05
Oct
प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए । एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुन: अवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो । प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव…
