North-East

अमिताभ बच्चन निको भएर घर फर्किए,

अमिताभ बच्चन निको भएर घर फर्किए,

भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोभिड-१९ को उपचारपछि अस्पतालबाट घर फिर्ता भएका छन्।गत महिना ७७ वर्षीय कलाकारले ट्विटरमार्फत् आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको जानकारी दिएका थिए। उनको परिवारमा छोरा अभिषेक बच्चन, बुहारी ऐेश्वर्या राय र नातिनी आराध्यालाई पनि सङ्क्रमण भएको थियो।आइतवार बच्चनले परीक्षणमा भाइरसमुक्त भएको देखिएपछि अस्पताल छाडेको बताएका हुन्।
Read More
हिमाचलमा स्याउ टिप्न नेपाली मजदुर लैजाने प्रयास, केही गए तर अहिले नेपाल-भारत सीमामा अवरोध

हिमाचलमा स्याउ टिप्न नेपाली मजदुर लैजाने प्रयास, केही गए तर अहिले नेपाल-भारत सीमामा अवरोध

नेपाल-भारत सीमा बन्द रहे पनि दुवै देशका स्थानीय प्रशासनसँग समन्वय गरेर अहिले केही नेपालीहरू भारतको हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न जान थालेको नेपाली कामदार र हिमाचलस्थित भारतीय स्याउ कृषकहरूले बताएका छन्। उनीहरूका अनुसार कामदारको अभाव भएपछि कतिपय भारतीय कृषक र स्याउ व्यवसायीहरूले नेपाल-भारत नाकासम्मै सवारीसाधन पठाएर मजदुरहरू लैजान थालेका हुन्। त्यसरी जान लागेका नेपालीहरूलाई "व्यावहारिकता हेरेर जान अनुमति दिइएको" सीमा क्षेत्रका कतिपय अधिकारीहरूले बीबीसी बताएका छन्। तर केही दिनदेखि दुवै देशका सीमामा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्ने खोज्ने मानिसलाई अवरोध गरेको हिमाचल जान सीमासम्म पुगेका केही नेपालीहरूले बताएका छन्।
Read More
२४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि

२४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि

पत्यकामा २४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
Read More
भारतलाई नेपालको जवाफ : कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको आवत-जावत स्वाभाविक

भारतलाई नेपालको जवाफ : कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको आवत-जावत स्वाभाविक

 जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको बताएको छ । जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ फर्काउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै भएको बताउँदै ती भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको प्रतिक्रिया दिएको हो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ, ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली(महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु…
Read More
कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

 नेपालमा कोरोना संक्रमणबाट एक भारतीयसहित थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक छ्न् । कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटु तथा मधुमेहका रोगी थिए । त्यसैगरी धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको साउन ११ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटैमा मृत्यु भएको…
Read More
सीमामा निस्फिक्री आउजाउले जोखिम

सीमामा निस्फिक्री आउजाउले जोखिम

 नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो । सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो । कोरोना संक्रमितको दिनदिनै मृत्यु हुन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘नाकाबाट लुकीछिपी’ आउनेले जोखिम बढाएको भन्दै सुरक्षा अधिकारीहरूलाई सीमामा थप कडाइ गर्न आइतबार निर्देशन नै दिएका थिए । संघीय सरकारले लकडाउन खोलेसँगै सीमामा अपनाइएको सतर्कतालाई ‘खुकुलो’ मानेर…
Read More
आईपीएल यसै वर्ष युएईमा हुने

आईपीएल यसै वर्ष युएईमा हुने

 इण्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष  वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ । पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन् । तर पछिल्लो समय सार्वजनिक रिपोर्ट अनुसार बीसीसीआईले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आईपीएल गर्ने तयारी गरेको पनि क्रिकइन्फोले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउने तयारी थालिएको हो । पटेलले…
Read More
अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो । महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा कायम गरिराख्न नयाँ नियमहरु परिवर्तन गरेको आप्रवासनमन्त्री अलान टुजले बताए । अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब वार्षिक ४० अर्ब डलरको योगदान गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको कमीका कारण गत ५ महिना अवधिभर अष्ट्रेलियाका विश्वविद्यालयहरुले करिब १६ अर्ब अष्ट्रेलियन डलरको घाटा व्यहोरेको…
Read More
सुशान्तबारे मेरो दाबी झुटो भए पद्यमश्री फिर्ता गर्छु’

सुशान्तबारे मेरो दाबी झुटो भए पद्यमश्री फिर्ता गर्छु’

बलिउड नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही हस्तीहरुको बिषयमा खुलासा गरिरहेकी छिन् । उनले, निर्माता करण जोहर र निर्देशक महेश भट्टको बिषयमा बोलेकी थिइन् । बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउनमा करण र महेश अगाडि रहेको दाबी उनको थियो । उनै, कंगनाले फेरि अर्को नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो दाबी झुटो भएको खण्डमा पद्यमश्री अवार्ड नै फिर्ता गर्ने दाबी गरेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या नगरेको भन्दै उनको योजनावद्ध रुपमा हत्या भएको दाबी गर्दै आएकी छिन् । कंगनाले एक टेलिभिजन अन्र्तवार्तामा भनेकी छिन्–‘मेरो भनाई राख्नका लागि मुम्बई प्रहरीबाट मलाई फोन आएको थियो । तर, म मनाली भएकाले जान…
Read More
भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

 इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ । आईएमए हस्पिटल बोर्ड अफ इन्डियाका अध्यक्ष डा. वीके मोङ्गाले एएनआईसँगको कुराकानीमा भारतमा कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको बताए । भारतमा अहिले दैनिक ३० हजारभन्दा पनि धेरै नयाँ संक्रमित भेटिन थालेका छन् । मोङ्गाले भने, ‘मुलुकको लागि यो निकै खराब अवस्था हो । यससँगै जोडिएका धेरै पाटाहरु छन् तर अब यो ग्रामीण क्षेत्रमा फैलिरहेको छ । यो निकै खराब संकेत हो ।’ मोङ्गाले ग्रामीण क्षेत्रमा कोरोना भाइरस नियन्त्रण सरकारको लागि…
Read More