11
Oct
अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत भएको तालिबानले बताएका छन्। अमेरिकाले अफगानिस्तान छोडेयता भएको पहिलो वार्ताको समापनपछि तालिबानले सो जानकारी दिएका हुन्। वार्ता कतारमा भएको थियो। सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ। अमेरिकी अधिकारीहरूले छलफल खुला र व्यावसायिक भएको बताउँदै तालिबानलाई कार्यान्वयनको आधारमा मूल्याङ्कन गर्ने बताएका छन्। अमेरिकाले सो भेटघाटले तालिबानलाई मान्यता दिएको अर्थ नराख्ने बताएको छ। आइतवार राति जारी विज्ञप्तिमा तालिबानले भनेको छ: "अमेरिकी प्रतिनिधिहरूले अफगानलाई मानवीय सहायता दिने र अन्य सङ्घसंस्थालाई त्यस्तो सहयोग दिन सहयोग गर्ने बताएका छन्।" विज्ञप्तिमा तालिबानले "पारदर्शी रूपमा मानवीय सहयोग दिने परोपकारी समूहहरूसँग समन्वय…
