North-East

नेपालको राष्ट्रकवि माधबप्रसाद घिमिरेको स्वर्गप्राप्ति

नेपालको राष्ट्रकवि माधबप्रसाद घिमिरेको स्वर्गप्राप्ति

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । उनले राष्ट्रिय गीत 'गाउँछ…
Read More
खोपको परीक्षण सफल भएमा नि:शुल्क दिने अस्ट्रेलियाको वाचा

खोपको परीक्षण सफल भएमा नि:शुल्क दिने अस्ट्रेलियाको वाचा

अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई नि:शुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ ।
Read More
चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई मुद्दा

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई मुद्दा

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए। सतसट्ठी वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ। चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्।
Read More
भारतीय क्रिकेटका सफल कप्तान धोनीले क्रिकेटबाट संन्यास घोषणा

भारतीय क्रिकेटका सफल कप्तान धोनीले क्रिकेटबाट संन्यास घोषणा

 भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्व अध्यक्ष एन श्रीनिवासनले आफूले विगतमा महेन्द्रसिंह धोनीको कप्तानी पद जोगाएको खुलासा गरेका छन् । भारतीय क्रिकेटका सफल कप्तान धोनीले शनिबार लामो समयदेखिको अन्योल चिर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए । धोनीलाई सन् २०११ मा कप्तानी पद जोगाउन छनोट समितिले ल्याएको प्रस्ताव बीसीसीआई अध्यक्षका रूपमा ‘आफ्नो सबै अधिकार’ प्रयोग गर्दै उल्टाइदिएको श्रीनिवासनले खुलासा गरेका हुन् । भारतले धोनीको कप्तानीमा घरेलु मैदानमा २०११ को विश्वकप उपाधि जितेको थियो । तर त्यही वर्ष इंग्ल्यान्ड र अस्ट्रेलियामा भएको टेस्ट शृंखलामा समान ४–० को पराजयपछि धोनीको कप्तानी पद धरापमा परेको थियो । विशेष गरी अस्ट्रेलियामा भारतले भोगेको हारपछि राष्ट्रिय छनोट समिति त्रिकोणात्मक…
Read More
हुन्छ भारत-नेपाल को बईठक ?

हुन्छ भारत-नेपाल को बईठक ?

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसम्बन्धी सीमा विवादका कारणले नेपाल र भारतबीच राजनीतिक र कूटनीतिक चिसोपन बढेको बेला दुई देशका प्रधानमन्त्रीहरूबीच टेलिफोन वार्ता हुनु र लगत्तै एउटा संयुक्त संयन्त्रको बैठक बस्नुलाई केही नेपाली कूटनीतिज्ञहरूले "सकारात्मक सङ्केत" भनेका छन्।तर यसैलाई अहिले नै भारतले "कूटनीतिक मौन भङ्ग गरेको" अर्थमा लिनु हतार हुने उनीहरूको भनाइ छ।कतिपय कूटनीतिज्ञले चाहिँ नेपालले यसलाई सानो कूटनीतिक अवसरका रूपमा लिएर दुई देशबीचको संवाद अघि बढाउन थप पहल गर्नुपर्ने सुझाव दिएका छन्।केही महिनादेखि बढ्दो नेपाल-भारत तिक्तताबीच प्रधानमन्त्रीस्तरमा भएको कुराकानी र एउटा संयुक्त संयन्त्रको बैठक हुनुलाई दुवै देशमा "लामो संवादहीनताको अन्त्य"का रूपमा चर्चा भइरहेको छ। नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी…
Read More
राम जन्मभूमि  ट्रष्टका प्रमुख गोपाल दासलाई कोरोना संक्रमण

