ ।  त्यसो त देशमा बालिकाहरूलाई विद्यालयमा पढ्न जान दिने आश्वासन तालिबानले दिएको छ तर कहिलेसम्ममा त्यसो गर्ने भन्ने कुनै टुंगो छैन । मन्त्रिमण्डलमा महिला नराख्ने निर्णय देख्दा त बालिकालाई विद्यालय जान पनि तालिबानले देला जस्तो देखिँदैन ।  तालिबानका प्रवक्ता जबीउल्ला मुजाहिदले काबुलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सूची जारी गरेका हुन् । सूचीले समावेशिता र महिला अधिकारको धज्जी उडाएको छ र देश कट्टरपन्थी तरिकाले नै चलाउने संकेत दिएको छ…
Read More