North-East

होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’

होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’

दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना ।भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । तर, यस्तो नियति भोग्ने कुनै भारतीय होइनन् । नेपाली हुन्, कास्कीको बूढीखोला, रामकोटका ४० वर्षीय मंगलबहादुर सुनार ।उनलाई जयपुरस्थित विक्रमादित्य मार्गको संगम भोजनालयका सञ्चालकले दस वर्षसम्म बँधुवा मजदुर बनाएर राखेका हुन् । बालश्रमविरुद्धका अभियन्ता कैलाश सत्यार्थीको संस्था ‘बचपन बचाओ’ले होटलमा बालश्रमिकहरू रहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग मिलेर अघिल्लो सोमबार त्यहाँ छापा मारेको थियो । प्रहरीले सुनारलाई उद्धार गरेर हाल त्यहीँकै एक स्थानीय आश्रय केन्द्रमा राखेको छ । उद्धारपछि ‘बचपन बचाओ’का स्थानीय प्रतिनिधि देशराज सिंहले होटल मालिक शिवशंकर बर्मा भोडीलालविरुद्ध सुनारलाई बिनातलब काममा…
Read More
बन्धन बैंक 5 बर्षमा प्रबेस

बन्धन बैंक 5 बर्षमा प्रबेस

बन्धन बैंक, भारतको कान्छो युनिभर्सल बैंकले 23 अगस्त 2020. मा पाँच सफलतापूर्वक सञ्चालन गर्ने भएको छ । जुन 2015 मा बन्धन समूहलाई रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले स्वीकृति प्रदान गरेको थियो । युनिभर्सल बैंक । करिब दुई दशकदेखि बन्धनले भारतको आर्थिक कमजोर लघुवित्तको पहुँचबाट गरिबलाई युसुरियस पैसा कमाउने कपडाबाट मुक्त गराउने काम गरेको छ ।बैंक बनेपछि बन्दन बैंकले 4,559 राज्य र 34 एटीएम मार्फत भारतका विभिन्न कुनामा आफ्नो पहुँच विस्तार गरेको छ । माइक्रोक्रेडिट अफर बाहेक, जसले पोर्टफोलियोको 64 % खातामा खाता छ, बैंकले माइक्रो, साना तथा मझौला उद्यम (एमएसएमएस), सुन कर्जा र किफायती आवास वित्तमा कर्जा जस्ता थुप्रै…
Read More
सीमामा निर्बाध आउजाउ

सीमामा निर्बाध आउजाउ

१० का ६५ वर्षीय सत्यनारायण लोध भारतको चित्तलहवा पुगेर औषधि उपचार गर्छन् । त्यसका लागि उनी छोरासित आउजाउ गर्छन् । सीमामै बसोबास छ । उनका अनुसार भारतमा उपचार सस्तो भएकाले टोलका अधिकांश सीमापारि जाने गरेका छन् । उपचारका लागि भनेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले जान दिने गरेको स्थानीय दीपु चौधरीले बताए ।पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन–१ का मनोज हरिजन प्रत्येक मंगलबार सीमावर्ती भारतीय महाराजगन्जको ठुटीबारीमा लाग्ने हाटमा जाने गरेका छन् । यहाँभन्दा सस्तो तरकारी पाइने भन्दै उनले स्थानीयसँगै जाने गरेको बताए । ‘सब्जी, चामल नेपालमा महँगो छ,’ उनले भने, ‘गरिब आदमी महँगो सामान खरिद गर्न सक्दैन ।’ उनका अनुसार यहाँ ५० रुपैयाँ प्रतिकिलो पर्ने तरकारी भारतीय बजारमा २० रुपैयाँमा पाइने…
Read More
युरोपमा फेरि बढ्यो कोरोना संक्रमण

युरोपमा फेरि बढ्यो कोरोना संक्रमण

युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ ।स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । जुनको अन्त्यमा स्पेनमा कडा लकडाउन हटाइएपछिको यो सबभन्दा ठूलो संख्या हो । त्यस्तै, इटालीमा बुधबार ६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या मे महिनायता दैनिक देखिएको सबभन्दा बढी हो । जर्मनीमा पनि एकै दिन संक्रमित हुनेको संख्या अप्रिलयताकै उच्च देखिएको छ । अधिकारीहरुका अनुसार बुधबार जर्मनीमा १ हजार ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । फ्रान्समा पनि मे महिनाको…
Read More
दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्।शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को 'स्प्यानिश फ्लू' नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए।तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस "कम समयमा" नियन्त्रणमा आउन सक्ने उनले बताए। हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्। महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक (पीपीई)सँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई "अपराधको" सङ्ज्ञा दिए। "कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन," उनले भने।
Read More
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक रेकर्ड गरिएको छ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक रेकर्ड गरिएको छ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक धेरै रेकर्ड गरिएको छ ।भारतमा बिहीवार सर्वाधिक दैनिक वृद्धि देखिएको छ ।त्यहाँ एकै दिनमा थप ६९,६७२ कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् ।योसँगै त्यहाँ कुल २८ लाख भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छन् ।बिहीवार थप ९९७ सहित भारतमा कुल ५३,८८६ जनाको ज्यान गइसकेको छ ।अमेरिका र ब्राजिलपछि भारत सबभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित भेटिएको मुलुक हो।
Read More
देशमा कोरोना भाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको

देशमा कोरोना भाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको

भारतमा कोरोनाभाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। सङ्क्रमितहरूको कुल सङ्ख्या २८ लाख नाघिसक्यो ।भारत ब्रिटेनलाई पछि पार्दै विश्वमा सबैभन्दा धेरैले ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ भने सबैभन्दा धेरै सङ्क्रमितहरूमध्ये तेस्रोमा छ। तर युरोप र उत्तर अमेरिकाभन्दा निकै कम अर्थात् १० लाख भारतीयमा ३४ जनाको मृत्यु भएको छ ।कोरोनाभाइरसबाट ज्यान गुमाउने दर (सीएफआर) अहिले झन्डै दुई प्रतिशत छ । सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्रमा मृतकको सङ्ख्या प्रत्येक ४० दिनमा दोबर भइरहेको छ ।पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाका अध्यक्ष श्रीनाथ रेड्डी भन्छन्, "सङ्ख्या बढे पनि मृत्युदर कम नै छ।"
Read More
डोनाल्ड ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति : मिसेल ओबामा

डोनाल्ड ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति : मिसेल ओबामा

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् ।राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको कडा आलोचना गरेकी हुन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदै छ । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति बाराक ओबामा पत्नी मिसेलले अमेरिकाका राष्ट्रपतिका लागि ट्रम्प सही व्यक्ति नभएको दाबी गरिन् । ‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ मिसेलले भनिन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसबारेका विभिन्न तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उनको आरोप छ । सम्बोधनका क्रममा मिसेलले ट्रम्प प्रशासननले अमेरिकीमा विभाजन ल्याएको र…
Read More
एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित

एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले अहिलेसम्म देशभरि ३ करोड…
Read More
नेपालको राष्ट्रकवि माधबप्रसाद घिमिरेको स्वर्गप्राप्ति

नेपालको राष्ट्रकवि माधबप्रसाद घिमिरेको स्वर्गप्राप्ति

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । उनले राष्ट्रिय गीत 'गाउँछ…
Read More