राम जन्मभूमि ट्रष्टका प्रमुख गोपाल दासलाई कोरोना संक्रमण

गत ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्याको राम मन्दिरको भूमि पूजामा सहभागी भएका महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ । उत्तरप्रदेशको मुख्यमन्त्री कार्यालयले ट्‍वीट मार्फत् राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका प्रमुख दासलाई कोरोना संक्रमण भएको जनाएको हो । भूमि पूजामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनिसँगै सहभागी थिइन् । कृष्ण जन्मभूमि न्यासका अध्यक्ष समेत रहेका दासलाई कृष्णाजन्मष्टमीको उत्सवमा सहभागी हुन मथुरा पुगेका बेला सास फेर्न असहज भएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना पुष्टि भएपछि दासलाई उपचारका लागि लखनउको मेदान्त अस्पतालमा भर्ना गरिएको छ । भूमि पुजनमा महन्त दाससँगै उपस्थित रहेका…
Read More
सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषण दोषी ठहर

सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषण दोषी ठहर

भारतमा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो प्रहार र त्यसको रक्षा गर्ने सवालमा न्यायिक प्रणालीको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला यहाँको सर्वोच्च अदालतले त्यसैसम्बन्धी एउटा गम्भीर फैसला गरेको छ ।भारतको सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता तथा नागरिक अधिकारकर्मी प्रशान्त भूषणले गरेको ट्वीटले अदालतको मानहानी भएको ठहर गरेको हो । अदालतले २७ र २९ जुनमा भूषणले सर्वोच्च अदालत र प्रधानन्यायाधीश एसए बोब्डेलक्षित दुई वटा ट्वीटले मानहानी भएको ठहर गरेको हो । भूषणले २७ जुनको ट्वीटमा प्रधानन्यायाधीश बोब्डेको तस्बिरमा हेल्मेट नलगाएको भन्दै टिप्पणी गरेका थिए । गत जुनको अन्तिम साता प्रधानन्यायाधीश बोब्डेको आफ्नो गृहनगर नागपुरमा निकै नै महँगो देखिने मोटरसाइकल चढेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त तस्बिरमा बोब्डेले…
Read More
फेसबुकमा प्रेषित सामग्रीका कारण हिंसा, मृत्यु तीन जनाको

फेसबुकमा प्रेषित सामग्रीका कारण हिंसा, मृत्यु तीन जनाको

सामाजिक सञ्जालमा इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको "अनादर हुने" सामग्री प्रकाशित गरिएको भन्दै विरोध गरिरहेका प्रदर्शनकारीरूमाथि प्रहरीले गोली चलाउँदा दक्षिण भारतको बेङ्गलुरुमा तीन जनाको मृत्यु भएको छ।फेसबुकमा त्यस्तो आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्तिसँग नाता पर्ने स्थानीय नेताको घरबाहिर प्रदर्शनकारीहरूको भिड लागेको थियो।त्यहाँ उनीहरूले सवारीसाधनमा आगो लगाइदिएका थिए। त्यहाँ आइपुगेका प्रहरीहरूलाई उनीहरूले ढुङ्गा प्रहार गरेको बीबीसी हिन्दीले जनाएको छ।प्रहरीले आरोप लागेका ती व्यक्ति र ११० प्रदर्शनकारीलाई पक्राउ गरेको छ।प्रदर्शनकारीहरूले एउटा प्रहरी चौकीमा पनि आक्रमण गरेको बताइएको छ । मङ्गलवार राति भएको घटनामा ६० जनाभन्दा बढी सुरक्षाकर्मीहरू घाइते भएको बेङ्गलुरुका आयुक्त कमल पन्तले बताएका छन्।
Read More
देशको  पूर्ब प्रेसिडेंट प्रणव मुखर्जी कोमामा !

देशको पूर्ब प्रेसिडेंट प्रणव मुखर्जी कोमामा !

 पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ । केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको 'भाइटल प्यारामिटर' भने स्थिर रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच 'मुखर्जीको मृत्यु' भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, 'मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु ।…
Read More
कोरोनाभाइरसमा भारत तेस्रो स्थान !

कोरोनाभाइरसमा भारत तेस्रो स्थान !

कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्।भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो।विगत २४ घण्टामा त्यहाँ झन्डै ६४,००० सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।
Read More